धरान/ राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरीको जिल्ला अध्यक्षमा विनोद बिक चयन भएका छन् । सङ्घको दोस्रो अधिवेशनले अध्यक्षमा विश्वकमाको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्ष प्रतीक्षा बिसंखे, सचिवमा भूमिका रसाईली, सहसचिवमा अशोक बिक र कोषाध्यक्ष विवश लामगादे चयन भएका छन् । सदस्यहरू नवीन सेन्चुरी, विनोद रसाईली, राजु दर्नाल र मनीषा लोहार छन् । राष्ट्रिय दलित पत्रकार सङ्घका केन्द्रीय सदस्य तारा लामगादे प्रमुख अतिथि रहेको अधिवेशन सभापतित्व कार्यवाहक अध्यक्ष नवीन रम्तेलले गरेका थिए । सङ्घका कोशी प्रदेश अध्यक्ष नैन रुचाल, प्रेस सेन्टरका महासचिव राजन के
धरान/ सुनसरी उधोग बाणिज्य संघको ६१ औ स्थापना दिवशको अवसरमा धरानमा महिला उधमीहरुको महिला उद्यमी प्रदर्शनी मेला हुने भएको छ ।महिलाहरुको उद्यमशीलतालाई प्रोत्साहन गर्नको लागि मेला यही भदौ १३ गतेदेखि धरानमा हुने भएको हो । उक्त मेला १३ गतेदेखि १५ गते सम्म हुने भएको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मेलामा स्थानिय उत्पादनलाई प्राथमिकता दिने आयोजकले बताएको छ । ४५ वटा स्टल सहित प्रदर्शनी मेलामा घरेलु उत्पादनका बस्तुहरु, कृषिजन्य बस्तुहरु, गरगहना, सन्दर्य सामाग्रीलागायत बस्तुहरु प्रदर्शनिमा राखिने संघका सचिब महेन्द्र प्रधानको भनाई छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श
धरान/ पछिल्लो समय युवा पुस्ता समेत धार्मिक आस्थाप्रति आकर्षित बन्न थालेको पाइएको छ । कृष्ण अष्टमीका दिन बृद्धबृद्धामात्र हैन युवा पुस्ताको कृष्णप्रतिको भक्तिलाई समर्पित भएर भजन किर्तनसहित पूजाआजामा संलग्न भएको पाइएसँगै धार्मिक आस्थामा युवा पुस्ता आकर्षित भएको पाइएको हो । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी,श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौँ अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । यस पर्वको दिन धरान ३ मा रहेको कृष्ण मन्दिर तथा धरान १६ मा रहेको इस्कोन (कृष्ण)
धरान/ इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको दुई वटा मोटरसाईकलसहित ६ जनालाई पक्राउ गरेको छ । भाद्र ३ गते धरान उप–महानगरपालिका–१७ रेल्वे चोकबाट मोटरसाईकलको चोरी भएको जानकारी पाएपछी खोजतलाशमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४४ प ५९४२ नं.को केटीएम डुके र बा १४ च ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका–१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका–१ का २० बर्षीय मो.सर्फराज इराकी, राजविराज नगरपालिका–२ का २४ बर्षीय लालु भन्ने मो.रहमान रहेको सुनसरीका
धरान/ संघीय लिम्बुवान महिला मंच सुनसरीको अधिवेशन सम्पन्न भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनले ,पबित्रा लिम्बु हुक्पाचोङ्बाङ्ग(साम्सेमी) नेतृत्वमा नयाँ कमिटी गठन भएको छ । उपाध्यक्षहरुमा राम कुमारी लिम्बु (हाङ्सामा), प्रमिला येङ्देन(साम्यो),निर्मला सोहाङ्ग (सुकुदिन),मन माया लिम्बु (सेमाङ्ग),,सुरेखा लिम्बु (निमा),सचिवहरु सरिता लिम्बु (साम्याङ्ग),राधा लिम्बु (सुम्मुन्धुम),सह सचिव ,सुश्मा लिम्बू (सान्चा) र कोषाध्यक्षमा पबित्रा कन्दवा (फुन्मा)लाई चयन गरिएको छ । सदस्यहरु २४ जना रहेका छन् ।उक्तं अधिबे
धरान/ हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाँचगान गरेर धुमधामसँग तीज मनाउँछन् । पछिल्लो समय यो तीज पर्व सबै जातजातिका महिलाहरुको साझा पर्व बन्दै गएको छ । साझा पर्व बन्दै गएकै कारण स्थानीय सरकारले समेत महिलालाई लक्षित गरी वडामा रहेका महिलालाई भेला गराई तीज पर्व मनाउन थालेको छ । नेपालका सांस्कृतिक पर्व वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालयपुत्री पार्वतीको प्रसगसँग जोडिन्छ । अहिले तीज आउन बाँकी छँदै विभिन्न सामाजिक संघ संस्था, म
धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिका राजारानीकोे पुण्य उच्च मा.बि.मा अध्ययनरत +२ का बिद्यार्थीहरुले बिभिन्न रोवट तथा यान्त्रिक सामाग्रीहरु बनाएर प्रदर्शन गरेका छन् । कक्षा १२ को बिभिन्न संकायमा अध्ययनरत पुण्य क्रियटिभिटी हब कम्युनिटीका सात जना बिद्यार्थीहरु र तीन जना प्रशिक्षकहरुको एक महिने प्रयासमा उक्त सामाग्रीहरु निर्माण गरिएको हो । बिद्यार्थीहरुले हातले नछोई सेन्सरबाट बिर्को उघ्रने डस्वीन र ब्लुतुथ प्रणालीबाट चल्ने रिमोट कन्ट्रोल कार,अफ्ट्रयाकल अभोईडिङ्ग कार बनाएका छन् । यस सामाग्रीहरु आगामी दिनमा आम मानिसको जनजीवनमा प्रयोग हुने घरायसी सामाग्री निर्माण गर्नका लागि आधारशिलाका लागि बना
धरान/ कोरोना कालमा स्वर्गबास भएका मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा विगत २ बर्ष देखि हुदै आएको बास्केटबल प्रतियोगिताको तेश्रो संस्करण यो बर्ष यहीँ भदौ २७ गतेदेखि धरानमा हुने भएको छ । आईतबार धरान १८ स्थित रहेको डिपो मावि धरानले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । “ मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङग कप” भनेर विगत तीन बर्षदेखि निरन्तर हुदै आएको छ । प्रतियोगिता भदौ २७ गतेबाट ३१ गते सम्म हुने डिपो माविका प्रध्यानाध्यापक राजकुमार राईले बतएका छन् । तेश्रो संस्करणको रुपमा आयोजना गरिएको प्रतियोगितालाई कोशी प्रदेश भरिका बिद्यालयलाई स
झापा/ झापामा एक जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा ७ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई अलगअलग स्थानमा पुर्याएर एकैरात ७ जनाले सामूहिक बलात्कार गरेका हुन् । पीडित परिवारका अनुसार पिडकमध्येका दुई जनाले शुक्रबार अपराह्न ती बालिकालाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटेलमा पुर्याएर सामूहिक बलात्कार गरेका थिए । एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार १६ वर्षीया बालिका शुक्रबार राति बलात्कृत भएकी हुन् । सुरुमा हटिया लाग्ने स्थानको
धरान/ धनकुटा र सुनसरीको संगम स्थल साँगुरीगढी गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएपछि गाउँपालिकाले पदमार्ग सञ्चालनको अवधारणा अगाडि सारेको छ । गर्मी समयमा तराई लगायत भारतबाट समेत शितलताको लागि पर्यटक आउने क्रम बढेपछि गाउँपालिकाले पदमार्गको पहिचान गरी त्यसको विकास गर्ने भएको हो । नेपालमा ७४४ स्थानीय तह लागू हुँदा धनकुटा जिल्लामा साविकका बुढी मोरङ, खुवाफोक, फाक्सिव,डाँडाबजार, महाभारत, भेडेटार, र आहाले गाउँ विकास समितिहरूलाई समेटेर साँगुरीगढी गाउँपालिका बनाइएको हो । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । साँगुरी गढी पर्यटकीय गन्तव्यका लागि कोशी प्रदेशकै मनोरम स्थानको र