धरान/ धरान उपमहानगरपालिका वडा नं ३ मा गठबन्धनको प्यानल विजयी भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार वडा नं. ३ का वडाध्यक्ष विद्या शुन्दर शाक्यले १ हजार ४२ मत प्राप्त गर्दे विजयी भएका हुन् । जम्मा खसेको मत १ हजार ९ सय ८७ मतमध्ये वडाअध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुयोग पाख्रिनलाई ४ सय १७ मतान्तरले पराजित गरे । विजयी शाक्यले १हजार ४२ मत पाए भने पराजित पाख्रिनले ६ सय २५ मत पाए । यस्तै, महिला सदस्यमा गठबन्धनका उषा सुब्बाले १हजार४२ मत पाएर विजयी भइन् भने दलित महिला सदस्यमा शोभा विश्वकर्माले १हजार८३ मत पाइन् । खुला सदस्य मनिष ख
धरान । घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले २०७६ साल असोज ७ गते केपी शर्मा ओलीको सरकारको मन्त्रीपरिषदले देशभरका ३२ स्थानमा औद्योगिक पार्कको स्थापना गर्ने निर्णय गरेको थियो । मेयर तारा सुब्बाको निधनपछि कार्यवाहक सम्हालेकी उपमेयर मञ्जु भण्डारी (सुवेदी)ले धरानमा औद्योगिक ग्राम स्थापना गर्न तदारुकता देखाइन् । संघीय सरकारले औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५ अनुसार जग्गा व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दियो । सोही मापदण्ड अनरुप धरान–६ सेरा खोलाको पश्चिम भागमा करीव २५ विघा जग्गा उपलब्ध भएपछि उद्योग वाणिज्य त
घरदैलो अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउदै हुनुहुन्छ ?घरदैलो अभियानमा सवैभन्दा बढी त खानेपानीकै कुरा उठेको छ । वितरण प्रणाली चुस्त दुरुस्त नभएको भन्ने गुनासो आएका छन् । यस बारेमा मैले उहाहरुलाई ३ देखि ५ महिना भित्र सवै समस्या हल गर्न सकिने बताउदै आएको छु । धरान खानेपानी आयोजनाको तथ्य पनि त्यही हो । पछि थपिएका विष्णुपादुका र पाचकन्यासहित सिगो धरानका लागि खानेपानीको मेघा प्रोजेक्ट मार्फत दीर्घकालीन आयोजना आवश्यक छ । त्यसबारेमा नेकपा एमालेले जनताका लागि काम गर्न तयार छ । आदिवासी जनजातिको शहरमा तपाइको एजेण्डा छैन ? यो धरान भनेकै आदिवासी जनजातिको शहर हो । लाहुरेहरुले बनाएको शहर हो । यो तथ्य
धरान/ भोजपुर टेम्केमैयुङ गाउँपालिकामा जन्म २०१९ मोरङको रंगेलीमा हुर्केका शिवकुमार राई बाल्यकालमै धरानमा अध्ययन गर्ने क्रममा आएका थिए । ४० सालमा जनता माविबाट एसएलएसी उत्तिर्ण गरि महेन्द्र क्याम्पसमा पढेको मानवीकि अध्ययन गरि थप अध्ययनका लागि काठमाण्डौं गए । अध्ययनकै क्रममा राजनितिक क्षेत्रमा होमिएका उनी ४६ सालमा वैदेशिक रोजगारीको शिलशिलामा जापन पुगेर ५ वर्ष पछि धरान फर्किएका उनी ५१ साल देखी धरानमा स्थानीय बसोबास सुरु गर्दै आएका छन् । ५४ सालमा नगर सभा समितीको सदस्यमा निर्वाचित भए त्यस बेला पार्टी वडाकमिटीको अध्यक्ष थिए । उनी भन्छन्, ‘मैले आफ्नै रोजगारीबाट पुग्ने जति कमाईसकेको छु, घर ब
चुनावी प्रचार प्रचार कस्तो हुदैछ ? एमालेको अवस्था धरानमा कस्तो छ ? धरानमा चुनावी प्रचारंप्रसारलाई तिब्रता दिएका छौं, हाम्रो चुनावी अभियानलाई धरानेहरुले साथ दिएका छन्, हरेक ठाउ हामी जादा उहाहरु उत्साहित हुनुभएको छ, हामीलाई जिताउन वैसाख ३० गते कहिले आउछ भनेर प्रतिक्षामा बसेका छन् । स्थानीय तहको चुनावमा धरानमा एमालेले जित्ने आधार चाही के छ ?धरानमा एमालेले जित्ने आधार धेरै छ । तर प्रतिपक्षीहरुले ममाथि प्रमाणित हुनै नसक्ने अनेक आक्षेप र लान्छना लगाएर कमजोर देखाउने प्रयास गरेका छन् । बास्तवका भन्ने हो भने घरदैलो कार्यक्रममार्फत मैले बुझेअनुसार चुनाव जिति सकेको अवस्था छ । बैशाख ३० गते पछि जेठको
धरान । एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा संचालन भएको धरानको खानेपानी परियोजनामा उत्पादन र वितरणमा समस्या देखिएकाले खानेपानी व्यवस्थापनमा समस्या देखिएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् । खानेपानी समस्या समाधान नै पहिलो प्राथमिकता रहेको बताउँदै उनले गत २०७६ मंसिर १४ गते उपनिर्वाचनबाट मेयरमा निर्वाचित भएका थिए । सोमबार आफ्नो अढाई वर्षे कालमा गरिएका कामहरु सार्वजनिक गर्दै मेयर राईले पानीको उत्पादन र वितरणमा पनि समस्या देखिएकाले योजना पुर्ण रुपमा सम्पन्न नभएको बताए । उनले खानेपानीमा देखिएका २१ वटा बुँदा समस्याहरु पनि सार्वजनिक गरेको छन् । कार्यकाल सकिनै लाग्दा उनले पुरानो र नय
धरान/ शिक्षा, स्वास्थ्य, पर्यटनको हव धरान प्रदेश १ मा रहेका दुई उपमहानगर मध्ये एक हो । २० वटा वडा रहेको धरानको १ नंं वडा एउटा सानो भूगोलमा अवस्थित छ । मुख्य बजार क्षेत्र र सबै भन्दा बढि उद्योगी, व्यापारीहरु बसोबास गर्ने १ नं. वडा पर्दछ । नेकपा एमालेले उक्त वडामा बैशाख ३० गते हुने निर्वाचनका लागि व्यवासायी पृष्ठभूमीबाट राजनीतिमा उदाएका युवा नेता सुमनकुमार श्रेष्ठलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । भोजपुरको टक्सारमा २०३८ सालमा जन्मेका श्रेष्ठ धरान उपमहानगरमा एमालेले उठाएका वडाध्यक्ष मध्ये सबै भन्दा कान्छा उम्मेद्वार हुन् । संयोगवस उनको टिममा ३५ देखि ४२ हाराहारीका युवाहरुलाई उम्मेद्वार बनाएको छ
धरान । वैसाख ३० गते हुने धरान उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उमेद्वार हर्क साम्पाङले भूमिगत पानीको स्रोतले मात्र धरानेहरुलाई खानेपानी प्रर्याप्त नहुने बताएका छन् । विगतदेखि नै धरानको खानेपानी समस्याका विषयमा चर्को मुद्धा उठाउदै आएका साम्पाङले धरानको भानुचौकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै हचुवाको भरमा अध्ययन विना ल्याएको खानेपानी परियोजना सुधार नभएकोले धरानमा खानेपानीको चरम समस्या भएको बताएका हुन् । उनले भने–‘धरानको खानेपानी समस्या भूमिगत स्रोतबाट मात्र पर्याप्त छैन, सुख्खा मौसममा धरानको जलाधार पनि सुक्ने र भूमिगत स्रोतबाट पनि पर्याप्त पानी नआउने भएकोले धरानमा खानेपानी
धरान । धरान १३ मा स्थित राई टोलका भुमिहिन सुकुम्बासीमा बस्तिका ६४ घर परिवार सुकुम्बासी रहेका छन । झण्डै २० बर्ष पछि २०७४ सालमा स्थानीय सरकार आई सकेपछि उपमहानगरपालिकाको पहिलो निर्णय अव्यवस्थित बस्ती तथा भुमिहिन सुकुम्बासीहरुलाई घर नम्बर वितरण गरि लालपूर्जा वितरणको प्रक्रिया शुरु गर्ने थियो । सोही निर्णय अनुसार एमालेबाट चुनाव जितेका तत्कालिन मेयर स्व. तारा सुब्वाले तत्कालै निर्णय कार्यन्वयन गरेका थिए । मेयर सुब्वा र तत्कालिन उपमेयर मञ्जु भण्डारीले धरान–१३ स्थित राई टोलमा घर नं. वितरण गरिएको थियो । २० हजार भन्दा बढी सुकुम्वासी रहेको धरानमा यही टोलबाट घर नं. वितरण शुरु गरिएको थियो । भुमिहिन
लामो समय सम्म स्थानीय तहमा वडा सचिवको काम गरिसकेका उत्तम आले धरान १४ स्थित विजयपुरका लागि नयाँ नाम होइन् । वडा नम्बर १४ को स्थायीवासी हुन् । उनका बुबा बाजे देखिनै विजयपुरमा रहेको देशकै प्रशिद्ध धार्मिकस्थल बुढासुब्बा मन्दिरका पुजारी हुन् । वडाको विकाश सँगै मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्न उनको योगदानलाई नकार्न सकिदैन् । स्थानीय युवाको विकाश होस् वा विजयपुर क्षेत्रमा रहेका मठमन्दिरको प्रवद्र्धनमा उनले वडा सचिव हुँदा वा स्थानीयको हैसियतले पनि उल्लेख कार्यहरु गरेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उनले वडाअध्यक्षमा उम्मेदवारी दिएका छन्