स्थानीय

    Showing 2,501-2,510 of 5,053 items.
  • कामतलाई सम्मानसँगै भवन उद्घाटन

    विराटनगर/  विराटनगर महानगरपालिका वडा नम्बर १० ले पुराना कर्मचारीलाई सम्मानसहित नवनिर्मित भवनको उद्घाटन गरेको छ । वडा कार्यालयले लामो समयदेखि कार्यरत कर्मचारी सुनिलकुमार कामतलाई सम्मान गरेको छ । कामतलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र वडाध्यक्ष अर्जुन गिरीले दोसल्ला खादा र माला लगाएर सम्मानपत्र प्रदान गरे थियो । कामत विगत २८ वर्षदेखि सोही वडामा कार्यरत थिए । इमान्दार र कतव्र्यनिष्ठ भएर जनताको सेवामा समर्पित भएका कारण कामतलाई सम्मान गरिएको वडाध्यक्ष गिरीले बताए । त्यस्तै सोही अवसरमा मेयर कोइरालाले ३० लाख रुपैयाँको लागतमा निर्मित वडा कार्यालय भवनको दोस्रो तल

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हाईकिङको १३ सय हाईक पूरा

    धरान/ जय धरान हाईकिङ समुहले आफ्नो १३ सय हाईक पूरा गरेको छ । गत कार्तिक १० गते शनिवार संस्थाले आफ्नो १३ सय हाईक पूरा गरेको हो। “स्वास्थ्यको लागि नियमित दैनिक २ घन्टाको पैदलयात्रा गरौ स्वास्थ्य बनौ“ भन्ने मुल नाराका साथ धरान–१५ स्थित काठे पुलबाट धरान–४ को दानाबारी सम्म नियमित आफ्ना सदस्यहरु साथ हाईक पूरा भएको थियो। धरानको आन्तरिक पर्यटन विकासका निम्ति सुरु गरिएको यस संस्थाले दैनिक हाईकिङ गराउदै आएको छ। हरेक दिन बेलुका ५ बजे देखि ७ बजे सम्म धरानको विभिन्न ठाउँमा पत्रयात्रा गर्दै पुगि सामाजिक संझाल मार्फत प्रचार गर्दै हालसम्म आएको छ। हाईक कै क्रममा संस्थाका अध्यक्ष

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको शनि मन्दिर आफैं संकटमा

    धरान/विगत केही समयदेखि शनि मन्दिर व्यवस्थापन र पूजारी विश्वदेव पोख्रेल (काग बाबा) बीचको विवाद सुल्झिन नसकेको बेला सुनसरी प्रशासनले स्थानीय सरकारसँग समन्वय गरेर सुल्झाउने प्रयास गरेको छ । आइतबार सुनसरी जिल्ला धरान उप–महानगरपालिका बड़ा नं.–८ को सभा हलमा वडा नं ८ का वडा अध्यक्ष धन बहादुर राईको अध्यक्षता श्री माहाङ्काल शनिदेव मन्दिर संचालक समितिका अध्यक्ष राजकुमार निरौला, टिएलओ संयोजक दोर्पध्वज राई,, प्रमुख राजनैतिक दल, सम्बन्धित मन्दिर व्यवस्थापन समितिका सदस्य तथा सम्बन्धित सरोकारवालाहरुको काग बाबाको अनसन तोड्ने् विषयमा छलफल भएको थियो । छलफलमा सुनसरीका प्रजिअ रामचन्द्र तिवारीलाई समेत

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैंपछि धमाधम लागुऔषध कारोबारी पक्राउ

    विराटनगर/ झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ८ गते सुनसरीको बराहक्षेत्र नगरपालिका(२ स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहारका २५ बर्षीय कौशल अली र कोशी गाउँपालिका-५ का २१ बर्षीय अरबाज आलमलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भद्रपुर-८ का २२ बर्षीय सुमित रोय र भद्रपुर-६ का २४ बर्षीय अभियान साहलाई १ ग्राम ३४ मिलिग्राम ब्राउन सुगर सहित र मोरङ कटहरी गाउँपालिका-४ का २० बर्षीय सुसान बस्नेतलाई ७ मिलिग्राम ब्राउन सुगर सहित लागु

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा बर्न अस्पताल तयार

    धरान/ सुनसरी धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘बर्न अस्पताल’ सञ्चालनको तयारी गरिएको छ । सञ्चालन भएर बन्द भएको अस्पताललाई पुनः सञ्चालन गर्ने तयारी भएको बिपीका सहप्रवक्ता डा। अभिजित कुमारले जानकारी दिए । जलेका बिरामीलाई उपचारका लागि छुट्टै सेन्टर सञ्चालनको तयारी अन्तिम चरणमा र्पुयाएको उनले जानकारी दिए । आगलागी वा अन्य कुनै दुर्घटनामा जलेका बिरामीलाई सहज होस तथा उपचार अभावका कारणले अकालमा ज्यान गुमाउन नपरोस उद्देश्यले अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।जलेका बिरामीको उपचारका लागि छुट्टै भवन निर्माण गरेर ३० शैंयाको बर्न से

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • 1,158 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तिहारको भन्दा धानको चिन्ता,किसान धान काट्न व्यस्त (भिडियो सहित)

    धरान/ धानखेती गरेका किसानहरुलाई तिहार निजिकिँदै गर्दा आफुले खेतमा लगाएको धानखेतको चिन्ता रहेको छ ।  आकास धमिलो भएर आउँदा किसानहरुको मन भने अमिलो हुने गर्दछ । किन की बर्ष दिनभरी माना खाएर मुरी उव्जाउनको लागि गरेको परिश्रम आकासेपानीका कारण बर्बाद होला की भनेर हिन्दुधमालम्बीको दोश्रो महान चाड तिहार अर्थात दिपावाली नजिँकै आएपनि तिहारको भन्दा धानखेतको चिन्ता र पाकेको धान कसरी बर्षातबाट जोगाउने भन्ने पिरलो रहेको छ । धरान ६ पानबारीका महेन्द्र पौडेल स परिवार नै विहानैदेखि खेतमा जान्छन् र धानको बोट काट्छन् । उनको लगभग डेढ विघा खेत रहेको छ । खेतमा फलेको धानबाटै वर्षदिनभरीको लागि अन्नजोहो ह

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हराउँदै रोटेपिङ,लिङ्गे पिङ,प्रविधीमा रमाउँदै

    धरान/  नेपालीहरुको महान चाड दशै सकिएको छ भने तिहार नजिकै आउँदैछ । दशैका समयमा विगतमा मनोरञ्जनको साधनमा रोटेपिङ, लिङ्गे पिङ हुने गर्दथ्यो । तर प्रविधिको विकाससँगै चाडपर्व मनाउनै तौरतरिकामा फरकता आएको छ । पिङ तथा लिंगे पिङ खेल्ने भन्दा पनि प्रविधिको विकाससँगै टिकटक बनाएर मनोरञ्जन गर्ने प्रचलन बढेर गएको हो । ,विगतमा प्रविधिको विकास नहुदा मनोरञ्जनको साधनको रुपमा गाउँघरमा हुने नाचगान, साँस्कृतिक चाडपर्व, लोकदोहोरी, पूजाआजामा भजन किर्तन, संगीत लगायतका हुन्थे । समय परिवर्तनसँगै प्रविधिको विकासले मनोरञ्जनको तौरतरिकामा परिवर्तन ल्याएको छ । अहिलेका पुस्ताका लागि मनोरञ्जन टिकटक, सामाजिक सञ्

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बाँदरले नै आक्रमण गर्न थाल्यो

    धरान/ धरानमा बादर आतंंक चरम उत्कर्षमा पुगेको छ । बादरले सर्वसाधारणलाई दुःख दिने मात्र हैन आक्रमण समेत गरेर घाइते बनाएपछि धरानबासी अहिले बादरबाट त्रसित छन् । बाँदरको समस्याको धरानका केही वडाका स्थानीयहरु बसाइसर्ने मनसायमा समेत पुगिसकेका छन् । धरान १ की गंगा राईलाई केही समय अगाडि बाँदरले आक्रमण गरेर घाइते बनायो । भान्सामा खाना पकाउदै गरेको अवस्थामा घरको झ्यालबाट छिरेर उनीँमाथि आक्रमणसँगै ढाडमा टोक्यो । विगतमा भान्सामा आउने, पकाएको भात खाइदिने, सुकाएको लुगा फालिदिने समस्या त धेरै थियो तर आक्रमण नै चाहिँ गरेको थिएन । तर भान्सामा भात पकाउदै गरेको अवस्थामा आक्रमण गरेपछि अहिले पनि उनी भान्साम

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्कुललाई ६ लाख ५१ हजार दिने दानबीर नरनाथ–नेत्रकुमारी

    धरान/  नेपाल सरकारको उद्योग  वाणिज्य तथा आपूर्ति पूर्व सचिव तथा बर्तमान बेलायतका लागि नेपाली राजदुत चन्द्र  घिमिरेका माता पिताले धरान १२ स्थित पब्लिक हाईस्कुललाई ६ लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । घिमिरेका माता पिता धरान–१० मुनाल चौक निवासी नरनाथ घिमिरे र नेत्रकुमारी घिमिरेले छात्रवृत्ति अक्षयकोषका लागि ६ लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् । उक्त अक्षयकोषद्धारा गरिब जेहेन्दार विद्यार्थीका लागि हरेक वर्ष छात्रबृति प्रदान गरिने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि कार्कीले कोशी पत्रलाई बताए।उनले भने,‘यो अक्षयकोष स्कुललाई दानबीर घिमिरे परिवार

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 815 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सार्वजनिक स्थान र फुटपाथमा फोहोर फ्यालेपछि....

    धरान/ व्यक्तिको निजी जग्गा र फुटपाथमा फोहोर फ्याँलिरहेको अवस्थामा विराटनगर महानगरपालिकाको टोलीले ठेलासहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । विराटनगर–११ नयाँगुद्री दक्षिणस्थित सडक छेउको खाली जमिन र फुटपाथमा ठेलामा ल्याएको फोहोर फ्यालिरहेको अवस्थामा महानगरको सरसफाई शाखा र नगर प्रहरीको टोलीले विराटनगर–६ का मनोज सहनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । सहनी नयाँगद्रीमा फलफूल व्यवसाय सञ्चालन गर्दै आएका छन् । ठेला चालकलाई भने सम्झाएर छाडिदिएको सरसफाई शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए । वडा सदस्य बलराम कारञ्जितले दिएको सूचनाका आधारमा महानगरको टोली

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved