धरान/ धरान उपमहानगरपालिका वडा नं.८ तीनकुनेमा रहेको विश्वकर्मा मन्दिरमा आउने भक्तजनको सुविधालाई मध्यनजर गरी भौतिक संरचनाहरु थप गरिएका छन् । कोशी प्रदेश सरकार र मन्दिरबाट उठेको भेटी संकलन वापतको कुल रकम ३६ लाख ३६ हजारमा मन्दिरको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र गौशाला निर्माण गरिएको हो । बाबा विश्वकर्मा मन्दिर व्यवस्थपन समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार कोशी प्रदेशको १५ लाख अनुदान मन्दिर व्यवस्समितिबाट ११ लाख ३६ हजार रुपैयाबाट अगाडिपटिको गेट, कम्पाउन्ड वाल, मन्दिरको हिटी र मन्दिरको पछाडिपट्टि गौशाला निर्माण गरिएको हो । समय समयमा मन्दिरको विषयमा विवाद चुलिदा मन्दिरको व्यवस्थानमा भ
धरान ।बरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले पुरस्कार बापत रकम मृगौला पीडित इटहरीका बरिष्ठ पत्रकार पिबी दियालीलाई प्रदान गर्ने भएका छन् । ‘देवेन्द गौतम पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका श्रेष्ठले पुरस्कार बापत प्राप्त रकम दियालीको उपचारका लागि समर्पित गर्ने भएका हु्न् । वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको सो पत्रकारिता पुरस्कार यस वर्ष शम्भु श्रेष्ठलाई प्रदान गरिएको हो । बुधवार भक्तपुरको भादगाउँ होटलमा आयोजित कार्यक्रममा एक लाख पुरस्कार राशिबाट सम्मानित भएका श्रेष्ठले सो रकम इटहरी
धरान/ नेपालमा ड्रागन खेतीको भविष्य भए पनि सरकारी स्तरबाट राम्रो सपोर्ट नहुँदा भने सोचेजस्तो उत्पादन गर्न नसकेको कृषकहरु बताउँछन् । उनीहरुले मल, विउ तथा अनुदानको व्यवस्थासँगै प्राविधिक ज्ञान नहुँदा इन्टरनेटबाट हेरेरै भएपनि उत्पादन गर्नुपर्ने बाध्यता रहेको बताउने गरेका छन् । प्राविधिक ज्ञान नभए पनि आफ्नै बलबुतोले आम्दानी भने मनग्गे भएको धरान ५ ठिंगाबारीका कृषक देवी लिम्बु बताउछन् । उनले गत बर्षको भन्दा यस बर्ष यस बर्ढा उत्पादन भएको बताए । उनले विक्री मूल्यमा परिवर्तन भइराख्दा पनि बार्षिक रुपमा १४ देखि १५ लाख रुपैयासम्म आम्दानी हुने बताए ।उनले गत बर्षसम्म प्रतिक्ेजी ५ सय रुपैयासम्म विक्री
काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पु¥याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ ।२०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ । भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने, ०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग बनाई लाग
धरान/ नेपाल सरकारले संविधान दिवस राष्ट्रिय दिवस, २०८१ लाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । देशले इतिहासमै
धरान/ झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ । अदालतले प्रसाईंसहित बागलुङ, बडीगाडका जीवन पाण्डे र धादिङ सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरू विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी
धरान/ एभरेष्ट चिल्ड्रेन होम स्कुल,धरान – ६ का बिद्यार्थीहरुले पढाईकाे अलबा अतिरिक्त क्रियाक्लापहरुमा समेत दख्खल राख्ने गरेका छन् । अतिरिक्त क्रियाक्लापमा नगर र जिल्ला स्तर सम्म विद्यार्थीहरुले उत्कृष्ट स्थान ल्याएर विजयी हुँदै आएका छन् । अतिरिक्त क्रियाक्लापहरुका लागि एभरे्ष्टले विशेष प्राथमिकता समेत दिने गरेकाले पनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो प्रतिभालाई खुलेर प्रस्तुती दिन सक्छन् । गायन,नाटक,नृत्य,हाजिरी जवाफ,खेलकुद,निवन्ध लगायत अन्य विद्याहरु जो विद्यार्थीमा लुलेको प्रतिभा हुने गरेको छ , त्यो प्रतिभालाई स्कुलले प्लेफर्म दिएर उनीहरुको लुकेको प्रतिभालाई
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाको ११ वटै वडामा वहत् सरसफाई कार्यक्रम आयोजना भएको छ । संविधान दिवसको अवसरमा नगरपालिकाले तय गरेको ३ दिवसिय कार्यक्रम अन्तर्गत बुधबार बिहान ११ वटै वडा र नगरपालिकाको कार्यलयमा वहत् सरसफाइ कार्यक्रम आयोजना भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए । नगरपालिकाले असोज २ देखि ४ गते विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने निर्यण गरेको थियो । सोही अनुसार बुधवार बिहान पहिलो कार्यक्रमको रुपमा वडाध्यक्षहरुको संयोजकत्वमा वडाहरुमा वहत् सरसफाई कार्यक्रम आयोजना भएको हो । त्यस्तै बुधवारनै महिला जनप्रतिनिधिहरु र महिला
धरान/ धरानमा चाडपर्व विशेष मेलाको झमेलमा फेरी शुरु भएको छ । दशैं तिहार अर्थात चाडपर्ब लक्षित मेलाको सवालमा यहाँ विवाद हुँदै आएको हो । मेलालाई कसैले आवस्यक भएको भन्छन् भने कोही पक्ष मेलाले विकृति, अशान्ति ल्याउने भन्दै विरोध पनि हुने गरेको छ । मुलत यहाँका राजनीतिक पार्टीहरु र स्थानीय सरकारवीच नै मतान्तर हुने गरेको छ । गएको बर्ष पनि मेला लगाउने विषयमा मतान्तर भएको थियो । जस्का कारण मेला लाग्न सकेन ।दशै र तिहार नजिँकिँदै गर्दा यतिवेला फेरी मेला लगाउने विषयमा मतान्तर सहितको विवाद शुरु भएको छ । धरानका मेयर हर्कराज राईले भदौ २७ गतेको कार्यपालिका बैठकमा ‘सस्तो दशैं बजार’ लगाउने प्
धरान/ छोराछोरीको आनीबानी तथा खानपान सम्बन्धी सम्पूर्ण जानकारी आमाहरुलाई नै थाहा हुने भएकोले पछिल्लो समय भयावह बन्दै गएको लागू औषध प्रयोगकर्ता र कारबारीको संख्या घटाउन आमाहरुद्वारा नै सहज हुने देखेर प्रहरीले आमाहरुलाई प्रशिक्षण दिएको छ । इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिकाको लर्निङ हलमा आयोजित कार्यक्रममा धरानका २० वटै वडाका आमाहरु, जनप्रतिनिधि, महिला जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा उपस्थित आमाहरुलाई इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगु र प्रहरी निरीक्षक दिवस कुवरले प्रशिक्षण दिएका थिए । १३ बर्षकै उमेरदेखि लागू औषध प्रयोग गर्ने ग