स्थानीय

    Showing ४,९०१-४,९१० of ५,३६५ items.
  • बीपीका २ सय १६ स्वास्थ्यकर्मी संक्रमित

    धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अहिले सम्म २ सय १६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. विकास साहले दिएको जानकारी अनुसार बिहीबार, शुक्रवार र शनिवार गरी अहिले सम्म एनेस्थेसिया, सर्जरी, मेडिसिन, डर्मा, इएनटी, आई, अर्थाेपेडिक, पिडियाट्रिक, गाईनो, साईकेटिक, इमरजेन्सी र प्याथोलोजी विभागका ८१ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी नर्स १ सय १४ जना, हेल्पर १६ जना र हेल्थ एडका ५ जना गरी जम्मा २ सय १६ जनामा कोरोना संक्रमण भएको छ । धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमित भए पनि प्रतिष्ठानले आफूले दिने सेवा प

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १,०९१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पत्रिकाको कार्यालयमा पत्रकारलाई धम्की र दुव्र्यवहार

    धरान/ झन्डै दुई साताअघि प्रकाशित समाचारको विषयमा बिहीबार एउटा समूहले कोशीपत्र दैनिकको धरानस्थित मुख्य कार्यालयमा प्रवेश गरी पत्रकार र कर्मचारीमाथि धाकधम्की दिँदै दुव्र्यवहार गरेको छ । कोशीपत्र दैनिकमा गत पुस २३ गते ‘महामानव बनेर करोडौँको ठगी’ शीर्षकको समाचार प्रकाशित भएको थियो । सो विषयमा त्यस दिन कोशीपत्रका साथै अन्य सञ्चार माध्यमहरूले पनि समाचार प्रकाशन–प्रसारण गरेका थिए । सोही समाचारमा उल्लेखित केही विषय गलत भएको दावी गर्दै २०–३० जनाको एउटा समूह बिहीबार कार्यालयमा प्रवेश गरेको थियो । उनीहरूले कार्यालयमा उपस्थित पत्रकार र कर्मचारीहरूलाई अपशब्द प्रयोग गर्दै कुटपि

    • प्रकाशित मितिः माघ ७, २०७८
    • १,०६२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आधारभूत पत्रकारिता तालिम सुरु

    धरान/  धरानमा पाँचदिने आधारभूत पत्रकारिता तालिम बिहीबार सुरु भएको छ । प्रेस सेन्टर नेपाल, सुनसरी समितिको आयोजनामा सुरू भएको तालिममा २२ जना प्रशिक्षार्थीहरू सहभागी छन् । धरानका विभिन्न विद्यालय र कलेजमा कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरू तालिममा सहभागी छन् । तालिम आगामी मङ्गलबारसम्म सञ्चालन हुने प्रेस सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीले जनाए । तालिममा कोशीपत्र दैनिकका सम्पादक एवम् महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले प्रशिक्षण दिएका छन् । सहभागीहरूलाई पत्रकारिताबारे आधारभूत जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ । नेप

    • प्रकाशित मितिः माघ ६, २०७८
    • १,२२३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाटकघर निर्माण अन्यौल: ‘स्थानीय सरकारले अपनत्व लिएन’

    धरान/ प्रदेश एकका कलाकारहरुले गौरबको आयोजनाका रुपमा अघि बढाएको नाटकघर बनाउने योजना बजेट सुनिश्चित नहुँदा अन्यौलमा परेको छ । स्थानीय सरकार, प्रदेश सरकारले अपनत्व नलिदा दुई वर्ष अघि देखि शुरु भएको धरानमा निर्माणाधिन नाटकघर अहिले अन्यौलमा परेको छ । धरान स्थित सभागृह परिषरमा दुई कट्ठा क्षेत्रफलमा नाटकघर निर्माणको काम अघि बढेको थियो । अहिले कुनै पनि सरकारी निकायबाट बजेट सुनिश्चित नभए पछि निर्माण कार्य ठप्प बनेको छ । स्थानीय तथा प्रदेश सरकारले वेवास्ता गर्दा प्रदेशकै कलाकारहरुले गौरबको रुपमा लिएको योजना अलपत्र बनेको नेपाल चललित्रकर्मी महासंघका प्रदेश नम्बर एक संयोजक समेत रहेका नाटकघर निर्माण उ

    • प्रकाशित मितिः माघ ५, २०७८
    • ८७५ पटक पढिएको
    • "दिनेश गजमेर"
  • तिन वर्ष देखि भोक मेटाउँदै ‘भोकलाग्यो डटकम’

    धरान / घरघरमै खानेकुरा पु¥याउँने कामलाई व्यवसायीक बनाउँदै रोजगारी शिर्जना गरेको ‘भोक लाग्यो डटकम’ ले बिगत ३ बर्ष देखी कुनै कार्यक्रमका सहभागी, विभिन्न वित्तिय संस्थाका कर्मचारी लगायत धरानेहरुको भोक मेटाउदै आएको छ । आधुनिक जीवनशैली रुचाउने व्यस्ततामा रहने धरानेहरुको भोक मेटाउनको लागि ‘भोक लाग्यो डटकम’ गज्जबको साहारा बनेकोछ । अनलाईन र अफलाईन दुबै माध्यमबाट ग्राहकले चाहेको जस्तै विभिन्न रेष्टुरेन्ट तथा होटलका खानेकुरा घरघरमै पु¥याउँदै आएको छ । अनलाईनको लागि एन्ड्रोइड र आइओयस मोबाइल एप र वेबसाइटबाट अर्डर लिरहेको छ भने अफलाईन मार्फत ल्यान्ड लाईन, एनटिसि र एनसेल

    • प्रकाशित मितिः माघ ५, २०७८
    • ९३४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेल शुल्क प्रकरण: आन्दोलन दबाउन कलेजद्वारा आक्रमण

    धरान/  चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको विरुद्धमा नोबेल मेडिकल कलेजमा विगत केही दिन अघि देखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीद्वारा आक्रमण भए पछि कलेज परिषर दिनभर तनावग्रस्त बनेको छ । गत विहिबार जिल्ला प्रशासन कार्यालयमा भएको सहमति विपरीत कक्षा सञ्चालन गरेपछि आइतबार रिले अनसन बस्न गएका विद्यार्थीहरु माथि सुरक्षाकर्मीले आक्रमण गरेका थिए । रिले अनसन बस्न गएका विद्यार्थीलाई सुरक्षाकर्मीले आक्रामण गरे पछि दुवै पक्ष बिच झडप भएको थियो । झडपका क्रममा अस्पतालमा खटिएका सुरक्षाकर्मीको तर्फबाट भएको प्रहारबाट केही विद्यार्थीहरु समेत घाइते भएको विद्यार्थी नेता विरेन

    • प्रकाशित मितिः पुस २५, २०७८
    • ९७९ पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • सुनाखरी एकेडेमीका विद्यार्थीलाई प्रतिवेदन लेखनसम्बन्धी अभिमुखीकरण

    धरान/  धरान-१२, चतरा लाइनमा रहेको सुनाखरी एकेडेमीले शुक्रबार आफ्ना विद्यार्थीहरूलाई प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ ।सो प्रशिक्षण कार्यक्रममा सुनाखरीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । उनीहरूलाई उपप्राध्यापक एवम् पत्रकार राजेश विद्रोहीले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई शनिबार कुनै कृषि फर्ममा अवलोकन भ्रमणमा लगिने र त्यसै भ्रमणसम्बन्धी प्रतिवेदन लेख्न लगाइने विद्यालयका प्राचार्य मिलन राईले बताए । प्रतिवेदन लेखनसम्बन्धी प्रयोगात्मक ज्ञान दिँदै विद्यार्थीहरूलाई पाठ्यक्रम बाहिरका विषयमा पनि जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रा

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १,२३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महामानव बनेर करौडौंको ठगी

    धरान/ धरान ८ का सिताराम मल्ल १३ वर्ष अघि आफन्तलाई झारफुक गर्न टिका प्रसाद विश्वकर्माको शिवसेवा केन्द्रमा पुगेका थिए । आफुलाई महामानव बताउँदै अलौकिक शक्ति रहेको दाबी गरेका विश्वकर्माबाट प्रभावित भएर उनले लाखौं रुपैया चढाए । विश्वकर्माको प्रभावमा परेर उनले करिब १४ लाख रुपैया सिध्याए । अहिले विश्वकर्माको ठगि धन्दा रहेको थाहा पाए पछि न्यायका लागि भौतारिएका छन् । त्यसै गरी धरान १६ की सरिता लामिछाने पनि आफू बिरामी भएर विश्वकर्माकोमा झारफुक गर्ने क्रममा पुगेकी थिइन् । उनी पनि विभिन्न बहानामा ठगीएकी छिन् । धरान १० का पटेल सिंह पनि आफ्नो श्रीमती बिरामी भएर झारफुक गर्ने क्रममा विश्वकर्माबाट ठगीएको

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १,१८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिवानीको प्रस्तुती आज वगरकोटमा

    धरान । नेपालकी चर्चित पप गायीका शिवानी मोक्तानले शुक्रवार धरान १५ स्थित वगरकोटमा प्रस्तुती दिने भएकी छिन् ।  खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्ज एण्ड वारले वगरकोटमा ल्याएको हो । नाइटलाइफको लागि पुर्वकै चर्चित स्थलको रुपमा विकसित वन्दै गइरहेको वगरकोटको पर्यटन प्रर्वद्धन गर्नका लागि राष्ट्रिय कलाकार सिवानि मोक्तानलाई प्रस्तुतिका लागि ल्याइएको वगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एम एच लाउन्जका प्रोपराइटर जिवन मन्या¨वोले वताए । उनले भने, ‘वगरकोटमा रमाइलो गर्न आउनेहरुलाई मध्यनजर गरेर हरेक महिना चर्चित कलाकारहरु ल्याउने गरेका छौ, केहि समय अघि पनि एमएचले सविन राई एण्ड द फर

    • प्रकाशित मितिः पुस २२, २०७८
    • ९७६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा पर्यटनको चर्चा: ‘चारकोशे जंगल बाहिर प्रचार भएन’

    धरान/ चारकोशे जंगलको घेरा बाहिर प्रमुख पर्यटकीय गन्तव्यको प्रचार गर्न नसक्दा धरानको पर्यटनले गति लिन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् । धरानको समृद्धिको आधार पर्यटनलाई मानेर अघि बढ्ने हो भने, यी सबै चिजको एकिकृत प्याकेज बनाइ प्रचार गर्नुपर्नेमा उनीहरु जोड दिन्छन् । स्थापनाको एक सय २१ औं वर्षको अवसरमा मंगलबार देखि जारी तिन दिने धरान डे को दोस्रो दिन आयोजित पर्यटन प्रवद्र्धनमा भुमिका विषयक अन्तरक्रियामा पर्यटनकर्मी एलिना मगरले पूर्वाधारलाई पर्यटनमा जोडेर उपार्जनको माध्यम बनाउन आवश्यक रहेको बताईन् । उनले भनिन्, ‘जबसम्म धरान आर्थिक रुपले सबल ह“ुदैन तबसम्म समृद्धि हुन सक्दैन ।&r

    • प्रकाशित मितिः पुस २२, २०७८
    • १,३७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved