स्थानीय

    Showing 4,291-4,300 of 4,960 items.
  • धरानको सौन्दर्यकालागि जनप्रतिनिधिले काम थाले: 'छरिएका तारलाई व्यवस्थापन गर्न थालियोे'

    धरान । धरान नगरलाई सफा राख्ने अभियान शुरु गरिएको छ । धरान उपमहानरपालिका वडा नं. २ बाट यो अभियान शुरु गरिएको हो । निर्वाचित जनप्रतिनिधिहरुको संकल्प नै धरान नगरलाई सुन्दर र पर्यटकीय स्थल बनाउने हो । यसै अभियान अन्तर्गत धरानमा जथाभावि छरिएर रहेका विजुली तथा नेट वर्क प्रा.लिका तार लगायतका तारहरुलाई एकमुष्ट बनाउने काम शुरु गरिएको छ । धरान २ का जनप्रतिनिधिहरुले यो कामलाई शुरुवात गरेका छन् । वडा नं. २ को नवनिर्वाचित जनप्रतिनिधिहरुले पहिलो वैठकमै यो कामलाई प्राथमिकता राखेर शुरु गरेका हुन् । छरिएर राखिएका तारहरुका कारण सर्वसाधारणलाई करेन्ट लाग्ने, बादरले जथाभावि तारमा चढेर उपद्रो मच्चाउदा जोखिम बढ्ने

    • प्रकाशित मितिः असार १, २०७९
    • 1,532 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किरात राई यायोख्खा १३ नं. वडा कार्यसमितिको आफ्नै भवन

    धरान । विभिन्न माध्यमबाट पहिचानको मुद्दा उठाउदै आएको किरात राई यायोख्खाक १३ वडा कार्यसमिति धरानको आफनै भवन निर्माण भएको छ । किराया खिम अर्थात भवनको उद्घाटन शनिवार प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले एक कार्यक्रम गरेका छन् । भवन उद्घाटन पछि बोल्दै सभामुख भण्डारीले भवन निर्माणले किरात समुदायको पहिचानमा थप सहयोग पुग्ने बताए । उनले भने–‘किराती समुदायको सँस्कृति, भेषभुषा, भाषा, शैलीहरु मलाई साह्रै मन पर्छ । ’ १८ लाख भन्दा बढी लागत लागेको निर्माण समपन्न भवनका लागि धरान उपमहानगरपालिका वडा नं. १३ बाट ८ लाख, तत्कालीन मेयर तिलक राईबाट मेयरकोषबाट प्रदान गरिएको १ लाख २५ हजार

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 1,230 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबार भएको नगरसभामा विभिन्न एजेण्डा पारित: बर्खे अधिवेशन असार ८ गते आह्वान गर्ने निर्णय

    धरान l धरान उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकबाट धरान उपमहानगरपालिकाको ०७८÷०७९ को नगर सभा (बर्खे अधिवेशन) असार ८ गते बस्ने निर्णय भएको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले विवादमा रहेका एजेन्डालाई समेत सर्वपक्षीय रुपमा पारित गरेको छ । सार्वजनिक भवन, पार्कहरुको राजश्व संकलनमा ठेक्का प्रक्रियाको विषयमा यस भन्दा अगाडिको वैठकमा विवाद भएका थियो तर आइतबार बसेको बैठकल ठेक्का सम्बन्धी एजेन्डामा व्यापक छलफलपछि  नगरपालिका स्वयमले संकलन गर्ने सम्मत पारित गरिएको थियो । यसैगरी उपमहानगरपालिकामा एक जना प्रवक्ता रहने प्रावधान अनुसार कार्यपालिका बैठकले कार्यपालिकाको प्रवक्तामा धरान

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित आन्दोलन: मुख्य एजेण्डा भने ओझेलमा

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समय समयमा बीपी सुधारको माग राख्दै आन्दोलन हुने गरेका छन् । कहिले बीपीका कर्मचारी, चिकित्सकहरुले आन्दोलन गर्छन् भने कहिले बीपीसंग सरोकार राख्नेहरुले आन्दोलन गर्ने गर्छन् । तर कर्मचारी तथा चिकित्सकहरुले विगतदेखि नै गर्दै आएका आन्दोलनको एउटा मुख्य एजेण्डा भने ओझेलमा पर्दै गएका छन् । फ्याकल्टीहरुको बढुवा हुनुपर्ने माग त्यहा कर्मचारी, चिकित्सक तथा विपीमा कार्यरत सबैको प्राथमिकतामा पर्ने गरेपनि विस्तारै त्यो मुद्दा ओझेमा परेर सुद्धीकरण अभियानतर्फ मोडिएको छ । यही विषयमा चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज, कर्मचारी कल्याण सम

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 1,984 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्दरहरैँचाका महिलाहरुको बाख्रा पालनबाट आर्थिक उन्नति

    इटहरी/ कुनै बेला वैदेशिक रोजगारीमा जाने र पैसा कमाउँनेलाई समाजमा ज्ञानी एवम् शिक्षित व्यक्तिभन्दा पनि इज्जतले हेर्थे । त्यही भएर मोरङ सुन्दरहरैँचाकी गीतादेवी ओझा भट्टराईको १४ वर्ष अघि बाबुआमाले विदेश जाने केटा रोजेर विवाह गरि दिए । गीतादेवीका बाबुआमाले त्यो बेला भनेका थिए, ‘ पैसा बिना भोकै मरिन्छ । विदेश गएर मिहिनेत गरेर पैसा कमाउने केटाले सुखसँग पाल्छन् ।’ गीतादेवीले पनि त्यो बेला पैसा कमाउने उत्तम विकल्प नै विदेश ठानेका थिइन् । त्यही भएर उनले सुन्दरहरैँचा वडा नं. ६ का चन्द्रप्रकाश भट्टराईसँग विवाह गरिन् । विवाह गरेको केही महिनालगतै फेरि चन्द्रप्रकाश विदेश गए । गीतादेवीले अर्

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 758 पटक पढिएको
    • "अमर खड्का"
  • सर्दू करिडोरको प्रारम्भिक काम सुरु: ७ सय घरधुरी र १४ हजार जनसङ्ख्या लाभान्वित हुने

    धरान/ प्रदेश नं. १ मै महत्वकांक्षी रुपमा लिएको सर्दु करिडोरको काम शुरु भएको छ । सर्दुले पु¥याउने क्षतिलाई न्यूनिकरण गर्दै आकर्षक पर्यटकीय स्थल निर्माण गर्ने उद्देश्यका साथ यो महत्वकांक्षी योजना अगाडि सारिएका हो । परियोजना निर्माण भएपनि सर्दु किनाराको १ सय २० हेक्टर जग्गा सुरक्षित हुने, आसपासमा रहेका ७ सय घर धुरी र १४ हजार सर्वसाधारण लाभान्वित हुने बताइएको छ । सर्दु करिडोरको शिल्यान्यास तत्कालीन प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २ गते गरेका थिए । उद्घाटनका समयमा उनले बाध नियन्त्रण गर्नेमात्र उद्देश्य नभई, फराकिलो सडके, त्यसको छेउछाउमा रेष्टुराँहरु, हजारौं पर्यटक राति घुम्न जा

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 1,088 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नं. एकको धरानसहित ९ स्थानमा जुनसुकै समय इन्टरनेट बन्द हुनसक्ने

    धरान । प्रदेश नं. १ को धरान सहित ९ स्थानमा जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने सम्बन्धित संस्थाहरुले जनाएका छन् । निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल र्( स्पान) ले प्र्रदेश नं १ का ९ स्थान सहित देशका ११ ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने जनाएका हो । स्पानले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानूनी ढङ्गले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट (डेटा सेन्टर, पीओपी) र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरबेटी समेतको विद्युत लाइन काट

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 1,587 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यदलले निमित्त उपकुलपतिलाई प्रतिवेदन बुझायो

    धरान । घोपा बचाउ अभियानको आन्दोलनका विषयमा गठित कार्यदलले मगलबार प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानको अस्पतालका समस्याहरु सुधार गर्दै छिटो छरितो ढंगले गुणस्तरिय सेवा उपलब्ध गराउनुपर्ने माग राखदै घोपा बचाउ अभियानले संचालन गरिरहेको आन्दोलनको विषयमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको उपस्थितिमा जेष्ठ १६ गते भएकोले छलफललले राय सुझाव सहितको प्रतिवेदन पेश गर्न प्रतिष्ठान, धरान उपमहानगरपालिका तथा घोपा बचाउ अभियानका प्रतिनिधी रहने गरि गठित अध्ययन कार्यदल गठन भएको थियो । गठित कार्यदलले लगातार ७ दिनसम्म विभिन्न सरोकारवालाहरुसंग छलफल एवं परामर्श गरी मगलबार प्रतिवेदन बुझाएको हो । कायदलले शिक्षा

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङको लेटाङ नगरपालिकाले आइतबारको विदा कटौती गर्‍यो

    धरान । संघीय सरकारले समेत शनिवार र आइतबार दिएको दुई दिने विदा कटौती गर्न लागेको समयमा लेटाङ नगरपालिकाले समेत दुई दिने विदा कटौ्रती गर्ने भएको छ । लेटाङ नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले आइतबार विदा दिने संघको निर्णय लागू गर्न नसक्ने निर्णय गरेको हो । ‘संघीय सरकारले पनि परीक्षणको रुपमा हप्तामा दुई दिन विदा दिने निर्णय लागू गरेको थियो,’ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले भने, ‘हामीले पनि परीक्षणकै लागि विदा नदिँदा के हुँदोरहेछ भनेर निर्णय गरेका हौं ।’ नगरपालिकाले सरोकारवाला निकाय, विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा संघ–संस्थाका मानिसहरुसँग व

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 775 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा ४० फिटको बुद्धको प्रतिमा प्रदेश प्रमुखद्वारा अनावरण

    धरान । धरान–४ छोटी मोरङमा ४० फिटको बुद्धको प्रतिमा अनावरण गरिएको छ । आइतबार प्रतिमाको अनवरण प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका छन् । सो अवसरमा बोल्दै प्रमुख खापुङले बुद्धको उपदेश, शिक्षा र ज्ञानले विश्वलाई प्रभाव पारेको बताएका छन् । उनले भने–‘बुद्धको उपदेश संसारभरि प्रख्यात छ, शान्तिका अग्रदूत बुद्धको उपदेशलाई आत्मसात गरेर जान सके सबैको लागि हितकारी हुन्छ ।’ उनले यहा निर्माण भएको बुद्धको प्रतिमाले धरानको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए । उनले भने–‘धरान त्यसै पनि पर्यटकीय क्षेत्र हो, विजयपुरमा मठमन्दिरले प्रदेश एककै धार्मिक पर्य

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 885 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved