स्थानीय

    Showing 3,291-3,300 of 4,930 items.
  • विधेयक विपरित पार्किङ शुल्क उठाउँदै धरान

    धरान/ मुख्य बजारमा धरान उपमहानगरपालिकाले मोटरसाइकल तथा निजि सवारी साधनलाई पार्किङ शुल्क उठाउन थाले पछि स्थानीय सरकारको चौतर्फि आलोचना हुन थालेको छ । धरान उपमहानगरपालिकाले गत कार्तिक २४ गते देखि लागु हुने गरि ठेक्का आव्हान गरेर पार्किङ शुल्क उठाउन थाले पछि स्थानीयले विरोध गर्न थालेका छन् । आर्थिक विधेयक २०८० को १० नम्बर बुँदाको २ नम्बरमा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र तोकिएका पार्किङ स्थलमा स्टेण्ड लगाउने वा पार्किङ गर्ने सार्वजनिक यातायातका सवारी साधनहरुमा पार्किङ सुविधा उपलब्ध गराए वापत यो शुल्क अशुल गर्नेछ भनिएको छ ।   ठेकेदार कम्पनीका कर्मचारीले पार्किङ शुल्क उठाउन पुर्जी

    • प्रकाशित मितिः पुस २४, २०८०
    • 778 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १ सय २३औ धरान डे बास्केटबल प्रतियोगितामा २४ टिम सहभागी

    धरान/ १ सय २३ औ धरान डेको अवसरमा आयोजित इन्टर स्कुल छात्र छात्रा थ्री वाइ थ्री बास्केटबल प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने भएका छ्न । धरान उपमहानगरपालिकाको आयोजनामा आयोजित बास्केटबल प्रतियोगिताको आइतबार ड्र मार्फत खेल तालिका तयार गरिएको छ । प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ १९ टिमले सहभागिता जनाएका छन । पुस २३ र २४ गते सम्पन्न हुने प्रतियोगिताका महिला र पुरुष बिजेताले नगद ५ हजार, उपबिजेताले नगद २ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि प्रतियोगिताका एमभिपी (उत्कृष्ट खेलाडी) अवार्ड बिजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पुर्ण खेल इन

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 666 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एम्सकी नवीना केन्या जादै

    धरान/ धरान १२ स्थित एम्स स्काउट क्रियुकी सिनियर टिम मेट नवीना मंग्राती नेपाल स्काउटलाई प्रतिनिधित्व गर्दै छ महिनाका लागि अफ्रिका महादेशको केन्या जाने भएकी छिन् । विश्व महिला स्काउट संगठनको यस गर्ल कार्यक्रम अन्तर्गत उनी नेपालबाट अन्य ४ जना स्काउट सहित प्रस्थान गर्नेछिन् । केन्या जाने नवीनालाई शुक्रबार एम्स एकेडेमीमा एक कार्यक्रम विच बिदाई गरिएको छ । विद्यालयका प्राचार्य मित्र तामाङ, प्रदेश तदर्थ समिति संयोजक रवी खनाल, सदस्य हेमन्त भण्डारी, धरान नगर तदर्थ समिति सदस्य एवम् प्याब्सन सुनसरी अध्यक्ष अनुप तामाङ, सहायक राष्ट्रिय प्रशिक्षक शुसील राई, नगर सदस्य मधुसूदन घिमिरे, गोपाल पौडेल, रोभ

    • प्रकाशित मितिः पुस २३, २०८०
    • 1,161 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतीय पेन्सन क्याम्पको रक्तदानमा ३ सय ४ पिन्ट रगत संकलन

    धरान/  भारतीय राजदुतावास, पेन्शन वितरण, कार्यालय, धरानले गत बर्ष झै यो बर्षपनि बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको सन्योजकत्वमा शनिवार रक्तदान साथै पहिलो पटक महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निशुल्क परिक्षण शिविरको आयोजना गरेको छ । पिपिओ धरानले ३ सय ४ पिन्ट रगत संकलन गरि प्रदेश नम्बर १ कै सर्वाधिक रगत संकलन कर्ताको रुपमा देखिएको छ । गत वर्ष पिपिओ, धरानले २ सय ८३ पिन्ट रगत संकलन गरि सुनसरी जिल्लामै सर्वाधिक संकलनकर्ता रहेको थियो संकलित रगत बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई हस्तान्तरण गरिएको थियो । यस आर्थिक बर्ष २०८०÷८१ को सुनसरी जिल्लामा मात्र नभएर कोशी प्रदेशमा आयोजना

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • त्रिविको उपकुलपति खुल्ला प्रतिष्पर्धाबाट गर्न नेविसंघको माग

    इटहरी/ त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्नुपर्ने भन्दै नेपाल विद्यार्थी संघ सुनसरीले प्रधानमन्त्रीलाई पत्र लेखेको छ । नेविसंघ सुनसरीले विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि दबाब दिन प्रधानमन्त्रीलाई लेखेको पत्र प्रमुख जिल्ला अधिकारी मार्फत पठाएको छ । नेविसंघले विभिन्न क्याम्पसका विद्यार्थीहरूले प्रधानमन्त्रीलाई लेखेको पत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई हस्तान्तरण गरेका छन् । शुक्रवार नेविसंघ जिल्ला सभापति प्रमोद भट्टराई सहितका विद्यार्थीहरूले आफूहरूले लेखेको पत्र प्रधानमन्त्रीलाई बुझाइदिन भन्दै हस्तान्तरण गर

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 552 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपी प्रतिष्ठानमा विद्यार्थी कोटा थपिने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

    धरान/  आउँदो शैक्षिक सत्रबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका छन् । प्रतिष्ठानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै उनले भने, “पछिल्लो समय चिकित्सा शिक्षा ऐनमा भएको संशोधनले ५० जना विद्यार्थी कोटा कटौती गरेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको पाइएको छ । त्यसैले आउँदो शैक्षिक सत्रबाट कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने छ ।” मन्त्री बस्नेतले प्रतिष्ठान धरानको मात्र प्रतिष्ठा नभई एसियाकै ठुलो अस्पताल रहेकाले नेपालकै प्रतिष

    • प्रकाशित मितिः पुस २२, २०८०
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

    धरान/ नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान र प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई प्रदान गर्ने निर्णय गरेको छ । हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो । लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले नेपाली गीत–सङ्गीतका साथै कथा, कविता, उपन्यास, संस्करण र निबन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित गरी नेपाली साहित्यको श्रीवृद्धिमा दिएको अतुलनीय योगदानको कदर गर्दै प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरिएको प

    • प्रकाशित मितिः पुस २०, २०८०
    • 643 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सांसदको निर्माण कम्पनीलाई कार्वाहीको तयारी

    विराटनगर/ नेपाली काँग्रेसबाट निर्वाचित सांसद रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ सञ्चालक रहेको कान्छाराम कन्ट्रक्सनलाई कोशी प्रदेश सरकारले कारवाहीको तयारी थालेको छ । सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चेतावनी दिएको थियो । सोही अनुसार कोशी प्रदेशका विभिन्न स्थानमा सडक निर्माणको ठेक्का लिएको कान्छाराम कन्ट्रक्सनलाई कारवाहीको तयारी थालेको हो । पटक–पटक ताकेता गरेपनि काम नभएपछि मन्त्रीस्तरीय अनुगमन गराएर ठेकेदारलाई अल्टिमेटम दिएको पुर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर शुशिल श्रेष्ठले बताए ।

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 598 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राज्यको निकाय मौन बसेको भन्दै एमालेको ध्यानाकर्षण

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा राज्यको सम्बन्धित निकाय मौन बसेको भन्दै नेकपा एमाले धरान नगर कमिटीले ध्यानाकर्षण गराएको छ । मेयर राईले कार्यकक्षबाट कार्यपालिकामा कुनै छलफलको विषय प्रवेश नगरि नगराई राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा राज्यका सम्बन्धित निकायहरु समेत वेखवर जस्तै भई मुखदर्शक भएको बुधबार विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संविधानले गरेको व्यवस्था बमोजिम स्थापित संस्था र उक्त पदमा बसेका व्यक्तिले त्यही संविधान तथा प्रचलित कानुन विरुद्ध गरेका कार्यहरू नैतिकता माथिका गम्भीर प्रश्न र

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 557 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवादकै बिच धरान डे मनाउने तयारी

    धरान/ धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नहुने भएका छन् । धरानका मेयर हर्क साम्पाङ्ग प्रधानमन्त्री धरान आाउने भए मात्र उनको तस्तिर आफ्नो कार्यकक्षमा टाँग्ने अडान लिएका थिए । धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको छ । त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथि बिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी मेयर राईले गरेका छन् । ‘धरान उत्सव –२०८०’ को प्रमुख अतिथी उत्सवमा आएका एकजना बयो वृद्ध जेष्ठ नागरिकलाई बनाइने भएको छ । स्थापना दिवस भएको हिसाबले उत्सबमा आएका एकजना बयोवृद्ध ज

    • प्रकाशित मितिः पुस १९, २०८०
    • 1,126 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved