व्युँतियो निर्मला हत्याकाण्डः नवराज अर्याल पक्राउ,पत्रकार धमलालाई सोधपुछ

  • कार्तिक २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण लामो समयपछि व्युँतिएको छ ।
उक्त घट्ना देखेको दाबी गरेका गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पत्रकार ऋषि धमलालाई सोधपुछ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले टेलिभिजनबाट अर्यालले आफू उक्त घटनाको प्रत्यक्षदर्शी भएको बताएपछि मंगलबार सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो ।

सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र र प्राइम टाइम टेलिभिजनका ‘जनता जान्न चाहन्छन’ का कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको सीआइबीका सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याल दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौं ।’प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तरवार्ता दिँदै उनले आफूले निर्मला पन्तलाई बलात्कार गरिएको प्रत्यक्ष देखेको दाबी गरेका छन् ।

तीनजनाले सामूहिक बलात्कार गरेको र आफूले उनीहरूलाई चिन्ने पनि अर्यालको भनाइ छ । उनको अन्तरवार्ता अहिले भाइरल भइरहेको छ ।

अर्यालले आफू तत्कालीन खानेपानी मन्त्री बिना मगरको गाडी हाँक्दा सो घटना प्रत्यक्ष देखेको दाबी गरेका छन् । कञ्चनपुरमा भएको बेला झण्डाबाल गाडी लिएर हिँड्दा प्रत्यक्ष देखे पनि वास्ता नगरेको उनको भनाइ छ ।

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved