धरान/ धरान १४ निवासी प्रेम प्रसाद पराजुली अहिले जीवन र मरणको दोषाधमा रहेका छन् । उनको दुवै मृगौलाले काम गर्दैन। उनी अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डाइलसिस गर्दै आइरहेका छन् । मृगौला प्रत्यारोण गर्नु नै अन्तिम उपाय भएको चिकित्सकहरुले सुझाएका छन् । उनले प्रयास पनि गरे तर घर परिवारको मृगौला फेर्न मिल्ने भएन । उनको श्रीमतीले मृगौला दिने भनेर भनिएपनि श्रीमती नै ५ वर्षदेखि घरको छतबाट एक्कासी लडेर कम्मर मुनिको भाग नचलल्ने अवस्थामा ओछ्यानमा थलिएकी छिन् । त्यस्तो अवस्यामा प्रेमका लागि श्रीमतीको मृगालौ हालेर उपचार गर्न मनले मानेको छैन् । पराजुलीले आफ्नो आफन्त परिवा
खोटाङ/ खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका हुन् । २५ वर्षअघि सुरु भएको पहिरो निरन्तर माथिल्लो भेगमा सर्दै गएपछि त्यसभन्दा माथि पर्ने चेकेथुम गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दा दिनरात त्रासमा बस्नुपरेको बराहपोखरी –२ वडाध्यक्ष पदम मगरले जानकारी दिए । ‘चेकेथुमभन्दा मुनिका क्षेत्रमा प्रायः हरेक वर्षको भदौ र असोजमा पहिरो खस्ने गरेको छ । पहिरोभन्दा माथि पर्ने गाउँमा ६१ घर स्थानीय बासिन्दाको बसोब
धरान/ सर्वसाधारण सचेत हुदै गएका कारण पछिल्लो समय पशुपंक्षी बलीलाई छोड्दै गएको पाइएको छ । आफ्नो भाकल पूरा गर्न दन्तकाली मन्दिरमा आएकाहरुले सर्वसाधारण बली चढाउने भन्दा परेवा उडाउने र नरिवल फुटाउने काम बढ्दै गएको पाइएको हो । धरान १४ विजयपुरमा रहेको नेपालकै एक शक्तिपीठमध्ये दन्तकाली शक्तिपीठमा भाकल पूरा गर्ने सर्वसाधारणको दैनिकजसो उल्लेख्य उपस्थिति रहने गरेको छ । अन्यबेला समेत भीडभाड रहीरहने यो मन्दिरमा नेपालीहरुको महान चाड दशैको नौरथाको समयमा अत्याधिक भीड बढ्ने गरेको छ । आफूले मागेको कुरा पूरा होस् यो मागेको कुरा पूरा भएपछि भाकल बुझाउन नेपालकामात्र हैन भारर्त बाट समेत सर्वसाधारण यस मन्दि
धरान । महिला उद्यमीलाई प्रवद्र्धन गर्नका लागि कोशी प्रदेश सरकार सकारात्मक भएको कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले बताएकी छन् । राईले सुनसरी उद्योग वाणिज्य संंघको ६१ औ स्थापना दिवसको अवसरमा आयोजित तीनदिने महिला उद्यमी पदर्शनीको अवसरमा यस्तो बताएकी हुन । उनले महिलालाई लक्षित गरी आयोजना गरिएको महिला उद्यमी प्रदर्शनी मेलाले महिलालाई व्यवसायिकीकरण गर्दै महिला आफ्नै आत्मनिर्भर बन्न सहयोग पुग्ने वातावरण तयार हुने भन्दै मेला आयोजना गरेकोमा संघलाई धन्यवाद दिइन् । उनले कोशी प्रदेशमा धेरै पर्यटकीय स्थलहरु भएको बताउदै महिलाहरुलाई पनि पर्यटकको रोजाई अनुसारको सामाग्री तया पारेर त्यही किसिमको उत्पादन
सुनसरी/ नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञान विक्रम शाह जंगली बँदेल सहित सप्तरीमा पक्राउ परेका छन् । इटहरी निवासी शाह र बहालवाला सई सहित १० जनालाई सप्तकोशी नदी किनार क्षेत्रबाट बुधबार मध्यराती मधेस प्रदेश प्रहरीले पक्राउ गरेको हो । वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न पूर्वडीआईजी र बहालवाला प्रहरीलाई पक्राउ गरिएको जनाइएको छ । बहालवाला सइ विराटनगर महानगरपालिका–३ का ४४ वर्षीय सञ्जय न्यौपाने लगायत १० जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ । स्रोतका अनुसार उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीको भारदह क्षेत्रबाट पक्राउ गरिएको थियो । पक्राउ परेकाहरूले प्वाइ
धरान । धरान स्थित मितेरी डेभलपमेन्ट बैकका कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीको अर्धाङ्गिनी कोपिल वस्तीको आज असामयिक निधन भएको छ ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दिउँसो १ बजे निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनी विगत तीन बर्षदेखि विरामी भई उपचाररत रहेकी थिइन् ।स्व.वस्तीको जन्म वि.स. २०३५ साल साउन १८ गते भएको थियो । उनको पार्थीब शरीरलाई विहीबार विहान ८ वजे निज निवास मोरंगको सलकपुरबाट इटहरी स्थित बुढिगंगा मुक्तिघाटमा गरिने सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले बताए । सिईओ वस्ती संघको वरिष्ठ सल्लाहकार समेत हुन् । वस्
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकलाई केन्द्रित गरेर राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य र नेपाल सरकारले राष्ट्रिय परिचय पत्र नम्बरलाई अनिवार्य गर्न थालेपछि नगरपालिकाले जेष्ठ नागरिक, शारिरिक असक्ता र अपाङगता भएका नागरिकसंगै नगरवासिहरुलाई राष्ट्रिय परिचय पत्र बिवरण अनलाइन भर्ने र नम्बर बितरण गर्ने सिबिर सञ्चालन गरेको हो । नगरपालिकाले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण बिभाग र जिल्ला प्रशासन कार्यालय सुनसरीसंग समन्वय गरेर गएको असार १६ गतेदेखि शिबिर सञ्चालन ल्याए
बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सयजनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएको समाचार प्रकाशमा आएको छ । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष ०८०/०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ नेपाली श्रमिकले ज्यान गुमाएको जनाएको छ । यो सङ्ख्या अझै बढ्न सक्छ किनभने यो तथ्याङ्क स्वीकृति लिएर गएका श्रमिकहरूको मात्रै हो । स्वीकृति नलिई गैरकानुनी बाटोबाट कति श्रमिक वैदेशिक रोजगारमा गरए र तीमध्ये कतिजनाको मृत्यु भयो भन्ने तथ्याङ्क कतै उपलब्ध छैन । बोर्डले जनाएअनुसार आर्थिक वर्ष ०८०/०८१ मा सबैभन्दा धेरै विभिन्न रोगका कारण श्रमिकको ज्यान गएको छ । वैदेशिक रोजगारमा रहँदा ज्यान गुमाउने नागरिकहरू
धरान/ धरानमा छुरा प्रहार भएको २४ घण्टा वित्न नपाउँदै सुनसरीको इटहरीमा चार जना युवाहरुले एक युवकलाई लखेटी लखेटी खुकुरी प्रहार गरेका छन् । बुधबार दिउँसो करिब ४ः४० बजेतिर एक युवकमाथि खुकुरी प्रहार भएको हो ।इटहरीको संगीत चौकबाट चारजना युवकले लखेटी–लखेटी कुवेर चौकमा पुगेर खुकुरी प्रहार भएको हो । इटहरी ६ मा पर्ने उक्त ठाउँमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी रहेका छन् । इटहरी १६ निवासी उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । उनको हात र टाउकोमा चोट लागेपछि उपचार सुरू गरिएको प्रहरीले जनाएको छ ।घटनामा संलग्नहरू फरार रहेकाले ख
धरान/ नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन सक्नुहुनेछ । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप दुई लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ। नाडा अटो श