स्थानीय

    Showing ४,९८१-४,९९० of ५,३६५ items.
  • ‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’

    धरान/ लकडाउनको विरुद्धमा धरानका सर्वसाधारणले विरोध जनाएका छन् । निर्णयको विरुद्ध उनीहरु आन्दोलनमा समेत उत्रिएका छन् । कोरोना संक्रमित सँगै मृतकको संख्यामा समेत वृद्धि हुदै गएपछि चेनब्रेक गर्ने भन्दै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णयको विरोध गर्दै स्थानीयहरु मेयर विरुद्ध खनिएका छन् । राजनितिक दलको दबाबमा मेयर तिलक राईले लकडाउन गर्ने निर्णय विरुद्ध स्थानीयले ‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’ भन्दै बुधबार नाराबाजी गरेका हुन् । लकडाउन गर्ने निर्णयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको डिडिएमसिले पनि सदर गरिदिए पछि धरान उपमहानगरपालिकाले पूर्ण लकडाउनलाई सहयोग गर

    • प्रकाशित मितिः भदौ ३, २०७८
    • २,००१ पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • लकडाउन घोषणा पछि धरानका मेयर आलोचित : ‘राजनितिक दलको माग हो, गरिब जनताको होइन्’

    धरान । केही दिन अघि राजनितिक पार्टीहरुले लकडाउन गर्न लिखित सुझाव दिए पछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भनेका थिए, ‘अलोकप्रिय भए पनि धरानमा १५ दिन लकडाउन गर्नै पर्ने अवश्था छ, केही दिनको समय दिएर पुर्ण लकडाउन गरिनेछ ।’ सोमबार सर्वदलिय, सर्वपक्षिय छलफलमा राजनितिक दलहरुको सुझाव अनुसार उनले १० दिन लकडाउन गर्ने निर्णय गरे । उनले भने गरे झै अहिले सामाजिक संजालहरुमा उनी अलोकप्रिय भएको टिप्पणी आइरहेको छ । धरान उपमहानगरपालिकाले गरेको निर्णय गलत रहेको नागरिकहरुले भनिरहेका छन् । सोमबार भएको छलफलमा पुर्ण लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरे पछि नै उनी आलोचित बनेका हुन् । छलफलमा उपस

    • प्रकाशित मितिः भदौ २, २०७८
    • ३,७८७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुध्रिएन गुणस्तर

    धरान/ धरान उपमहानगरपालिकाकी उपमेयरको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । समितीले चाडपर्व नजिकिदै गर्दा बजार अनुगमनलाई तिब्र पार्छ । गत आइतबार र सोमबार पनि सधै झै चाडपर्वलाई लक्षित गरि धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरुकोे व्यवसायीक प्रमाणपत्र हेरिएको थियो भने मासु पसल मापदण्ड अनुसार सञ्चालन छ या छैन भन्ने विषयमा केन्द्रित भएर अनुगमन गरिएको थियो । अनुगमन समितिले धरानका अधिकांश व्यवसायीक फर्महरुमा अनुगमन गर्ने गर्छ । तर जतिपटक अनुगमन गरे पनि गुणस्तरीयतामा भने कहिल्यै सुधार आएको पाइदैन । तर अनुगमनकर्ताले भने विगतको भन्दा सुधार भएको दाबी गर्ने गर्छन् । मासु

    • प्रकाशित मितिः भदौ १, २०७८
    • १,७२० पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • चाडपर्व नजिकिँदै, कृषि बजार सुनसान

    धरान/ नेपालीहरुको चाडपर्व धमाधम भित्रिदै छ । जति जति जाडपर्वहरु नजिक आउछ त्यति त्यति कृषि बजारको चहलपल पनि उत्तिकै बढ्ने गरेको छ । अझ दशै तथा तिहार जस्ता चाडपर्व तीन चार महिना अगाडिदेखि नै खसी बोककाको कारण उच्च हुने गरेको छ । तर यस बर्ष भने कारोना महामारीका कारण ंसंक्रमण न्यूनिकरण गर्ने भन्दै कृषि बजार नै बन्द गरेपछि कृषि बजार सुनसान छ भने साप्ताहिक रुपमा लाग्ने पशुहाट समेत सुनसान बनेको छ । धरानस्थित कृषि बजारमा प्रत्येक हप्ता लाग्ने पशुहाट अहिले सुनसान छ । विगतमा चाडपर्व नजिकै निक्कै चहलपहल बढ्ने यो बजार कोराना संक्रमणकै कारण सरकारले समेत बजार लगाउन बन्द गरेपछि बजार नै सुनसानझै देखिएको

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • ९८० पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • ‘राजीनामा दिने कुरा नाटकमात्र’

    धरान/ धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारको विषयमा अख्तियारले चासो देखाउदै खातापाता चेक गर्न थालेपछि प्रतिष्ठानका चारै जना पदाधिकारीे हतास मनस्थितिमा रहेका छन् । लामो समयदेखि प्रतिष्ठानकै कर्मचारी, चिकित्सक, विद्यार्थी, शिक्षक, नर्स लगायतले संयुक्त संघर्ष समिति गठन गरेर चारैजना पदाधिकारीले भ्रष्टाचार र अनियमितता गरेर प्रतिष्ठानलाई तहसनहस बनाएको भन्दै राजीनामा माग गरेपछि मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा जा“चबुझ तथा छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा पुन ः अख्तियारले छापा मारेर खातापाता चेक गर्न

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • १,३६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका मेयरलाइ कार्यालय प्रवेशमा रोक

    इटहरी/ खोलाको जग्गा मिचेर घर बनाएको भन्दै स्थानीयलाइ कार्यकक्षमा थुनेर बिवादमा आएका इटहरीका मेयर द्वारिकलाल चौधरीलाइ कांग्रेसका कार्यकर्ताहरुले कार्यालय प्रवेशमै रोक लगाएका छन् । असोभनिय हर्कत सुधार्न नेपाली कांग्रेस इटहरीले सुझाव दिदै बिहीबार उपमहानगर अघि दर्जनौ संख्यामा भेला भएका कांग्रेसका कार्यकर्ताहरूले मेयर बिरूद्ध आन्दोलनको घोषणा समेत गरेका छन् । कांग्रेसका कार्यकर्ताहरुले मेयर चौधरीले सार्वजनिक रुपमा माफि नमागे सम्म कार्यकक्षमा प्रवेश गर्न नदिने अडान लिएका छन् । कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा सार्वजनिक जग्गा खोजि गर्ने भन्दै स्थानीय नागरिकलाइ अनावश्यक दुख दिएको कांग

    • प्रकाशित मितिः साउन २९, २०७८
    • १,२०० पटक पढिएको
    • "तेजबहादुर बन"
  • उपकुलपति गिरीले देखाउन सकेनन् प्रमाण

    धरान/ असार १ गते देखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा शिक्षक, कर्मचारीले उठाउँदै आएको उपकुलपति डा. ज्ञानेन्द्र गिरीको प्राज्ञिकता माथिनै प्रश्न उठाएका थिए । आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्रीले प्राज्ञिकताको प्रमाणपत्र बुझाउन एक साताको समय दिएका थिए ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आन्दोलनरतपक्षले उठाउदै आएको प्राज्ञिताकाको सवालमा सातदिन भित्र स्पष्ट कागजातसहित बुझाउन निर्देशन दिए पनि उनले प्राज्ञिताको प्रमाणपत्र बुझाउन सकेका छैनन् । सातदिनको समयसीमा मंगलबार सिद्धिएको छ । उनको प्राज्ञिकताको विषयमा नै प्रश्नचिन्ह लाग

    • प्रकाशित मितिः साउन २८, २०७८
    • १,०४२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिष्ठानको बजेटबाट रजिष्ट्रारलाई सिरानी र डस्ना

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्टारको रुपमा प्रा.डा. मोहनचन्द्र रेग्मी नियुक्ति भएर आए पछि तत्कालिन फ्याकल्टी वेलफेयरका अध्यक्ष डा. विष्णु पोखरेलले उनलाई स्वागत गर्दै भनेका थिए, अब वीपी साच्चै नै विश्वभरी चम्कीएर जान्छ, कि पुरै भासिएर जान्छ । पोखरेलले भने जस्तै वीपी विश्वभरी चम्कीएर त गएन तर दिनानुदिन भासिदै चै जादैछ । प्रतिष्ठानकै उत्पादन रहेको रजिष्टार रेग्मी अनियमितता र भ्रष्टाचारमा मुछिदै गए । त्यती मात्रै होइन् । घरायसी सामान खरिद गर्न पनि प्रतिष्ठानबाटै खर्च गराएका छन् । रजिष्टार भएर आए लगत्तै उनको क्वार्टरमा लाखौं रुपैया खर्च गरेर टायल लगाउन लाए । क्वा

    • प्रकाशित मितिः साउन १७, २०७८
    • २,१७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्लटिङ बढ्दै गए पछि पानवारी मन्सुली चामलको ब्राण्ड लोप हुँदै

    धरान । दशक अघि सम्म पानवारी मन्सुली चामल उत्कृष्ठ ब्राण्ड बनेको थियो । तत्कालिन अवश्थामा साविकको पाँचकन्या गाविसको पानवारीमा उत्पादन हुने पानवारी मन्सुली चामल धरान मात्रै होईन, पुर्वका झापा, मोरङमा समेत निर्यात हुने गरेको थियो । पछिल्लो समय प्लटिङका कारण खेतियोग्य जमिन मासिदै गए पछि अन्य ठाउँमा उत्पादन हुने चामललाई पानवारी मन्सुली भनेर ब्राण्डिङ गरी बिक्रि हुने गरेको छ । हालको धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानवारी क्षेत्र धान उब्जनी हुने मुख्य कृषि क्षेत्र हो । पानवारी मुलुककै दोस्रो कृषि उर्वरभूमि भनेर कृषि मन्त्रालयले सुचिकृत गरेको क्षेत्र हो । पहाडबाट बगेर आएको पानी र बलौटे माटोमा उत्प

    • प्रकाशित मितिः साउन ५, २०७८
    • १,४४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जन्मदिनमा आश्रमलाई सहयोग

    धनकुटा । धनकुटा स्थित महालक्ष्मी नगरपालीका ९ मुर्तिढुङगाका युवा चेतबहादुर भण्डारीले आफ्नो ३२ औ जन्मदिन मुलघाट स्थित विश्रान्ति मन्दिरमा रहेको बृद्धाआश्रममा मनाएका छन् । शुक्रबार आफ्नो जन्मदीनको अवसर पारेर उनले मुलघाट स्थित आश्रममा खाद्यन्न ,खाजा तथा आर्थिक सहयोग गरेर मनाएका हुन । मन्दिर ब्यबस्थापन समितीले भण्डारीलाई जन्मदीनको अवसर पारेर गर्नु भएको सहयोग प्रति आभारी प्रकट गरेको छ । आश्रमको विकासका लागि गर्नु भएको सहयोगले आफुहरुको अभियानलाई सहयोग पुगेको आश्रमले जनाएको छ । भण्डारीले समाजमा जन्मदिन मनाउने नाममा बढ्दै गएको भड्कीलो संस्कारलाई आफ्नो तर्फबाट निरुत्साहित गर्न आश्रममा मनाउने निर्णय गर

    • प्रकाशित मितिः साउन १, २०७८
    • १,३६८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved