धरान एक्सपो–२०८१मा अफरले बढायो किनमेलको उमंग

  • माघ १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान एक्सपो–२०८१ मा ग्राहकहरूको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ। विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भिड लाग्ने गरेको छ।

स्टल संयोजक विष्णु बरालका अनुसार दिउँसोको समयमा किनमेल गर्न आउनेहरूको चाप बढी छ, जसले एक्सपोमा झन् उत्साह थपेको छ। उनका अनुसार अफरहरूको कारणले ग्राहकहरूलाई आकर्षित गर्न सजिलो भएको छ, र यसले एक्सपोको माहोललाई झन् उत्सवमय बनाएको छ।

एक्सपोमा रहेको नेपालकै प्रख्यात ब्रान्ड क्यालिबर सुजको स्टलमा भने विशेष अफरले सबैको ध्यान खिचेको छ। यहाँ एक हजार रुपैयाँदेखी दुई हजार रुपैयासम्म जुत्ता किन्न पाइने अफर छ।

स्टक क्लियरेन्सको उद्देश्यले राखिएको यो अफर सीमित समयका लागि भएकाले ग्राहकहरू उत्साहित छन्। क्यालिबरका प्रतिनिधिले यो अफरले ग्राहकहरूको अपेक्षालाई पुरा गर्दै गुणस्तरीय जुत्ता कम मूल्यमा उपलब्ध गराएको बताए।

सङ्खुवासभाको शुद्ध सख्खरको स्टलमा पनि ग्राहकहरूको उल्लेखनीय चहलपहल देखिन्छ। यहाँ जैविक उत्पादन रुचाउने ग्राहकहरूको उत्साहले स्टललाई व्यस्त बनाएको छ।

त्यस्तै, सुपर जुमको साबुज सरफमा पनि बम्पर अफरको कारणले ग्राहकहरू आकर्षित भएका छन्। स्टलहरूमा उपलब्ध अफर र उत्पादनको गुणस्तरका कारण धेरैले आफ्नो आवश्यकता अनुसार सामान किन्न पाएको अनुभव बाँडेका छन्।

ग्राहकहरूका लागि यो एक्सपो एउटा विशेष अवसर बनेको छ। विभिन्न उत्पादनमा राखिएका अफरहरूले मात्र होइन, स्टलहरूमा प्रदर्शन गरिएका उत्पादनहरूको विविधताले पनि उनीहरूलाई उत्साहित बनाएको छ। बाहिरी बजारभन्दा सस्तो मूल्यमा गुणस्तरीय सामान किन्न पाउँदा ग्राहकहरू अत्यन्तै सन्तुष्ट छन्।

पुष २५ गतेदेखि सुरु भएको यो एक्सपो माघ ५ गतेसम्म चल्नेछ। १४२ वटा स्टलमा नेपाल, भारत, बंगलादेश, र पाकिस्तानका उत्पादनहरू प्रदर्शनमा छन्। आयोजकका अनुसार, यसपटक एक्सपोमा १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न र ग्राहकलाई सबै सेवा तथा सामान एकै ठाउँमा उपलब्ध गराउन यो एक्सपोले महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूले बताएका छन्।

धरान एक्सपोले अफर र मनोरञ्जनको मिश्रणमार्फत ग्राहकहरूको मन जित्न सफल भएको छ। यसले स्थानीय व्यवसायलाई सक्रिय बनाउनुका साथै ग्राहकलाई सुविधा दिने माध्यम बनेर सबैको प्रशंसा कमाइरहेको छ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved