‘मैले पञ्चे बाजा बजाएको मैले थाहा पाएदेखि नै हो, मैले अहिलेसम्म निरन्तर बजाउदैआएको छु, यो पेशा अझै छोड्न मन लाग्दैन, तर मेरा छोरा नातिले बजाउनै छाडे ।’ यो भनाई तेह्रथुम लाली गुरास नगरपालिकाका छविलाल दर्जीको हो । पुस्तौदेखि अंगाल्दै आएको पञ्चे बाजा बजाउने पेशा अहिले आएर भने पछिल्ला पुस्ताले बजाउनै छाडेपछि उनी चिन्तित बनेका हुन् । आइतबार धरान ७ शुक्रपथमा पञ्चेबाजा मध्येको सनाई बाजा बजाउदै घर घर हिड्दै सहयोग माग्दै आएका उनले आफू बाचुन्जेल बजाउन नछोडने बताए । उनले भने–‘विहेमा यही बजाएर छोराछोरी, नाति सबै हुर्काए, पढाए, अहिले छोरा छोरी लाखापाखा लागे, सबै यो पेशा छोडेर अन्य
धरान । एसइइ दिएर बसेका विद्यार्थीहरुर्लाई लक्षित गरी आयोजना हुदै आएको प्रदेश स्तरीय एसइइ स्टेट १ सिंगिङ्ग आइडल सिजन २ को धरान अडिसन सम्पन्न भएको छ । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एफ.टि.एल.अनलाइन टिभिले आयोजना गरेको प्रतियोगितामा सिङ्गिङतर्फ ६८ जना र डान्सिङतर्फ ३४ गरी १०२ जना सहभागि भएका थिए । अडिसन यु.एन.कलेजको सेमिनार हलमा सम्पन्न भएको हो । सिंगिङमा ३० जना र डान्सिङमा १३ गरी ४३ जना दोश्रो अडिसनका लागि छनोट भएका छन । प्रतियोगिताका निर्णायकमा गायनतर्फ भोइस अफ नेपाल सिजन–२ का फाईनलिस्ट बिकास लिम्बु र सङ्गीतकार बिनायक राई रहेका थिए । त्यस्तै नृत्यतर्फ नेपाल टेलिभिजनको रि
धरान । शुक्रबार धरानका पुराना पत्रिका वितरक एक कार्यक्रममा भावुक देखिन्थे । विगत ३३ बर्षदेखि निरन्तर स्थानीय तथा राष्ट्रिय पत्रिका घर घर पुर्याउदैआएका धरान १२ निवासी कृष्ण श्रेष्ठलाई सम्मान त परकै कुरा हो अहिलेसम्म कसैले वास्ता गरेका थिएनन् तर शुक्रबार एकाएक उनलाई सम्मान गरियो । सम्मानका क्रममा उनी भावविह्ल बनेका थिए । सन्दर्भ थियो जनपक्षीय पत्रकार सहीद कृष्णसेन इच्छुको २० औ स्मृति दिवस । नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागतसँगै उनलाई पनि सम्मान कार्यक्रम राखिएको थियो । प्रेस सेन्टर सुनसरीको आयोजनामा गरिएको सम्मान कार्यक्रममा उनलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका सभासद् किरणकुमार राई,
धरान । नवनिर्वाचित जनप्रतिनिधिहरु नगरका योजनामा केन्द्रित हुन्छन् । सपथग्रहण र पदभार ग्रहणपछि उनीहरु नगरका समस्या बुझ्ने र समस्या समाधान गर्ने कुरा छलफल राख्छन् र तल्लो स्तरमा पुगेर बुझ्ने काम गर्ने गर्दैनन् । तर धरानबाट स्वतन्त्र उमेद्वारमा मेयरमा जितेका हर्क साम्पाङले भने विगतका जनप्रतिनिधिभन्दा फरक ढंगले काम गर्न थालेका छन् । धरानको खानेपानी समस्या, धरानलाई सफा सहर बनाउने, भ्रष्टाचारशून्य अभियानका अभियन्ता समेत रहेका राईले सडकमै उत्रिएर सरसफाईमा सरिक भएका छन् । विहीबार धरानका मेयर हर्कराज साम्पाङ आफै हातमा पञ्जा लगाएर झाडु आफै बोकेर धरानको बसपार्कमा निस्केका हुन् विगतमा धरानलाई सफा नगर बन
धरान । दोस्रो स्थानीय निर्वाचन सम्पन्न भएर मत परिणाम समेत सम्पन्न भइसकेको छ । वैसाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम अनुसार धरान उपमहानगरपालिकामा समेत वडाध्यक्षसहित वडासदस्यको वहुमत एमालेको रहेको छ । ०७४ सालको पहिलो स्थानीय तहमा मेयर र उपमेयसहित १४ वडा जितेको एमालेले दोस्रो निर्वाचनमा खुम्चिए पनि वहुमत भने एमालेकै रहेको छ । अन्तिम मतपरिणाम आउदा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ । मेयर, उपमेयर, वडाध्यक्ष तथा वडासहित सहित १ सय २ जनप्रतिनिधिमध्ये पहिलो स्थानीय निर्वाचनमा एमालेको वहुमत वडाध्यक्ष तथा सदस्य निर्वाचित भएका थिए । दुई दुईतिहाई बहुमत भएको एमालेले ३० जनामा २४ जना एमालेका कार
धरान । बीपी कोइराला स्वास्थ्यभित्र रहेको अस्तव्यस्तताको अन्त्य गर्दै गुणस्तरीय उपचारमा केन्द्रित रहन सम्बन्धित पक्षलाई कर्मचारीहरुले माग गरेका छन । कर्मचारीको संस्था कर्मचारी कल्याण समाज तदर्थ समिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार एक विज्ञप्ती प्रकाशित गर्दै प्रतिष्ठानको वेथिति अन्त्य गर्दै प्रतिष्ठानलाई चुस्त दुरुस्त राख्न माग गरेका हो । समाजका अध्यक्ष किशो प्रसाद पोख्रेल र महासचिव जमुनादेवी भुर्तेलको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तीमा प्रतिष्ठान अव्यवस्थित भयो भनेर आवाज उठाउने विभिन्न संघ संस्थाहरुको आन्दोलन र प्रतिष्ठानका पदाधिकारीबीचको आन्तरिक द्वन्द्वले प्रतिष्ठानलाई
धरान । कसैले पत्याएकै थिएनन्, उनी मेयर हुन्छन् भनेर । उनलाई वेफ्वाकको मान्छे, केही गर्न सक्दैन, भट्याउने मात्र हो, विरोधमात्र गर्ने हो भन्थे तर उनले मेयर भएर देखाइदिए । मंगलबार पदभारग्रहण गर्दै गर्दा नव निर्वाचित मेयर हर्कराज साम्पाङका एकजना समर्थकले यस्तो वाक्य बोलेका थिए । उनले भनेका थिए, न उनको ठूलो जमात थियो, न उनलाई कसैले मेयर हुन्छन् भनेर पत्याएकै थिए । उनले फेरि थपे न त उनले कसैलाई मासु भात खुवाए, न त कसैका मोटर साइकलमा पेट्रोल हालिदिए , न त उनका पक्षमा घरदैलो गरिदिने कोही देखिए, एक्लै घरदैलो गरे, एक्लै हाते पर्चा वितरण गर्दै हिँडे, धराने जनतासँग जोडिएको एजेन्डा बोकेर हिडेका उनलाई उन
धरान । सुनसरीको १२ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम आएका सबै स्थानीय तहमा अधिकांशमा पालिमामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजय भएसँगै काँग्रेसले सुनसरी जिल्ला समन्वय समितिमा बहुमत पुर्याएको छ । कम्युनिष्टहरुको गढ मानिएको सुनसरीको दुई उपमहानगरपालिका धरान र इटहरीमै एमालेलाई झट्का लागेको छ । ०७४ सालको उपनिर्वाचनमा मेयर, उपमेयर र १४ वडा जितेको एमाले मेयर उपमेयर गुमाउदै १० वडामा खुम्चिएको छ । यस्तै काँग्रेसले एक उपमहानगर सहित ६ वटा पालिकामा कांग्रेसले जित हात पारेको छ । परिणाम अनुसार कांग्रेसले एक उपमहानगर सहित ३ नगरपालिका र ३ गाउँपालिकामा जित हात पारेको छ भने
धरान । धरान उपमहानगरपालिका वडा नं. १४ का नवनिर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले वडाबासीका लागि नौलो काम गर्ने भएका छन् ।सपथग्रहणपश्चात पदभार ग्रहण गर्दै वडाध्यक्ष भट्टराईले वडाबासीका विजुलीको महसुलमध्ये २० युनिटसम्मको महसुल वडाले तिर्ने महत्वपूर्ण निर्णय गरेको छ । विगतमा समेत पञ्जीकरणका सम्पूर्ण काम वडाबासीलाई निःशुल्क गराउदै आएका उनले दोस्रो पटक पदभार ग्रहण गर्नेवित्तिकै यो निर्णय गरेका हुन् । उनले भने–‘विगतमा समेत पञ्जीकरणका सम्पूर्ण कामलाई धरान १४ ले निःशुल्क गरेको थियो, अब भने २० युनिटसम्मको विजुलीको महसुल वडाले नै तिरिदिन्छ ।’ उनले धरान उपमहानगरपालिका वडा नं. १४ व
धरान । सुनसरीका १२ स्थानीय तहमा मत परिणाम सम्पन्न भइसकेको छ । मत परिणाम सम्पन्न भएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरुले धमाधम सपथग्रहण गर्ने काम पनि भइरहेको छ । अन्य स्थानीय तहको तुलनामा धरानमा भने सपथग्रहण पृथक रहेको थियो ।धरानमा विगतको स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिकोे सपथग्रहण भन्दा ०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहणमा पृथक देखिनुको कारण विगतमा जनप्रतिनिधिहरुसँगै खानेपानी समस्या, कर बृद्धि तथा अन्य कुरामा आन्दोलनमा उत्रिदै आएका सामाजिक अभियन्ता हर्क साम्पाङले मेयरको हैसियतले दलका जनप्रतिनिधिहरुलाई सपथ खुवाएको दृश्य हो । ०७४ सालको स्थानीय निर्वाचनमा निर्व