"धरान प्लस टु अरेटरी च्यालेन्ज" पहिलो अडिसनबाट १७ जना प्रतिष्पर्धीहरु सेमिफाईनलमा

  • माघ १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरानले धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको अडिसनबाट १७ जना सेमि फाईनलमा प्रबेश गरेका हुन।

सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.बि.का सृष्टि लुईटेल रहेका छन।

यसैगरी धरान आदर्श बोर्डिङ मा।बि।का राज कट्टेल र आकृति शंकर, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङका देबका कार्की, पब्लिक मा.बि.फुस्रेका खुश्बु शर्मा र बाल कुमार राई,डिपोट सेकेन्डरी स्कुलका यसन राई र अनिशा श्रेष्ठ सेमिफाइनलमा प्रबेश गरेका छन।

अन्य सेमिफाइनलमा प्रबेश गर्नेहरुमा धरान-मेघा हिमालयनका क्याथ्रीन योन्जन,किरातेश्वर मा.बि.का दिपिशा राई, एम्स एकेडेमीका अदिति झा र धरान मा।बि।का स्मृति लिम्बु रहेका छन।

सहभागिहरुले बढ्दो भ्रष्टाचारले देश बिकासमा पार्ने असरू शिर्षकमा बोलेका थिए।बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप(प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति म।बि।का शिक्षक टंक भट्टराई थिए।

धरान उप-महानगरव्यापी अरेटरी च्यालेन्जमा धरानका बिभिन्न बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २३ जना बिद्यार्थीहरुको सहभागिता थियो।

कार्यक्रममा सहिद स्मृति मा।बि।का प्रधानाध्यापक राम बहादुर बिष्ट र रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरबमान श्रेष्ठको उपस्तिथि थियो।कार्यक्रमको सन्चालन आहाना प्रधानले गरिन।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved