धरान/ नेपालमा स्थापित गणतन्त्र, धर्म निरपेक्ष र संघीयताले देशमा अराजक अवस्था निम्त्याउदै गएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । लिङ्देनले धरान उपमहानगरपालिका वडा नं. ६ बाट स्वतन्त्र उमेद्वारबाट निर्वाचित वडाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने कार्यक्रममा वडाध्यक्षकै घरमा प्रवेश कार्यक्रममा बोल्ने क्रममा यस्तो बताएका हुन् । उहाँले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपालमा हिन्दु राष्ट्र, संघीयता र धर्मनिरपेक्ष राष्ट्र हुनुहुदैन भन्दै वकालत गर्दै हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अभियान जारी रहेको स्पष्ट पार्दै अहिले नविन राप्रपा
धरान/ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको दोस्रो संस्करणको तयारी पूरा भएको छ । प्रतियोगिताका सबै खेल यही भदौ २५ देखि ३० गतेसम्म मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सञ्चालन हुने आयोजकले जानकारी दिएको हो । आयोजक पक्षले धरान मेघा हिमालयन कलेजको सभाकक्षमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । प्रतियोगितामा धरान र यसवरपरका विद्यालयका १६ वटा टिम सहभागी हुने भएका छन् । कक्षा १२ सम्मका विद्यार्थीले भाग लिन पाउने प्रतियोगिताका विजेताले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० हजार रुपैयाँ, ट्रफी, मे
धरान / धरान १५ मदन आश्रित चौकको एक घरमा आगलागी भएको छ । मदन आश्रित चौक कोकोनट हाउस छेउमा रहेको सीता धितालको काठले बनेको टिनको छाना भएको दुई तले घरमा आगलागी हुदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेका सुनचाँदीका गहना, लत्ताकपडा, दुई वटा बाख्रा लगायतका सरसमान जलेर नष्ट भएको हो । विहान खाना पकाउने क्रममा ग्याँस पड्केर आगलागी भएको पीडित सीता धितालकी कान्छी बुहारी कल्पना धितालले बताइन् । धरान उपमहानगरपालिकाको दुई वटा दमकल, जनपथ प्रहरी, नगर प्रहरी र स्थानीय प्रहरीले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएको पीडित कल्पनाले जानकारी दिइन् । उनँले अगालागीबाट करिब १ करोड बराबरको क्षति भएको बताइन् ।
इटहरी/ इटहरीमा पहिलो पटक सङ्गिनी, सिलोक र विरहन गायन प्रतियोगिता हुने भएको छ । ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू बिचमा लोपोन्मुख भएका सङ्गिनी, सिलोक तथा थारु जातिको विशेष गीति नृत्य विरहन प्रतियोगिता आयोजना हुने भएको हो । इटहरी ५ मा रहेको बालाजी ज्येष्ठ नागरिक समाजले भदौ २३ गते देखी आयोजना गरेको ज्येष्ठ नागरिक सांस्कृतिक उत्सवमा यी तीन विधामा प्रतिस्पर्धा हुने भएको हो । इटहरीका विभिन्न १४ वटा वडाबाट प्रतिनिधित्व गर्दै समूहगत रूपमा तीन विधामा एक सय २८ जनाले प्रतिस्पर्धा गर्दैछन् । महिलाहरूमा लोकप्रिय मानिएको सङ्गिनी विधामा १४ वडाका १४ समूहका ७७ जना ज्येष्ठ महिलाहरूले प्रतिस्पर्धा ग
झापा/ झापाको भद्रपुर नगरपालिका–८ बिमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र काकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलवार तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतिय नागरीक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ बर्षीया कल्याणी बर्मनी, २८ बर्षीया राधा बर्मनी र २४ बर्षीय कल्याण बर्मण रहेका छन् । राधा र कल्याणी ९८ ग्राम ९ सय मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित भद्रपुरबाट पक्राउ परेका हु
विजयपुर / नेवाः देय दबुले वर्षेनी आयोजना गर्दै आएको लाखे नाच प्रतियोगिता धरानमा सोमबार सम्पन्न भएको छ । धरानको भानु चोकमा भएको लाखे नृत्य प्रतियोगितामा झुम्काको रामधुनी नेवाः देय दवुको लाखे नाँच प्रथम भएको छ । त्यसै गरि मधुवन नेवाः देय दवु मधुवन दोस्रो भएको छ भने धरान ३ को झिगु लाखे तेस्रो र नेवाः देय दवु इटहरी वालग्राम चौथो भएको छ । प्रथम, दोस्रो, तेस्रो र चौथोलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्रदान गरिएको थियोे । प्रतियोगितामा झुम्का, मधुवन, धरान लगायत बराहक्षेत्र, चक्रघटिका १६ वडा लाखे समुह सहभागि भएका थिए । प्रतियोगिता कार्यक्रममा नेवारी समुदाय र गै
विजयपुर / वडावासीहरुलाई निशुल्क रगत उपलब्ध गराउन धरान उपमहानगरपालिका वडा नम्बर ९ ले नेपाल रेडक्रस सोसाइटी सुनसरी संग सम्झौता गरिएको छ । रेडक्रस र धरान वडा नम्बर ९ कार्यालय बीच निःशुल्क रगत उपलब्ध गराउनेबारे मंगलबार सम्झौता गरिएको छ । नेपाल रेडक्रसको ६१ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्झौता पत्रमा वडा नम्बर ९ का अध्यक्ष रुपेश आचार्य र रेडक्रसका सभापति उमेश थापाले हस्ताक्षर गरेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको ब्लड बैंकमा रगतको विभिन्न परीक्षण, ब्लड ब्याग, ट्रान्सफ्युजन लगायत रगत आवश्यक हुँदा एक हजार पचास रुपैया शुल्क तिर्नु पर्ने हुन्छ । सम्झौता अ
विजयपुर / पोलेको मकै बेचेर जिविकोपार्जन गर्ने महिलाहरुको संख्या धरानमा बढ्दै गएको छ । पोलेको मकै बेचेर घर परिवार चलाउन सहज बन्दै गएको छ । करबि २० बर्ष अघि देखि धरान २ रत्न रोडमा मकै पोलेर बेच्ने गर्दै आएकी निर्मला न्यौपाने सामान्य लगानीमा व्यापार गर्न सकिने भएकाले आम्दानी पनि राम्रै हुने गरेको बताउँछिन् । धरान १४ निवासी न्यौपाने बिहानै देखि सडकको किनारमा तगारीमा मकै पोलेर जिविकोपार्जन गर्दै आएको बताउँछिन् । उनि भन्छिन, ‘सायद धरानमा सबै भन्दा पहिले मकै पोलेर बेच्ने म नै होला, त्यो बेला अलि समस्याहरु हुन्थियो, अहिले सहज छ ।’ उनले आफ्नै बारीमा फलेको मकै पोलेर बेचेर व्यवसाय शुरु गरेकी
धरान/ धरान उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयले अस्थायी प्रहरी चौकी देउरालीलाई प्रकोप तथा विपदमा प्रयोग गर्न विभिन्न औजार सामग्री हस्तान्तरण गरेको छ । बाढी तथा पहिरोको सम्भावित जोखिम क्षेत्र समेत रहेको वडामा विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्न र सम्भावित विपद्लाई न्यूनीकरणका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो । वडाध्यक्ष मन प्रसाद लिम्बूका अनुसार गैँती, बेल्चा, पन्जा, गम्बुठ, डोरी, बाल्टी, लगायतका सामग्री चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा चौकीका सह इन्चार्जलाई हस्तान्तरण गरिएको छ । वडाको विपद् तथा प्रकोप व्यवस्थापन समितिका संयोजक समेत रहेका वडाध्यक्ष लिम्बूले विशेष गरी
रासस झापा/ झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् । रोगका कारण वडा नं ३, ४ र ७ को ४० बिघा क्षेत्रफलमा लगाइएको धानबाली सखाप भएको र अन्यतिर पनि फैलिइरहेको अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख एन्जिला बिडारीले जानकारी दिइन् । ‘गबारो, ढुसी र फौजी कीराको समस्या देखापरेको छ’, उनले समस्याबारे जानकारी दिँदै भनिन्, ‘केही किसानका खेतमा धानबाली सखाप भएको अनुगमनबाट देखिएको छ भने तत्काल नियन्त्रण गरिएन भने अन्यतिर फैलिने सम्भावना छ ।’ रोग नियन्त्रण गर्न किसानलाई कीटनाशक