धरान । नेकपा एमाले धरान उपमहानगरपालिका वडा नम्बर ९ को वटा कमिटीमा सर्बसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको वडा अधिबेशनले पाँच पदाधिकारी सहित १९ सदस्यि कार्य समिती सर्वसम्मत रुपमा चुनिएको निर्बाचन समितीका संयोजक हरिप्रसाद त्रितालले जानकारी दिए । उनका अनुसार शिबकुमार राईको अध्यक्षतामा १९ सदस्यि नयाँ कार्य समिती सर्वसम्मत निर्वाचित भएको हो । उनका अनुसार पदाधिकारीहरुमा किरण थापा उपाध्यक्ष,रामकुमार दाश सचिब,रविन श्रेष्ठ सहसचिब,क्षितीज योञ्जन सहसचिब चयन भएका छन् ।सदस्यहरुमा रामबहादुर श्रेष्ठ,पुरुषोत्तम गुभाजु,हेमराज शाक्य,अभिमन्यु श्रेष्ठ,विमला श्रेष्ठ,पुण्यप्रसाद लामिछाने रहेका छन् । त्यसैगरि
धरान / नेपाली काँग्रेस धरान उपमहानगर समितिको १४ औं महाधिवेशनबाट श्याम पोख्रेलको प्यानले बाजी मार्न सफल भएको छ । यस अघि दुई पटक नगर सभापतिमा निर्वाचित भइसकेका किशोर राईलाई पहिलो पटक सभापतिको पदमा उमेद्वार दिएका पोख्रेलले ३९ मतको फरकले विजयी बनेका हुन् ।निर्वाचन अधिकृत भरत शाक्यका अनुसार खसेको ४७९ मत मध्ये विजयी हुने प्रोखेलले २६२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी किशोर राईले २२३ मत प्राप्त गरेका थिए । यस्तै अन्य उमेद्वारहरु पनि पोख्र्लकै प्यानलका रहेका छन् । पोख्रेलको प्यानलबाट निर्वाचित भएका उपसभापतिमको उम्मेदवार प्रविण राईले २९० मत ल्याए भने सन्तोष लिम्बुले २३३ मत पाएर विजयी बने । यता रा
धरान/ समाजमा योगदान पु¥याउनेको व्यक्तिको नाममा सम्झना स्वरुप मरणोपरान्त विभिन्न स्मरणयोग्य काम गरिने परम्परा रहदै आएको छ । धरान उपमहानगरपालिकाले भने परम्परालाई तोड्दै जिवितै हँुदा समाजमा योगदान पु¥याउने व्यक्तिको नाममा सिर्जनशील पत्रकारिता पुरस्कारको अक्षय कोष स्थापना गरेको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो सेवा सुविधावापतको रकम अग्रज पत्रकार गिरिराज आचार्यको नाममामा सिर्जनशील पत्रकारिता पुरस्कारको २ लाख अक्षय कोष राखिदिएका थिए । अक्षयकोषबाट स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सृजनशिल पत्रकारिता पुरस्कार’ बाट विहीबार एक जना पत्रकारलाई पुरस्कृत गरिएको छ
धरान / कोरोनाका कारण सबै क्षेत्र प्रभावित बनेको छ । कोरोनाले अर्थतन्त्रलाई धरासायी बनाउदै गएपछि नेपाल सरकारले स्वास्थ्य मापदण्ड र खोपलाई प्राथमिकता दिदै हरेक क्षेत्र खुकुलो बनाउदै गएको छ । तर मन्दिमा भने अझै लकडाउन नै रहेको छ । मन्दिरमा बढी भीडभाड हुने र कोरोनाको जोखिम धेरै हुने भन्दै मन्दिर खुल्ला गरेको छैन । जसका कारण एकातिर भक्तजनको आस्थामा ठेस पुगेको छ भने अर्काेतर्फ मन्दिरबाट आश्रित परिवारलाई जीवन धान्नै धौं धौं परेको छ । धरान उपममहानगरपालिका वडा नं. १४ पूर्वकै धार्मिक पर्यटकीय स्थल हो । विजयपुरमा रहेका हरेक मठमन्दिरको आ–आफ्नै धार्मिक मान्यता छन् । पिण्डेश्वर मन्दिर, दन्तकाली
धरान । राजनितिक दलहरुको दबाबमा घोषणा भएको धरानको लकडाउन स्थानीयको विरोधमा फिर्ता भएको छ । कुनै तयारी बिनै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन घोषणा गरे पछि विहिबार देखिनै स्थानीय सहित धरानका व्यापारी व्यसायीहरुले विरोध गर्दै आएका थिए । गत सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकमै व्यापारी व्यवसायी तथा मजदुरहरुले लकडाउनको विकल्प खोज्नुपर्ने माग गरेका थिए । लामो समय देखिको लकडाउनले व्यापार व्यवसायनै ठप्प हुँदा गरिखाने वर्गको झन विजोक हुने भन्दै बुधबार स्थानीयले धरान उपमहानगरपालिकाका मेयर विरुद्धनै आन्दोलन गरेका थिए । चौतर्फी स्थानीय सरकार सहित लकडाउन गर्न सुझाव दिएका राजनितिक दल प्रति पनि स्थानी
