स्थानीय

    Showing ३,१३१-३,१४० of ५,३५० items.
  • शिक्षाले धरान र केराबारीलाई जोडेको छ चाइल्ड सेन्टर्ड एजुकेशनलाई प्राथमिकता

    शिक्षण सिकाईलाई हामी गुणस्तरीय,प्रविधीमैत्री,ब्यवहारिक र विद्यार्थीको सृजनात्मक र प्रतिभाको कदर समेत गर्दै सोही अनुसार पठन पाठन गराउँदै आएकाले आज शिक्षा सन्देश बोर्डिङ स्कुल अभिभावक र विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । शहरमा धाएर विद्यार्थीको पढ्ने चाहना र रुचीलाई यस स्कुलले पुरा गर्दै आएको छ । सुगम नगर धरान उपमहानगर भित्र रहेर पनि ग्रामीण भेगमा रहेका अभिभावक र विद्यार्थीले बर्षौदेखि अंग्रेजी माध्यम र गुणस्तरीय शिक्षा प्रदान गर्ने एकमात्र सेवाप्रदायक स्कुल पनि हो  । वि.सं २०४८ सालमा स्थापना भएर अंग्रेजी माध्यमबाट पढ्न सिकाउने शिक्षा सन्देशले हजारौ विद्यार्थीको भविष्य उज्वल

    • प्रकाशित मितिः साउन १३, २०८१
    • १,६८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश सांसदको पहलमा सात करोड ३० लाख बजेटको आयोजना,सांसदद्धारा अनुगमन

    धरान/ कोशी प्रदेश सरकारको बजेटद्धारा धरानमा कुल ७ करोड ३० लाखको धरान खानेपानी आयोजना थपिएर आगामी पौष महिनादेखि उक्त आयोजनाको खानेपानी सञ्चालनमा आउने भएको छ । चार महिना अघि धरानको खानेपानी समस्यालाई थप सहयोग पुर्याउने उद्धेश्यले शुरु गरिएको धरान खानेपानीको डिप बोरिङ अन्र्तगत ड्रिलिङको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको खानेपानी सिचाई तथा उर्जा मन्त्रालय अन्र्तगतको बजेटबाट धरानको तीन स्थानमा बोरिङका लागि ड्रिलिङको काम अन्तिम चरण पुगेको हो । अन्तिम चरणको काम अन्र्तगत हाल धरान १७ को कुम्भीआहालदेखि दक्षिण तर्फको ड्रिलिङको काम भइरहेको छ ।यसअघि सेउतीखोला पुर्व दक्षिण तर्फ र सेउती पुलक

    • प्रकाशित मितिः साउन १२, २०८१
    • १,७९३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर विरुद्ध राजनीतिक दलहरु,महसुल खारेज नगरिए आन्दोलन गर्ने चेतावानी(भिडियो सहित)

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानीको महसुल धरान जनताको ढाड सेक्ने गरी बृद्धि गरेको भन्दै यहाँका राजनीतिक दलहरुले आज(शुक्रबार ) धरान खानेपानी बोर्डमा ज्ञापन पत्र बुझाउँदै उक्त बृद्धि गरिएको महशुल तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावानी दिएका छन् । मेयर राई धरान खानेपानी बोर्डको अध्यक्ष समेत रहेकाले दलहरुले ७२ घण्टे अल्टिमेटम दिदैं उक्त बृद्धि गरिएको महसुल खोरज नगरे कडा आन्दोलन गर्ने चेतावानी दिएका हुन् । शुल्क खारेज गर्न धरानका १० वटा राजनीतिक दलले माग गरेको हो । दलहरुले छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डको कार्यालय पुगेर बोर्डको निर्देशक राजु पोख्रेलला

    • प्रकाशित मितिः साउन ११, २०८१
    • १,२५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सौर्य एयरको विमान दुर्घटना मृतकका परिवारद्धारा क्षतिपुर्तीको माग

    काठमाण्डौ/ विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा आफन्तको शवको पर्खाइमा बसेका उनीहरूले एयरलाइन्सका प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन् । मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षा लगायतको व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उनीहरूको माग छ । बिहीबारसम्म एयरलाइन्स कम्पनीबाट कोही पनि भेट्न नआएको भन्दै आक्रोश पोखेका थिए । बिहीबार दिउँसो शिक्षण अस्पताल पुगेका सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनालसँग परिवारले यस्ता माग अघि सारेका हुन् । खनालले परिवारलाई क्षतिपूर्ति बिमामार्फत गर्न एयरलाइन्सले प्रक्रिया अघि बढाएको जवाफ द

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ६२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेङ्गीका बिरामीको भुईंमै उपचार

    संखुुवासभा/ संखुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेंगुका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेंगुका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता भाइरल ज्वरो र डेंगुका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनले भने, ‘शय्या नहुँदा अहिले बिरामीलाई भुइँमा राखेर उपचार गरिरहेको छौँ।’ जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्व

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ६२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वी.पी प्रतिष्ठानका कर्मचारी र शिक्षकको बढुवा

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि रोकिएको कर्मचारी तथा शिक्षक बढुवाको नतिजा प्रतिष्ठानले प्रकाशित गरेको छ ।   प्रतिष्ठानमा कार्यरत कर्मचारी तर्फ १४ वर्ष तथा शिक्षक तर्फ ६ वर्ष देखि थाँती रहेको बढुवा प्रकृयाले हाल निकास पाई नतिजा प्रकाशित गरेको हो । प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको फायल मूल्यांकन तथा अन्तर्वार्ता प्रकृयाबाट आन्तरिक एक तह बढुवाको नतिजा मिति २०८१ आषाढ २७ गते प्रकाशित भएको हो । उक्त प्रकृयाका लागि २०७९ पौष २० गते शिक्षक तथा कर्मचारीहरुको एक तह बढुवा तथा स्तर वृद्धी र २०७९ माघ २५ गते करार सेवामा पदपूर्ति गर्न प्रतिष्

    • प्रकाशित मितिः साउन १०, २०८१
    • ७४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउने तालिमको उद्घाटन

    इटहरी  /लायन्स क्लब अफ मनकामना र लियो क्लब अफ मनकामना इटहरीको संयुक्त आयोजनामा भएको तालिमलाई   इटहरी वडा न.४ कार्यालय हलेसी महादेव मिडिया प्रा.ली ईटहरीको  सम्योजनमा सुनसरीको ईटहरी उपमहानगरपालिका वडा न.४का मा महिलाहरुको लागि कृष्टल माला पोते तालिम मार्फत स्वरोजगार र आर्थिक आत्मनिर्भर बनाउने ५ दिने तालिमको उद्घाटन गरेको छ   साउन १० गते देखि सुरु भएको तालिमको प्रशिक्षकको रुपमा रेनुका गुरागाई  रहेका छन् । ५० जनालाई प्रशिक्षण दिने योजना रहेको तालिमको प्रशिक्षक गुरागाईले जानकारी दिइन् । इटहरी वडा न.४का  ५०जना महिलाहरुको समुहलाई

    • प्रकाशित मितिः साउन १०, २०८१
    • ४९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकार पीबी दियालीलाई धरानबाट आर्थिक सहयोगप्रदान

    धरान/ पत्रकार पीबी दियालीको बचाउ अभियानको लागि धरानमा पनि आर्थिक सहयोग संकलन गरिएको छ। जेठ २२ गते मंगलबार वीर अस्पताल काठमाडौँमा मिर्गौला प्रत्यारोपण गरेपनि स्वास्थ्यमा थप जटिल भएकाले थप उपचारको लागि धरनमा पनि आर्थिक संकलन गरिएको हो। धरानमा नेपाल सुनचाँदी कला व्यवसायीका केन्द्रिय सचिव प्रेम लकान्द्री, नेपाली काँग्रेस क्षेत्र नम्बर १(१) तर्फका केन्द्रीय  सचिव युवराज शंकर र छत्र दर्नालको नेतृत्वमा संकलन गरिएको जम्मा २२ हजार १ सय ३५ रुपैयाँ दियालीकी भान्जी लिला घिमिरेलाई हस्तान्तरण गरिएको ५। अस्पतालमा दैनिक औषधी उपचार १५ हजार भन्दा बढी खर्च हुने गरेको भान्जी घिमिरेले बताइन् । उनले भ

    • प्रकाशित मितिः साउन १०, २०८१
    • १,०६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेह्रथुममा मगरहरु नौमती बाजा संरक्षणमा जुटे

    धरान/ कुनै बेला विवाह ब्रतबन्ध जस्ता सास्कृतिक पर्वमा नौमति बाजा अर्थात पञ्चे बाजा अनिवार्य थियो । दमै बाजाको रुपमा चिनिएको यो बाजा नबजाई विवाह र ब्रतबन्ध भएजस्तो गाउँ समाजमा हुदैनथ्यो । विशेष गरी पहाडी जिल्लामा विवाह गर्दा रातिको लगनमा गर्ने चलन थियो । बाजागाजासहित गएका जन्तिहरु त्यही पञ्चेबाजामा नाचगान गरेर रात कटाउँथे र विहान बेहुली अन्माएपछि बाजागाजासहित र फर्किन्थे । अहिले त्यो परम्परा हराउँदै गएको छ भने रातिको लगनमा विवाह नै हुन छाडेको छ भने विवाहमा बेण्डबाजा तथा हिन्दी गीत बजाउने र त्यसमा नाच्ने प्रचलन बढ्दै गएको छ । परम्परागत सँस्कृतिलाई मर्न दिनु हुदैन भन्ने सोच राखेर तेह्रथुम

    • प्रकाशित मितिः साउन १०, २०८१
    • ७६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशी उच्चबाँधको नाम फेर्ने तयारी

    विराटनगर/ सप्तकोशी उच्च बाँधको नाम फेर्ने तयारी गरिएको छ । उच्च बाँधको उचाई घटाउने सहमति समेत नेपाल र भारतका सरकारले गरेका छन् । उच्चबाँधको नाममा डीपीआर बनाउँदा स्थानीयको विरोधका कारण काम अगाडि बढाउन नसकेपछि दुवै सरकारले आयोजनाको नाम नै फेर्ने कसरत गरेका हुन् । ‘उच्चबाँध’ भन्नेबित्तिकै स्थानीयको मनमा त्रास पैदा हुने र राजनीतिक चलखेल बढ्ने भन्दै परियोजनाको नाम नै फेर्ने सहमति भएको बुझिएको छ । नेपाल–भारत ज्वाइन्ट टीम एक्सपर्ट (जेटीई) ले सप्तकोशी उच्च बाँधको नाम फेर्न सहमति जनाए पनि दुई देशले औपचारिक निर्णय गरिसकेका छैनन् । यो आयोजनाको डीपीआर निर्माणको लागत भारत सरकारले

    • प्रकाशित मितिः साउन १०, २०८१
    • ९९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved