हिसान बास्केटवलमा १७ टिमले प्रतिष्पर्धा गर्ने

  • मंसिर २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / मंसिर २२ गते देखि सुरु हुने हिसान बास्केटवलमा पुरुष तर्फ ११ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् ।
आयोजक हिसान सुनसरीले मंगलवार धरान मेघा हिमालयन कलेजको कार्यक्रम हलमा टाइसिट ड्र मार्फत खेल तालिका तयार गर्दै सहभागि टिम सार्वजनिक गरेका हुन ।

खेल तालिका प्रतियोगितामा प्राविधिक सहयोगको रुपमा रहेका धरान बास्केटवल संघका प्रतिनिधि तथा प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक अर्जुन घिमिरे, हिसान सुनसरी अध्यक्ष सागर भट्टराई, हिसान स्पोर्टस मिट खेलकुद संयोजक हेमन्त भण्डारी लगायतको उपस्थितिमा तयार पारिएको थियो ।

प्रतियोगितामा सुनसरीभरिका ०७८ र ०७९ सालका प्लस टु रेगुलर विद्यार्थीहरुले मात्र आफ्नो विद्यालयको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ । सहभागि विद्यालयहरुमा धरान मेघा हिमालयन महिला पुरुष टिम, लोटस, एम्स एकेडेमी, सियोन स्कुल महिला पुरुष टिम, विष्णु मेमोरियल महिला पुरुष, जेनिथ महिला पुरुष, धरान आर्दश महिला पुरुष, धरान उच्च महिला पुरुष, विश्व आर्दश इटहरी, सुष्मा मावि इटहरी, पुर्वाञ्चल मावि तरहराले सहभागिता जनाएका छन् ।

हिसान स्पोर्टस मिट २०७९ अन्र्तगत बास्केटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा हुनेछ । स्पोर्टस मिट अन्र्तगत चेस र वक्तित्वकला सकिएको छ भने बास्केटवल, भलिवल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, फुटवल, नृत्य, क्विज कन्टेस्ट र कविता वाचन प्रतियोगिता हुन भने बाँकी छ । बास्केटवल प्रतियोगिता मंसिर २२ देखि २४ गते सम्म संपन्न हुनेछ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved