धरान । लकडाउनको समयमा विपन्न परिवारलाई राहत उपलब्ध गराउन धरान उपमहानगरपालिकाको फुड बैंकमा श्री सुच्चा राई कल्याणकारी समाज सुनसरीले खाद्यान्न प्रदान गरेको छ । धरान ८ स्थित सभागृहमा रहेको फुडबैंकमा समाजले १ हजार केजी चामल र १ सय केजी दाल प्रदान गरेको हो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदी समाजका तर्फबाट केन्द्रिय अध्यक्ष बिनोद सुच्चा राई सहित केन्द्रिय उपाध्यक्ष बिनोश राई,जिल्ला अध्यक्ष श्री कुमार राई र जिल्ला उपाध्यक्ष चण्डी प्रसाद राई लगायतले संयुक्तरुपमा खाद्यान्न प्रदान गरेका हुन् । समाजका पदाधिकारीहरु सहित सुच्चा राई दाजुभाईहरुबाट संकलन
कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकामा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट ३१ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । वडा नं १,२,३ बाट २० जना र ४, ५, ६ र ७ बाट ११ जना गरि जम्मा ३१ ज्नाको आरडिटी नमूना परीक्षण गरिएको २ का वडाध्यक्ष एवम कानेपोखरी गाँउपालिकाका प्रवक्ता शुसिल बुढाथोकिले बताए । वैदेशिक रोजगारबाट फर्किएका, भारतबाट र काठमाडौंबाट २५० जना गाउँपालिका भित्रिसकेका छन् । उनीहरूको निगरानी गाउँपलिकाले गरिरहेको पालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् । वैदेशिक रोजगार र संक्रमित स्थानबाट घर आएकामध्येबाट भाइरस संक्रमणको शंका लागेका व्यक्तिहरूलाई आरडिटी नमूना पर
इटहरी उपमहानगरपालिकाले स्थापना गरेको आश्रममा बस्दै आएका आसाम रौता घर भएका एक व्यक्तिले आमाको काजकिरिया आश्रममै शुरु गरेका छन् । लकडाउन पछि इटहरीका सडक चौकमा वस्दै आएका सडक मानवहरुलाई जनता स्कुलमा खाने वस्ने ब्यवस्था सहित आश्रय दिएको थियो । आसामको रौता घर बताउने प्रकाश निरौला आश्रममा बस्दै आएका थिए । निरौलाले आमाको निधन भएको खबर थाहा पाए पछि आश्रममै काजकिरिया गर्न शुरु गरेका हुन् । व्राम्हण सस्कार अनुसार आफूले काज किरिया गर्न पाउनुपर्ने माग गरेपछि जनता स्कुलमै काज किरिया सुरु गरिएको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले वताईन । उपमेयर गौतमले काजकिरियाका लागि सवै समाग्री जुटाइदिएकि
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले १ महिना अघिदेखि लकडाउन जारी गरेको छ । विद्यार्थीहरुमा लकडाउनको प्रत्यक्ष प्राभव परेको बेला अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस कमिटीले बाहिर देखि अध्ययन गर्न आएका विद्यार्थीहरु जो समस्यामा परेका छन् उनी हरुलाई अत्यावश्यक खाद्य सामाग्रीहरु प्रदान गर्दै आएको छ । कमिटीले धरान नगरपालिकाको विभिन्न वडा र जनप्रतिनिधिहरु संग समन्वय गरेर पहिलो चरणमा ६० र दोस्रो चरण अन्तर्गत ७० जना विद्यार्थीहरुलाई राहत वितरण गरेको सचिव शेखर रेग्मीले बताए । साथै अरु पनि कोहि विद्यार्थीहरु समस्यामा परेको भए सहयोगको लागि नम्बर पनि सार्वजनि
उदयपुर/एक साता देखि क्वारेन्टाइनमा बस्दै आएका उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् । उनले क्वारेन्टाइन भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् । उदयपुरको जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टाइनमा श्रीमतीसहित बस्दै आएका १८ वर्षका सुमन विकले आत्महत्या गरेका हुन् । उनले के कारणले आत्महत्या गरे भन्ने खुलिसकेको छैन् । काठमाडौं बाट लकडाउन पछि बैशाख ११ गते घर फर्किएका उनि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
ईटहरी/सुनसरीको ईटहरी -९ ओसेनपार्क स्थितमा रहेको प्रमोद मोटस्स ग्यारेजमा आगलागी भएको छ । हिजो बेलुका साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुदा तिन वटा कार जलेर नष्ट भएको छ । ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तिन वटै कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।
सुनसरी । लकडाउनको समयमा समेत ठुलो संख्यामा भेला भएर सामाजिक दुरी समेत बेवास्ता गर्दै सुनसरीको इटहरीमा लगाइएको बजार हटाइएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले अत्यावश्यक काममा समेत सामाजिक दुरी कायम राख्न र अनावश्यक रुपमा घर वाहिर ननिस्कन भन्दै लकडाउन लगाएपनि ठुलो संख्यामा भेला भएर इटहरीमा लगाइएको बजार हटाइएको हो । इटहरी उपमहानगरपालिका, उद्योग वाणिज्य संघ इटहरी लगायत सरोकारवाला निकायहरुको छलफलले विहान ७ बजे देखि १० बजे सम्म सामाजिक दुरी कायम गरी बजार सञ्चालन गर्ने सहमति गरेको थियो तर सहमतीको बेवास्ता गरि लगाइएको बजार उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेल
धरान । अघिल्लो वर्ष देखि फैलिएको अमेरिकन फौजी किराको प्रकोप यस वर्ष पनि फैलिन शुरु भइसकेको छ । अघिल्लो वर्ष धरान उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ६ मा धान खेतिमा देखिएको अमेरिकन फौजि किराको प्रकोप यस वर्ष मकै बालिमा देखिन थालेको छ । अहिले तीनै वटा वडाका कृषकहरुले मकै खेति लगाएका छन् । भर्खरै लगाएका मकै बालिमा फौजि किराले क्षति गर्न थालेको किसानहरुले गुनासो गरेका छन् । केही दिन अघि धरानको वडा नम्बर २० मा अमेरिकन फौजि किराको प्रकोप अनुगमन गरिएको थियो । अमेरिकन फौजी किरा अथवा (गुबोदेखि पात नल सबै मर्ने रोग) ले यस वर्ष पनि किसानहरु चिन्तित हुन थालेका छन् । मकै उम्रने बित्तिकैदेखि आक्रमण गरेर प
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेको ३ हप्तापछि गर्न सिफारिस गरेको छ ।कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।प्रतिवेदनमा वैशाख २५ गते भित्र १–९ को नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउन सुझाब दिइएको छ ।अब परीक्षा गर्दा कसभर परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा के
लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्