धरान/ लकडाउनको विरुद्धमा धरानका सर्वसाधारणले विरोध जनाएका छन् । निर्णयको विरुद्ध उनीहरु आन्दोलनमा समेत उत्रिएका छन् । कोरोना संक्रमित सँगै मृतकको संख्यामा समेत वृद्धि हुदै गएपछि चेनब्रेक गर्ने भन्दै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णयको विरोध गर्दै स्थानीयहरु मेयर विरुद्ध खनिएका छन् । राजनितिक दलको दबाबमा मेयर तिलक राईले लकडाउन गर्ने निर्णय विरुद्ध स्थानीयले ‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’ भन्दै बुधबार नाराबाजी गरेका हुन् । लकडाउन गर्ने निर्णयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको डिडिएमसिले पनि सदर गरिदिए पछि धरान उपमहानगरपालिकाले पूर्ण लकडाउनलाई सहयोग गर
धरान । केही दिन अघि राजनितिक पार्टीहरुले लकडाउन गर्न लिखित सुझाव दिए पछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले भनेका थिए, ‘अलोकप्रिय भए पनि धरानमा १५ दिन लकडाउन गर्नै पर्ने अवश्था छ, केही दिनको समय दिएर पुर्ण लकडाउन गरिनेछ ।’ सोमबार सर्वदलिय, सर्वपक्षिय छलफलमा राजनितिक दलहरुको सुझाव अनुसार उनले १० दिन लकडाउन गर्ने निर्णय गरे । उनले भने गरे झै अहिले सामाजिक संजालहरुमा उनी अलोकप्रिय भएको टिप्पणी आइरहेको छ । धरान उपमहानगरपालिकाले गरेको निर्णय गलत रहेको नागरिकहरुले भनिरहेका छन् । सोमबार भएको छलफलमा पुर्ण लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरे पछि नै उनी आलोचित बनेका हुन् । छलफलमा उपस
धरान/ धरान उपमहानगरपालिकाकी उपमेयरको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । समितीले चाडपर्व नजिकिदै गर्दा बजार अनुगमनलाई तिब्र पार्छ । गत आइतबार र सोमबार पनि सधै झै चाडपर्वलाई लक्षित गरि धरान उपमहानगरपालिकाले अनुगमन गरेको छ । अनुगमनका क्रममा व्यवसायीहरुकोे व्यवसायीक प्रमाणपत्र हेरिएको थियो भने मासु पसल मापदण्ड अनुसार सञ्चालन छ या छैन भन्ने विषयमा केन्द्रित भएर अनुगमन गरिएको थियो । अनुगमन समितिले धरानका अधिकांश व्यवसायीक फर्महरुमा अनुगमन गर्ने गर्छ । तर जतिपटक अनुगमन गरे पनि गुणस्तरीयतामा भने कहिल्यै सुधार आएको पाइदैन । तर अनुगमनकर्ताले भने विगतको भन्दा सुधार भएको दाबी गर्ने गर्छन् । मासु
धरान/ नेपालीहरुको चाडपर्व धमाधम भित्रिदै छ । जति जति जाडपर्वहरु नजिक आउछ त्यति त्यति कृषि बजारको चहलपल पनि उत्तिकै बढ्ने गरेको छ । अझ दशै तथा तिहार जस्ता चाडपर्व तीन चार महिना अगाडिदेखि नै खसी बोककाको कारण उच्च हुने गरेको छ । तर यस बर्ष भने कारोना महामारीका कारण ंसंक्रमण न्यूनिकरण गर्ने भन्दै कृषि बजार नै बन्द गरेपछि कृषि बजार सुनसान छ भने साप्ताहिक रुपमा लाग्ने पशुहाट समेत सुनसान बनेको छ । धरानस्थित कृषि बजारमा प्रत्येक हप्ता लाग्ने पशुहाट अहिले सुनसान छ । विगतमा चाडपर्व नजिकै निक्कै चहलपहल बढ्ने यो बजार कोराना संक्रमणकै कारण सरकारले समेत बजार लगाउन बन्द गरेपछि बजार नै सुनसानझै देखिएको
धरान/ धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारको विषयमा अख्तियारले चासो देखाउदै खातापाता चेक गर्न थालेपछि प्रतिष्ठानका चारै जना पदाधिकारीे हतास मनस्थितिमा रहेका छन् । लामो समयदेखि प्रतिष्ठानकै कर्मचारी, चिकित्सक, विद्यार्थी, शिक्षक, नर्स लगायतले संयुक्त संघर्ष समिति गठन गरेर चारैजना पदाधिकारीले भ्रष्टाचार र अनियमितता गरेर प्रतिष्ठानलाई तहसनहस बनाएको भन्दै राजीनामा माग गरेपछि मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा जा“चबुझ तथा छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा पुन ः अख्तियारले छापा मारेर खातापाता चेक गर्न