धरान । नेपालको प्रमुख आय स्रोतको रुपमा चिनिएको पर्यटन क्षेत्र सरकारको कागजी नितिकै कारण गुम्दै जान थालेको छ । योजनाहरु व्यवहारमा नभई कागजमै मात्र सिमित हुँदा पर्यटन क्षेत्रहरुको आय आर्जन खस्किदै गएको हो । यसको उदाहरण सुनसरीको अमाह सिमसार बनेको छ । बराहक्षेत्र नगरपालिका ४ र ५ मा रहेको सिमसारको प्रवद्र्धनमा स्थानीय सरकारबाट खासै भुमिका खेल्न नसक्दा आयआर्जन खस्किदै गएको स्थानीयको गुनासो छ । गाउँकै आयआर्जनमा टेवा पु¥याउदै आएको सिमसारको संरक्षण र प्रर्वद्धनमा सरकारले खासै भुमिका खेल्न नसकेको सिमसार संरक्षण उपभोक्ता समितिका अध्यक्ष भोजराज घलेले बताउँछन् । उनले भने, “माथिल्लो निकायहरुबाट क
धरान । धरान १६ स्थित सियोन स्कूलले अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्कूलले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी फागुन २४ गतेदेखि ‘सियोन थ्रि वाइ र्थी अन्तर विद्यालय, महिला, पुरुष बास्केट बल प्रतियोगिता’ को आयोजना गर्न लागेको जानकारी दिएको हो । सियोन स्कुलका प्रिन्सिपल सञ्जिव वान्तावाका अनुसार माध्यमिक तह ( +२ मा) अध्ययनरत १५ बर्ष मुनिका बालबालिकालाई लक्षित गरी प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा धरानका नीजि तथा संस्थागत विद्यालयका महिला तथा पुरुष गरी २३ टिमको सहभागिता रहने प्रिन्सिपल वान्तवाले जानकारी दिए । उनले भने, ‘प्रतियोग
धरान । सुक्खायाम सुरू नभई धरानमा खानेपानीको अभाव हुन थालेपछि वर्षेनी उपभोक्ताहरूमा खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिनु पर्ने बाध्यता छ । धरानको खानेपानी अभाव पुर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा परियोजना संचालन गरे पनि खानेपानीको अभावको विरुद्ध वर्षेनी उपभोक्ताले आन्दोलन गर्नु परेको छ । यस वर्ष पनि उपभोक्ताहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । खानेपानी व्यवस्थापन बोर्डले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गरेको भन्दै वडाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । धरानमा खानेपानीको अभाव बढ्दै गए पछि धरान ९ का वडाअध्यक्ष रत्न कटुवालको नेतृत्वमा स्थानीयले विरोध प्रदर्
धरान । धरानमा पछिल्लो समय सिटी सफारी महिलाहरुको गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । सिटी सफारी चलाएर महिलाहरु आत्मनिर्भर मात्र हैन घर परिवार चलाउन सक्षम भएका छन् । महिलाहरुको उपस्थितिले सवारीसाधन पुरुषहरुले नै चलाउनुपर्ने मान्यतालाई समेत तोडिदिएको छ । धरानकी सुमित्रा ल्वागुनले सिटी सफारी चलाएको एक बर्ष भयो, सिटी सफारी चलाएपछि उनको घरमा आर्थिक संकट समेत विस्तारै टर्दै गएको छ । घरको राजमिस्त्री गर्ने श्रीमानले कमाएको रकमले मात्र घर खर्च टार्ने गरेकोमा अहिले सुमित्राले समेत सिटीसफारी चलाएर आम्दानीको स्रोत बढाइदिएकी छन् । सुमित्रा भन्छिन्, ‘हाम्रा दुई सन्तान छन्, श्रीमानले मात्र कमाउँदा घर
धरान । उच्च अदालतमा पुगेको धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसको जग्गा बचाउन बलियो कानुनी प्रतिरक्षा गर्न जनप्रतिनिधिहरुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । क्याम्पसको जग्गा बचाउन पुर्व क्याम्पस प्रमुख कुमार बहादुर कार्कीको संयोजकत्वमा समितीनै गठन गरेर अभियान संचालन गर्दै आएको छ । समितीको सल्लाहाकारका रुपमा रहेका प्रदेश संसद, संघीय संसद र धरान उपमहानगरपालिकाका मेयर र उपमेयर सँग बुधबार गरेको छलफलमा सबैले आ–आफ्नो ठाउँबाट जग्गा जोगाउन पहल गर्ने निर्णय गरेको क्याम्पसका प्रमुख दामोदर भण्डारीले बताए । उनका अनुसार धरान उपमहानगरपालिकामा बसेको बैठकमा जनप्रतिनिधिहरुले आ–आफ्नो ठाउँबाट
धरान । पुरुष साथी सँग होटलमा बसेकी एक महिलाको शव भेटिए पछि उनको हत्या हुन सक्ने आशंका गरिएको छ । मंगलबार धरान १८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत अवश्थामा भेटिएकी महिलाको शरीरमा चोटपटक देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । मृतक इटहरी ५ मा डेरा गरि बस्ने ३९ वर्षिय सुमित्रा तामाङ रहेको खुलेको छ । उनी होटलमा मृत अवश्थामा भेटिएकी थिईन् भने उनका साथी फरार रहेका छन् । महिलाको शरीर अनुहार मात्र देखिने गरि सिरक ओढाएको अवस्थामा भेटिएको थियो । प्रहरीले मुचुल्का उठाउने क्रममा मृतकको शरीरमा चोटपटक देखिएको छ । अनुहार र जिउमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको प्रहरीको
धरान । दुई दशक अघिदेखि शारीरिक सुगठनको क्षेत्रमा निरन्तर क्रियाशील एलाइनेट जिमले यो वर्षसमेत धरानमा नगरस्तरीय शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । २१ औं मिस्टर धरान आगामी फागुन २० गतेदेखि शुरु हुने छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी समूहले स्पर्धा गर्नेछन् । आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूका अनुसार पहिलो दिन शुक्रबार प्रि–जजिङ राउन्ड हुनेछ । जसमा प्रत्येक समूहमा ६ जना खेलाडी छनोट भई ३० जना फाइनल प्रतियोगितामा सहभागी हुनेछन् । फागुन २१ गते शनिबार आयोजना हुने फाइनलमा प्रत्येक वजन समूहले स्पर्धा गर्नेछन् । आयोजकका अनुसार प्रत्येक वजन
धरान । धरानमा खानेपानीको अभाव चरम रुपमा बढ्दै गएको छ । खानेपानी बोर्डले दिन बिराएर पानी वितरण गरेको जनाए पनि पालो परेको दिनमा समेत पानी नआउँदा स्थानीयहरु दिनभरी पर्खिन्छन्, तर रित्तो भाडानै लिएर घर फर्किनुपरेको छ । धरानको वडा नम्बर ७ र १५ मा पर्ने नजिकैको खोल्सी धारामा पानी आउने पालो पर्खिएर दिनभरि सर्वसाधारण बसे, तर पानी नआएपछि रित्तो भाडा लिएर घर फर्किएको गुनासो गर्छन् । यो धारा सरकारी धारा हो । तत्कालिन नेपाल खानेपानी संस्थानले बर्षौ पहिलो सर्वसाधारणलाई खानेपानी पिउन सहज होस् भन्ने अभिप्रायले जडान गरिएको यो धाराबाट करिब १० घर परिवार आश्रित छन् । धारामा पानी आउने दिन उनीहरु सबै काम छोडेर प
धरान । बजेटको सुनिश्चितता हुन नसक्दा उदयपुर र खोटाङको विभिन्न खोलाहरूमा निर्माणाधिन झोलुङ्गे पुल अलपत्र बनेको छ । अघिल्लो वर्षनै सम्पन्न भइसक्नु पर्ने योजनाहरु बजेट अभावकै कारण अलपत्र बनेको हो । दुई जिल्लामा रहेका विभिन्न खोलाहरूमा निर्माणाधीन नौवटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेको छ । पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार संघीय सरकारले लागत इष्टमेट अनुसार रकम र पुल निर्माणका लागि फलामे लठ्ठाहरू समेत उपलब्ध नगराउँदा उदयपुर र खोटाङमा गरी हाल निर्माणाधीन अवस्थामा रहेका नौ वटा झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेका हुन् । कार्यालयका अनुसार ग्रामीण सडक निर्माणमा तीव्रता दिएको भए प
धरान l मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । संरक्षण गर्न नसक्दा नाम कहलिएका ४ मन्दिर बाहेक अन्य मन्दिर ओझेलमा पर्दै गएका हुन् । धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश हुँदै गएको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरलाई धार्मिक क्षेत्र मानिन्छ । विजयपुरमा पुरातात्विक महत्वमा मठ मन्दिरहरु छन् । तर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिर मात्रै प्रचारमा छन् । विजयपुर क्षेत्र भित्र रहेको करिब ५० वटा भन्दा बढी स–साना मन्दिरहरुको प्रचार प्