स्थानीय

    Showing 4,271-4,280 of 4,960 items.
  • फलफूलका विरुवा वितरण

    धरान । धरान उपमहानगरपालिका वडा न.. १४ ले सर्वसाधारणलाई उन्नत जातको फलफुलको विरुवा वितरण गरेको छ । वडाले आफ्नै लगानीमा ६ सय ३० वटा आप तथा लिच्चीका विरुवा सर्वसाधारणलाई वितरण गरेको हो । एक घर एक विरुवा अभियान अभियान अन्तर्गत वडाले प्रत्येक घरलाई आप र लिच्चीको विरुवा वितरण गरेको हो । पछिल्लो समय जनघनत्व बढ्दै जादा जग्गाको क्षेत्रफल समेत खुम्चिएपछि वातावरण प्रदुषित भएकोले सर्वसाधारणलाई आप र लिच्चीका विरवा वितरण गरेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । एनले रुख विरुवा नहुदा जंगली जनावर तथा पशुपंंक्षी समेत लोप हुदै गएको बताउदै वातावरणसँरक्षण सँगै जनावरको संरक्षण गर्न पनि फलफूलका वि

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसइइ स्पिकर सिजन २: उपाधि चतराकी एङ्लिसा थापालाई

    धरान । र्‍याडिकल लाइट नेपाल प्रा.लि. धरानले आयोजना गरेको एसइइ स्पिकर २०७९ सिजन २ को उपाधि चतराकी एङिलासा थापाले जितेकी छन् । धरान १३ वडा सञ्जालको प्रागरणमा बुधबार भएको फाइनल प्रतिष्पर्धामा फष्ट रनर अप–बिष्णु मेमोरियल मा.बि.कि प्रतिष्ठा श्रेष्ठ, सेकेन्ड रनर अप–हिबिस्कस बोर्डिङ स्कुलकी सिसम गुरुङ र सान्त्वना–भरोल बाल मन्दिरका दिमन गिरी भएका छन् । प्रतियोगितमा बिजेता, उपविजेता, तृतीय हुने र सान्त्वना हुनले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित धरानका विभिन्न कलेजमा अध्ययनका लागि छात्रबृति पाउने भएका छन् । यसैगरी प्रतियोगितामा बेस्ट पर्फमेन्स–कोशी बोर्डिङ

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दु–खर्दु बाट बिजुली: मेयर साम्पाङको महत्वकांक्षी योजना

    धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धराने जनताको खानेपानी समधान गर्न अनेक प्रयास गरिरहेका छन् । उनले खानेपानी समस्या समाधन गर्ने हेतुले धरान ८ मा रहेको पम्पिङ साइडमा निरीक्षण गर्ने, सर्दु जलाधार क्षेत्रमा गएर पुरानो पाइप फेर्नेमात्र हैन धरान २० स्थित पकुवा खोलाबाट पानी ल्याएर वडा ११ र १७ का बासिन्दालाई खुवाउने उद्देश्यले जनश्रमदानको आवहान गरे । उनलो गरेको आवहानलाई सहयोग गर्न हातेमालो गरे । धरानको वातावरण सफा र सुन्दर राख्न हरेक शनिबार वृहत वृक्षरोपण अभियानमा लागेका उनी प्रत्येक शुक्रबार धरानलाई लागू औषधिमुक्त सहर बनाउन विभिन्न चौकमा गएर प्लेकार्डसहित सचेतना कार्यक्रम गर्ने गर्छन्

    • प्रकाशित मितिः असार ३०, २०७९
    • 1,136 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मंगलबारबाट पुरानो बजारमा एकतर्फी पार्किङ

    धरान । दिनप्रतिदिन सवारी चाप गएपछि दुर्घटना न्यूनिकरणका लागि सरोकारवालाहरु गम्भीर बनेका छन् । धरान ३ माछाभौडीदेखि सिंहदेवीचौकसम्म मंगलाबारबाट सवारी साधनको एकतर्फी पार्किङ शुरु गरिएको छ । दुईतर्फी पार्किङ हुदा सवारी आवागमनमा सहज बन्ने र दुर्घटना बढ्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनप्रतिनिधि, व्यापारी तथा व्यवसायीहरुसँग एकतर्फी पार्किङका लागि पहल अगाडि बढाएको थियो । एकतफी पार्किङका लागि पटक पटक छलफल समेत भए, अन्तत: सबैको समझदारी अनुरुप धरानको पुरानो बजारमा एकतर्फी पार्किङ राख्ने काम भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनल

    • प्रकाशित मितिः असार २९, २०७९
    • 1,752 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गायनतर्फ छिरिङ, नृत्युतर्फ नुमालाई उपाधि

    धरान । प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को उपाधि क्रमश: धरान–१८ स्थित कार्मेल हाइस्कुलका छात्र छिरिङ तामाङ र सिदार्थ इङलिस बोर्डिङ स्कुल विराटचोककी नुमा लिम्बूले जितेका छन् । धरान–१५ चुम्लुङहिमको भवनमा शुक्रबार सम्पन्न प्रतियोगितामा गायनतर्फ तामाङ र नृत्युतर्फ लिम्बुले उपाधि जितेका हुन् । उपाधि उचाल्दै छिरिङ र नुमाले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । यसैगरी गायनतर्फ जेनिथ स्कुलका धरान १६ का रिजन लोहनी फस्ट रनरअप र होलिल्याण्ड इन्टरनेशनल स्कुल धरान १५ की गनु राई सेकेण्ड र

    • प्रकाशित मितिः असार २१, २०७९
    • 1,071 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्घटना न्यूनीकरण गर्न एकतर्फी पार्किङ

    धरान । धरानको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै जाँदा दुर्घटनाको जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी धरान उपमहानगरपालिका, जिल्ला ट्राफिक कार्यालय सुनसरी र व्यापारी व्यवायीहरुबीच एकतर्फी पार्किङका विषयमा छलफल शुरु भएको छ । सडकको दुई तर्फी सवारी साधन पार्किङ गरिदा दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत असहज भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले धरानका जनप्रतिनिधि, व्यापारीसँग समन्वय गरेर एकतर्फी पार्किङ गर्ने तयारी गरेको हो । धरानको मुख्य चौक भानुचौक, देशीलाइन, पुरानो बजारका क्षेत्रमा सर्वसाधारणले जथाभावि सडकको दुईतर्फी पार्किङ गरिदा दुर्घटनाको जोखिमसंगै ट्राफिक

    • प्रकाशित मितिः असार १९, २०७९
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चतरा र झुम्काका व्यावसायीको समर्थन शिवराजलाई

    धरान। ग्रामीण क्षेत्रका व्यावसायीका मुद्दालाई आत्मसात गरी सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका शिवराज श्रेष्ठको अभियान पूर्वको पुरानो व्यापारिक केन्द्र चतरा पुगेको छ । चतराका व्यावसायीले श्रेष्ठ समूहको अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै गाम्रीण क्षेत्रको बजारको विकासमा ध्यान दिन आग्रह गरेका छन् । र्संस्थाको सबल र सक्षम नेतृत्व गर्न सक्ने उम्मेदवारलाई भोट दिन चाहान्छौं, जसले संस्थालाई सबल ढंगले अगाडि बढाउन सकोस्,’ चतराका व्यावसायी डम्बरप्रसाद सिग्देलले भने, ’शिवराज श्रेष्ठमा त्यो खुबी देखिएको छ ।’ पूर्वी पहाडी जिल्लाहरुको

    • प्रकाशित मितिः असार १७, २०७९
    • 1,289 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर साम्पाङको प्रयास: सरोकारवालासँग कोशी पुगेर सम्भाव्यता अध्ययन

    धरान । धरानको बर्षौदेखिको खानेपानीको समधान गर्छु भनेर निर्वाचिन जितेका हर्क साम्पाङले धरानेहरुलाई खानेपानी सहज रुपमा खुवाउनका लागि प्रयास गरिरहेका छन् । कहिले जलाधार क्षेत्रको सरसफाई, मुहानमा काम नलाग्ने पाइप फेर्ने, कहिले पिलुवा खोलामा पुगेर जनश्रमदान गर्न आवहान गर्ने काममात्र हैन धरानको भूमिगत स्रोतको रुपमा रहेको धरान ८ मा रहेको पम्पिङ साइडमा पुगेर खानेपानीको आपूर्तिमा समस्याको जडबारे बुझ्ने लगायतका कामहरु गरिरहेका छन् । कोशीको पानी नै धरानेहरुको दीर्घकालीन समस्या समाधान देखेका मेयर साम्पाङ पछिल्लो समय विज्ञहरुसंग कोशीमै पुगेका छन् । सप्तकोशीबाट पानी ल्याउने एजेन्डा नै बोकेर निर्वाचनमा हो

    • प्रकाशित मितिः असार १४, २०७९
    • 1,093 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रेस्टुरेन्टको शौचालय सार्वजनिक

    धरान । धरान–९, पुतलीलाइनको फ्रेन्ड्स गार्डेन रेस्टुरेन्टको शौचालयलाई निःशुल्करूपमा प्रयोग गर्ने गरी सार्वजनिक शौचालय घोषणा गरिएको छ । लायन्स क्लब अफ दन्तकाली र लिओ क्लब अफ दन्तकालीको संयुक्त पहलमा सो रेस्टुरेन्टसँग समन्वय गरेर शौचालयलाई सर्वसाधारणका लागि खुल्ला गरिएको लिओ क्लब अफ दन्तकालीका अध्यक्ष पोषणबाबु श्रेष्ठले जानकारी दिए । पर्यटक, आगन्तुक वा किनमेलमा निस्किएका सर्वसाधारणलाई शहरी क्षेत्रमा शौचालयको अभाव अट्किने गरेको छ । धरान नगर क्षेत्रमा पनि सार्वजनिक शौचालयको अभाव छ । यही आवश्यकतालाई महसुस गरेर फ्रेन्ड्स गार्डेनको शौचालयलाई सार्वजनिक गर्न आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए

    • प्रकाशित मितिः असार १०, २०७९
    • 852 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उत्कृष्ट–२० लाई तालिम

    धरान । एस.ई.ई.स्टेट –१ सिङ्गिङ आईडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ का उत्कृष्ट २० जना सहभागिहरुलाई बिहिबार पब्लिक स्पिकिङ र खाना टेबल शिष्टाचार सम्बन्धि एक दिवसिय तालिम दिइएको छ । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सन्चालित एफ.टि.एल.अनलाईन टिभिद्वारा आयोजित प्रतियोगीताका उत्कृष्ट २० जनालाई सार्वजनिक स्थानमा कसरी आत्माबिश्वास बढाउने, माईक्रो फोन कसरी समाउने, प्रस्तुति कसरी गर्ने, ब्यक्तित्व बिकास कसरी गर्ने लगायतका कुराको बारेमा ज्ञान दिईएको तालिमका सहजकर्ता तिर्थ कार्कीले बताए । यसैगरीै सहभागिहरुलाई स्टार होटलमा खाना खादा काटा–चमेच कसरी प्रयोग गर्ने, खाना टेबल कसरी

    • प्रकाशित मितिः असार १०, २०७९
    • 862 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved