स्थानीय

    Showing 4,921-4,930 of 4,962 items.
  • धनकुटामा कोरोना संक्रमित भेटिए पछि बजार क्षेत्र सिल

     जिल्ला अस्पताल धनकुटामा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि अस्पताल आसपास सहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति धनकुटाको आइतवार राति संम्पन्न आकस्मिक बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ कमान्ड फोर्स धनकुटा संयोजक केशव प्रसाद विमलीले बताए । संक्रमित स्वास्थ्यकर्मीको संभावित क्षेत्रका जनताहरुको स्वस्थ्य जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको बताए । बजार क्षेत्र सिल गरिएसँगै आवत जावत ठप्प पारिएको छ

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,187 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराटनगरका दुई र धनकुटाका एक जनामा कोरोना संक्रमण पुष्टि

    धरान / प्रदेश १ का थप तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै प्रदेश १ मा कोरोना संक्रमित संख्या ३९ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार धनकुटाका १ जना र बिराटनगरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान स्थित वि. पी कोइरला स्वास्थ्य विज्ञान प्रतिषठानमा गरिएको परीक्षणमा विराटनगरका ३६  ,वर्षीय पुरुष ,२९वर्षीय महिला र धनकुटाका ३४ वर्षीय महिलामा संक्रमण पुष्टि भएको हो ।  

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,271 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना नियन्त्रण गर्न मोरङ्गका तीन नगरपालिका एकजुट ,सिमामा म्यादि प्रहरी खटाइने

    रंगेली विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम का लागि भारतसँग सिमना जनमा ६९ जना म्यादि प्रहरी खटाइने भएको छ । भारतसँग सिमना जोडिएको मोरङगका तीन नगरपालिका रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका र रंगेली नगरपालिका को संयुक्त बैठकले सिमा सुरक्षाको लागि म्यादी प्रहरी राख्ने निणर्य गरेको हो । बैठकमा सहभागि सुनवर्शी नगरपालिकाका मेयर काली प्रसाद दासका अनुसार तीन महिनाका लागि ६९ जना म्यादि प्रहरी नियुत्त गरि सिमा सुरक्षाका लागि खटाइने छ । बैठकमा कोरोना भाईरस नियन्त्रणका लागि सिमाक्षेत्रमा आवात जावतमा कडाई र भारत सहित अन्य देशबाट आएका ब्यक्ति हरु का लागि बृहत क्षमताक

    • प्रकाशित मितिः जेठ ४, २०७७
    • 1,151 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका सोह्र जना पत्रकारको कोरोना परीक्षण गर्न स्वाब संकलन

    विराटनगर । प्रदेश १ को सामाजिक विकास मन्त्रालयकाले विराटनगरका सोह्र जना पत्रकारहरुमा कोरोना भए नभएको परीक्षण गर्न स्वाब संकलन गरिदिएको छ । विराटनगरमा शनिवार नेपाल पत्रकार महासंघ शाखाको परिसरमा प्रदेश सरकारका तर्फबाट खटिएका स्वास्थ्यकर्मीले स्वाब संकलन गरेका हुन । महासंघका जिल्ला शाखाका सचिव अर्जुुन आचार्यले कोशी कोभिड अस्पतालसम्म पुगेर रिर्पोटिङ गरेका र कोरोना फैलिएको उदयपुरको भुल्केस्थित संक्रमित क्षेत्रसम्म गएका पत्रकारहरुको स्वाब संकलन गरिएको बताए । पहिलो चरणमा परीक्षण गरिएका पत्रकारहरुको रिर्पोट आएपछि दोस्रो चरणमा थप पत्रकारहरुको पनि कोरोना परीक्षण गरिदिने प्रदेश सरकारले आश्वासन दिएको आचा

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 721 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौबिसे गाउँपालिका द्वारा काठमाडौंमा अलपत्र स्थानियको उद्दार

    धनकुटा, ३ जेठ ÷ धनकुटाको चौबिसे गाउँपालिकाले लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका सो गाउँपालिकाका ५३ जनालाई उद्दार गरी धनकुटा ल्याएको छ । सो गाउँपालिकाको विभिन्न वडाहरुका स्थायी वासी भई काठमाडौंमा उपचारको क्रममा गएका, अध्ययनको क्रममा रहेका र दैनिक ज्याला मजदुरी गर्दै आएका ५३ जनालाई गाउँपालिकाको खर्चमा गाडी रिजर्भ गरी गाउँपालिकाले काठमाडौंबाट उद्दार गरी गाउँपालिका ल्याएको हो । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न सरकारले ५३ औं दिन देखि गरेको निरन्तरको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका गाउँपालिकाबासीहरुलाई संघीय सांसद राजे

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 1,112 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • सुनसरी बाट भक्तपुर गएकी कोरोना संक्रमित युवतीको सम्पर्कमा आएका मध्ये १८को रिपोर्ट नेगेटिभ १ को पुन परीक्षण गरिने

    धरान / सुनसरीको रामधुनी नगरपालिकाबाट भक्तपुर पुगेकी कोरोना संक्रमित युवतीको सम्पर्कमा आएकाहरु मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। संक्रमितको सम्पर्कमा आएका १९ जनाको थ्रोट स्वाव संकलन गरि परीक्षणका कोशी अस्पताल कोभिड १९ उपचार केन्द« बिराटनगर पठाइएको थियो । १९ जना मध्ये १८ जनाको रिपोर्ट नेगेटिभ आएको र १ जनाको पुन परीक्षणको लागि रिस्याम्पलीड गर्नु पर्ने भएको हो । एक जनाको भोली पुनस् थोट स्वाव लई परिक्षणकोलागि पठाइने भएको छ ।

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 2,065 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भुमि अतिक्रमण विरुद्ध प्रर्दशनमा प्रहरीको हस्तक्षेप

    धरान । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा निस्कीएको विद्यार्थीको समुहलाई इलाका प्रहरी कार्यालय धरानले हस्तक्षेप गर्दै विद्यार्थी नेतालाई पक्राउ गरेको छ । धरानको महेन्द्र बहुमुखि क्याम्पसबाट निस्कीएको नेविसंघको जुलुसलाई प्रहरी धरानको भानुचौंकमा हस्तक्षेप गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । नाराजुलुस सहित भानुचौक आई पुगेका नेविसंघका महेन्द्र बहुमुखि क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची सेर्पा, नेविसंघका जिल्ला सचिव टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडु र उत्तम राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका प

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

    उदयपुर बिहीबार हावाहुरी सहित परेको चट्याङ लागेर उदयपुरका एक जनाको ज्यान गएको छ । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराएर साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारणकटारी नगरपालिका ३ राजावासका ६१ वर्षीय लिबाहदुर सुनुवारको घटनास्थलमै मृत्यु भएको इलका प्रहरी कार्यलय कटाहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २, २०७७
    • 1,619 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फिल्डमा खटिएका पत्रकारहरुको समस्या प्रति धरान उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र

    धरान । कोरोनाको संक्रमणको जोखिमका बिच पनि जिम्मेवारीपुर्वक फिल्डमा खटेर पत्रकारिता गरिरहेका श्रमजिवी पत्रकारहरुलाई लकडाउनको अवश्थामा आइपर्ने समस्या समाधान गर्ने तर्फ नेपाल पत्रकार महासंघ सुनसरीले धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । लकडाउन शुरु भए सँगै पत्रिकाहरु बन्द गर्दै अनलाईन मार्फत भए पनि पत्रकारहरुले जनतालाई सुसुचित गराउँदै आएका छन् । उनीहरुलाई आइपर्ने आर्थिक सँगै सुरक्षा र स्वास्थ्य उपचारका लागि स्थानीय तहको ध्यानाकर्षण गराएको हो । धरान नगर क्षेत्रमा कार्यक्षेत्र बनाएर काम गरिरहेका श्रमजिवी पत्रकार तथा सञ्चारगृहहरुमा आइपरेको समस्यालाई सम्बोधन गर्न महासंघका अध्यक्ष अमर खड्काले ध

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,206 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राहत खाद्यान्न खरिदको भुक्तानी गर्न धरान उपमहानगरपालिकालाई रकम अपुग

    धरान । लकडाउनमा धरानका अति विपन्न परिवारलाई वितरण गरिदै आएको राहतको रकम भुक्तानी गर्न धरान उपमहानगरपालिकालाई रकम अपुग भए पछि थप सहयोग गर्न अपिल गरिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो चरणको राहत वितरणको तयारी गरिरहँदा रकम अपुग भएकाले सहयोगका लागि धरानवासीलाई आग्रह गरेको छ । धरान उपमहानगरपालिकाले दुई चरणमा राहत वितरण गरिसकेको छ भने तेस्रो चरणको राहत वितरणको तयारीमा रहेको छ । दोस्रो चरणमा वितरण गरिएको राहत सामग्री खरिदको रकम भुक्तानी गर्न अझै सकेको छैन् भने तेस्रो चरणको राहतका लागि पनि रकम अपुग रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाको अनुसार दोस्रो चरण सम्मको राहतको भुक्तानीक

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 1,159 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved