स्थानीय

    Showing ५,१११-५,१२० of ५,३६५ items.
  • नेवा च्यारिटी धरान १० के रन फागुनमा हुने, उत्कृष्ट १०० जना मात्र सहभागी गराउने

    धरानः शिक्षाको लागि च्यारिटी दौड नारा दिएर बर्षेनी आयोजना हुदै आएको धरान १० के रन, नवौं नेवा च्यारिटी आगामी फागुनमा हुने भएको छ । धरान रन समुहले शनिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गते दौड प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । समुहका अध्यक्ष रमु राईका अनुसार यसपाली विगतको भन्दा फरक तरिकाले दौड प्रतियोगिता आयोजना हुनेछ । स्टे फिट एण्ड हेल्थी, फाइट अगेन्स्ट कोभिड १९ नारासहित आयोजना हुने प्रतियोगितामा बढीमा एक सय जना मात्र धावक धाविकाहरु सहभागी गराउने अध्यक्ष राईले बताए । ‘हामीले कोभिड १९ को कारण विगतमा जस्तो भव्यरुपमा यसपाली नगर्ने, र बढीमा उत्कृष्ट धावकधाविका इलिट रनर्

    • प्रकाशित मितिः पुस १९, २०७७
    • १,१४३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिस्यान केन्द्र संचालन पछि कृषि उत्पादनले मुल्य पायो

    धरान । एक महिना अघि सम्म कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा आएका कृषिजन्य उत्पादनहरु समयमै बिक्रि नसकिदा फ्याक्नुपर्ने बाध्यता थियो । फ्याक्नु पर्ने डरले जति मुल्य पाए पनि बिक्रि गर्नुपर्ने हुन्थ्यो । भण्डारण गर्ने स्थलको अभावमा कृषिजन्य उत्पादनहरु कुहिएर जान्थे । तर एक महिना यता बजारले चिस्यान केन्द्र संचालनमा ल्याए पछि कृषकहरु त्यो बाध्यताबाट मुक्त भएका छन् । लामो समय सम्म कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा राखेर बिक्रि गर्न पाएका छन् । मुल्य नपाउँदा चिस्यानमा राख्ने मुल्य पाउँदा बिक्रि गर्न पाउने भएका छन् । चिस्यान केन्द्र संचालनमा आए पछि कृषक, व्यवसायी खुशी भएका छन् ।

    • प्रकाशित मितिः पुस १४, २०७७
    • १,१५४ पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • गौरा स्टिलटेक इन्डस्ट्रीको वार्षिकोत्सवमा जानुका विकको घर निर्माणका लागी आर्थिक सहयोग

    धरान।  धरान ११ मंगलबारे स्थित गौरा स्टिलटेक इन्डस्ट्रीको पहिलो वार्षिकोत्सवको अवसरमा जानुकामाया विश्वकर्माको घर निर्माणका लागी आर्थिक सहयोग गरीएको छ ।  धरान १७ विजुवा मार्ग निवासी एकल महिला विश्वकर्माको घरको लागी ३५ सय ५० रूपैँया प्रदान गरीएको इन्डस्ट्रीका संचालक दिपक बान्तवाले जानकारी गराए । उनले घर निर्माण भइरहेको स्थलमा नै पुगेर सहयोग गरेका हुन । 'गौरा स्टिलटेक इन्डस्ट्रीको वार्षिकोत्सव पुष ११ गते हो । त्यस दिन इन्डस्ट्रीको सबै कर्मचारीहरूका साथ वनभोज आयोजना गरीएको थियो । उनले भने, 'वार्षिकोत्सवको अवसरमा धरानमा विकको घर निर्माणका भइरहेको जानकारी पाएपछी वार्षिकोत्सवको अवसर नै पारे

    • प्रकाशित मितिः पुस १३, २०७७
    • १,०७२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानको छात्रावासमा तोडफोड गर्ने दुई जना पक्राउ

    धरान : धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रावासमा तोडफोड गरेको आरोपमा एक इन्टर्न डाक्टर सहति दुईजना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका वडा नं १३ स्थायी घर भई हाल प्रतिष्ठानको छात्रावासमा बस्दै आएका एमबीबीएस अध्ययनरत छात्र  इन्टर्न रोशन यादवले गए राति १०ः३० बजे मादक पदार्थ सेवन गरि सप्तरी भारदहका साथी केशव यादवलाइ प्रवेश गराई छात्रावासमा तोडफोड गरेका हुन् । छात्रावासमा विद्यार्थीबाहेक अन्य व्यतिmहरुलाई प्रवेश निष्ोध गरिएकोमा रोशनले साथिलाई छात्रावासमा प्रवेश गराई प्रतिष्ठानको झ्यला ,ढोका , सिसा तोडफोड गरि क्षति पु¥याएको भन्ने उजुरीको आधारमा दुवै

    • प्रकाशित मितिः पुस १३, २०७७
    • १,५१५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपभोक्ता समितिको शतप्रतिशत लागतमा धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडक निर्माण हुने

    धरानउपभोक्ता समितिको शतप्रतिशत लागतमा निर्माण हुन लागेको धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडकको हिजो बिहिबार शिल्यान्यास भएको छ ।सडकको ड्रेन, एजिङ, ल्याप र सवबेसको काम स्थानिय उपभोक्ताबाट निर्माण गरीने समितिका अध्यक्ष तिलक राईले बताएका छन् ।  उनका अनुसार उक्त कार्यको लागि करीब १८ लाख १३ हजार ७ सय ६० रुपैयाँको आर्थिक अनुमान गरीएको जानकारी दिएका छन् । धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमले सो सडको शिल्यान्यास गरेका हुन् । सडक शिल्यान्यासको क्रममा सडक कालोपत्रे गर्नको लागि भने वडाले सहयोग गर्ने वडाध्यक्ष नरेशकुमार इवारमले प्रतिवद्धता जनाएको समितिका अध्यक्ष राईले बताएका

    • प्रकाशित मितिः पुस १०, २०७७
    • १,८४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फुुस्रेको ऐतिहासिकता, कलात्मक मुर्तिमा

    धरान । पर्यटन प्रवद्र्धनमा अघि बढ्दै गरेको धरानमा थप पर्यटकीय गन्तव्य निर्माण भएको छ । धरान १३ मा पुरानो फुस्रे बजारको झल्को दिने गरिका मुर्तिहरुको पार्क निर्माण गरिएको छ । पार्कले धरानको पर्यटकीय गन्तव्य थपिएको स्थानीयहरु बताउँछन् । फुस्रे बजार धरानको पुरानो बजारमा पर्छ । कोशी पहाडी जिल्लाबाट बजार भर्न आउनेहरुका लागि मुख्य बजार बनेको थियो । धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा लगायत पुर्वी पहाडी भेगका मानिसहरुको प्रमुख व्यापारिक केन्द्र धरानको फुस्रे बजार रहेको थियो । तर, धरान धनकुटे कोशी राजमार्ग निर्माण भएसँगै यहाँको व्यापारिक चमक हरायो भने फुस्रो ओझेलमा परेको थियो । त्यही ऐतिहासिक बजारको

    • प्रकाशित मितिः पुस ७, २०७७
    • १,१३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुविधा सम्पन्न कृषि बजार संचालन हुने

    धरान । कृषिजन्य उत्पादनको बजारीकरणका लागि धरानमा सुविधा सम्पन्न शुभम कृषि उपज बजार शुरु हुने भएको छ । दैनिक उपभोग्य बस्तुहरु एकै स्थलमा पाईने सुविधा सहित धरान ७ को भौडी नजिकै कृषिउपज बजार संचालनमा आएको हो । करिव १० कठ्ठा जग्गामा ११ वर्षका लागि लिजमा लिएर व्यवसायी काजी गिरी, रुद्र न्यौपाने, दिल बहादुर राई र मुक्ति बन्धु अधिकारीले बजार शुरु गरेका हुन् । धरान आसपासका कृषकहरुलाई र विभिन्न ठाँउमा छरिएर रहेका व्यवसायीहरुलाई सिधै सम्पर्क गर्ने र उपभोक्ताहरुलाई शुलभ मुल्यमा सागसब्जी उपलब्ध गराउन बजार संचालनमा ल्याउने तयारी भएको संचालक काजी गिरीले बताए । बजारमा शौचालय, पार्किङ्ग, सुरक्षा गार्ड, सिसी

    • प्रकाशित मितिः पुस ४, २०७७
    • १,०५८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • औजार अनलाइन टिभिको स्टुडियो शुभारम्भ

    धरान । औजार प्रकाशन सहकारी संस्थाद्वारा सञ्चालित औजार अनलाइन टिभिको स्टुडियो शुभारम्भ भएको छ । धरान–९ स्थित आचार्य लाइनमा रहेको औजारको कार्यालयमा नेकपाका प्रदेश कमिटि अध्यक्ष देवराज घिमिरे तथा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले स्टुडियोको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । २०६२ सालमा औजार प्रकाशन सहकारी संस्था गठन भइ साप्ताहिक पत्रिका प्रकाशन सुरुवात भएको थियो । संस्थाले साप्ताहिक पत्रिका हुँदै लामो समयसम्म दैनिक पत्रिका र पछिल्लो समय रंगीन दैनिक पत्रिका सञ्चालन गरेको थियो । कोभिड–१९ कोरोना माहामारीका कारण लकडाउन भएपछि पत्रिका प्रकाशन बन्द भएको हो । पत्रिका बन्

    • प्रकाशित मितिः पुस ३, २०७७
    • १,२७१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको स्मार्ट बसपार्क : स्टिमेट बजेट बढे पछि डिपिआर संशोधन

    धरान । प्रदेश सरकारले तयार गरेको डिपिआर अनुसार लागत स्टीमेट ठुलो बजेटको भए पछि धरानको स्मार्ट बसपार्कको डिपिआर संशोधन गरिएको छ । प्रदेश सरकारको ससर्त अनुदानबाट निर्माण गरिने भनिएको धरान ८ स्थित तिनकुने सुन्दर बस्ती विकाश आयोजना अन्र्तगतको स्मार्ट बसपार्कका लागि डिपिआर अनुसार निर्माण हुने बसपार्कका लागि धरान उपमहानगरपालिकाले बजेट धान्न नसक्ने भए पछि संशोधन गरिएको हो । प्रदेश सरकारले परामर्शदाता मार्फत तयार गरेको डिपिआरको लागत स्टिमेट करिब ४३ करोडको थियो । परामर्शदाताको डिपिआरमा थुप्रै कुरा छुटेकोले उपमहानगरको प्राविधिकले रिचेक गर्दा लागत झण्डै ६४ करोड पुगेको थियो । उपमहानगरसँग सिमित स्रोत मात

    • प्रकाशित मितिः मंसिर २६, २०७७
    • १,०८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका विद्यालयको वार्षिक शुल्क न्युनतम ३ हजार देखि ७ हजार सम्म

    धरान । कोरोनाको महामारीको समयको धरानका निजी तथा संस्थागत विद्यालयहरुको वार्षिक शुल्क निर्धारण भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले निजी तथा सामुदायिक विद्यालयका संचालक लगायत अभिभावकहरु सँग गरेको छलफल पछि बार्षिक शुल्क न्युनतम ३ हजार र अधिकतम ७ हजार रुपैया तोकिएको छ भने असोज महिनादेखि मात्र गत बर्ष कायम भएको शुल्क लिन पाउने निर्णय भएको छ । बुधबार धरान उपमहानगरपालिकाले दुवै पक्षबिच छलफल गरेपश्चात मेयर राईले मेयरस्तरीय निर्णय गर्दै आपसी सहमती भए अनुसार मासिक तथा बार्षिक शुल्क कायम गर्ने, सहमति वा समझदारी नभएको खण्डमा उपमहानगरले तोके वमोजिमको हुने निर्णय भएको शिक्षा महाशाखाले जनाएको छ

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • १,६०९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved