स्थानीय

    Showing 2,391-2,400 of 5,053 items.
  • अनलाइनमै ५५ करोडको जुवा खेल,पाँचथरका सुनिल पक्राउ

    काठमाडौं ।पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनिल राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । उनलाई अनलाइनमा ५५ करोड बराबरको जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा एक युवक पक्राउ गरेको हो । उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ । विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इसेवा वालेट खोलेर समेत उनले अवैध कारोबार गर्दै आएका थिए । उनको मोबाइलमा बाइनान्स एप समेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीबाट ११ वटा नागरिकता, १५ वटा राहदानी र मो

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • 821 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देउसीको दक्षिणा मृगौला पीडित पत्रकार दियालीलाई सहयोग

    धरान । नेपाल फोटो पत्रकार महासंघ सुनसरीले देउसी खेलेर संकलन गरेको दक्षिणालाई विभिन्न रोगबाट पीडितहरुलाई हस्तान्तरण गरेको छ । यसै क्रममा मृगौला प्रत्यारोपण गरेका इटहरीका अग्रज पत्रकार पीबी दियालीलाई बुधबार १५ हजार सहयोग हस्तान्तरण गरेकोछ । बुधबार धरानमा पत्रकार दियालीकी भान्जी लिला घिमिरेलाई सहयोग हस्तान्तरण गरिएको हो ।नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङ, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई र प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य देवेन्द्र कार्कीले सहयोग हस्तान्तरण गरेका हुन् । मृगौला प्रत्यारोपणपछि पनि समस्या आएपछि दियाली काठमाण्डौंमै निरन्तर फलोअपमा उपचार गराइरहेकाछन् । २

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरिद्धारको बेसार अमेरिका र अस्ट्रेलिया सम्म निर्यात

    चतरा/ एक वर्ष अघि संचालन गरिएको हरिद्वार कृषि सहकारी को बेसार उद्द्योग ले स्थानीय स्तरमा उत्पादन भएको हर्दी नेपाल संगै अमेरिका मा पनि धुलो र गोटा हर्दी निर्यात गरि रहेको छ । काठमाडौ को डिपि एक्स्पोर्ट फूड्स र ट्र हिमालयन फुड प्राइभेट लिमिटेड मार्फत अमेरिकामा गएको १२ महिनाको अवधीमा ४ टन धुलो र २ टन बढी गोटा हर्दी निकासी गरिएको हरिद्वार सहकारी का लेखा संयोजक कृष्ण भण्डारी बताउँछन् । हर्दी को गुण स्तर मा कुनै सम्झौता नगर्ने हरिद्वार को बेसार अमेरिका संगै अस्ट्रेलिया पनि जान थालेको छ । अस्ट्रेलियामा बस्ने नेपाली समुदायले चतराको चिनो र उपहारको रुपमा हर्दी लाने गरेको संयोजक कृष्ण वताए । अहिल

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • 1,326 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रका दुई युवाले च्याउखेतीबाट, कमाउँछन् महिनामै डेढ लाख

    बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्। दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै च्याउखेती गरी राम्रो आम्दानी गरिरहेका छन्। सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए। पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए। उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख सजिलै बचत हुने गरेको छ। हाल उनीहरुले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन्। च्याउ बजारमा थोकमा प्रतिकेजी १७० रूपैयाँमा र फर्ममै

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • 451 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ईपीएस सम्झौताको १७ वर्ष, दक्षिण कोरियामा कामदार नेपाल पहिलो

    राससकाठमाण्डौ – दक्षिण कोरियामा कामदार पठाउनेसम्बन्धी रोजगार अनुमति प्रणाली ९ईपीएस० सम्झौताको १७ वर्ष भएको छ । दक्षिण कोरिया नेपाली युवाका लागि आकर्षक रोजगार गन्तव्य देशका रूपमा रहेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले पनि यो तथ्यलाई पुष्टि गर्छ । सन् २००८ देखि दक्षिण कोरियाले ईपीएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । ईपीएस शुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाको तथ्याङ्कानुसार अहिलेसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा

    • प्रकाशित मितिः मंसिर १२, २०८१
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओछ्यानमा थलिएका क्यान्सर पीडित ठटाललाई आर्थिक सहयोग

    धरान । धरानको भानुचोक बस स्टेण्डमा काम गर्ने मजदुर बुद्ध ठटालको उपचारका लागि २२ हजार सहयोग प्रदान गरिएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्टेण्ड श्रमिक इकाई सदस्य ठटाल मुखको क्यान्सर पीडित हुन् । नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, प्रेस चौतारी नेपाल धरान साथै धरानका केही पत्रकार, समाजसेवीले देउसी उठेको दक्षिणा मध्ये १० हजार र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको समन्वयमा संकलित १२ हजार गरी जम्मा २२ हजार प्रदान गरिएको हो । मंगलबार संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङले पीडित मजदुर ठटा

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • 1,261 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टेम्केमैयुङमा दलित छात्रबृतिको लागि एक लाख बढीको अक्षयकोष

    धरान । भोजपुरको टेम्केमैयुङ ८ गोगनेको श्री विद्येश्वर माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । धरानका लालबहादुर विक÷रेणुका विकले उक्त विद्यालयमा दलित छात्रबृति अक्षयकोष –२०८१ स्थापना गरेका हुन् ।विद्यालयको ८४ औं वार्षिकोत्सवमा मङ्सिर ८ गते विद्यालय पुगेका विकले एक लाख एक हजार एक सय एक रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन। ‘मङ्गल÷शुभद्रा÷लाल ब। विश्वकर्मा दलित छात्रवृत्ति अक्षयकोष–२०८१’ भनेर स्थापना गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घमानसिंह राईलाई अक्षयकोषको रकम हस्तान्तरण गरिएको छ । विद्यालयमा विगत सञ्चालित ‘मङ्गलसिंह

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • 949 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मधुमेह रोग दिनप्रतिदि बढ्दै: खानपिन र जीवन शैली मुख्य कारण–चिकित्सक

    धरान/  अहिले नेपालमा समेत मधुमेह विरामीको संख्यामा बृद्धि हुँदै गएको पाइएको छ । सन्तुलित भोजन र शारीरिक व्यायामको अभावका कारण बृद्धबृद्धामात्र हैन सबै उमेर समूहका विरामीहरुलाई मधुमेह भएको पाइएको हो । धरानमा समेत लायन्स क्लब अफ धरान ग्लोरी र धरान उपमहानगरपालिकाले धरानको भानुचौकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशमा मधुमेह रोगका विरामी भेटिएका छन् । धरानको भानुचौकमा गरिएको निःशुल्क स्वास्थ्यशिविरमा चेकजाँच गर्ने अधिकांशमा मधुमेह रोग पाइएको थियो । लायन्स क्लब अफ धरान ग्लोरी र धरान उपमहानगरपालिकाको संयुक्त आयोजनामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसि

    • प्रकाशित मितिः मंसिर ११, २०८१
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उप निर्वाचनः संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको उम्मेद्धवार घोषणा

    धरान ।आगामी २०८१ साल मंसिर १६ गते हुनगई रहेको स्थानीय उपनिर्वाचनमा,संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको तर्फबाट ३ जिल्लामा उम्मेदवारी दिएको छ । उक्त पार्टी निर्वाचनमा सुनसरी गढी गाउँ पालिकाको उम्मेदवार राजो देवी ऋषि देव,ताप्लेजुङ सिरिजङ्गा ३ सिकैचाका उम्मेदवार राजेन्द्र लिम्बु र झापा कन्काइ ६ का उम्मेदवार दल बहादुर श्रेष्ठ रहेका छन् । उम्मेदवारहरुलाइ, कसरी बिजय गराउने भन्ने बारे,पार्टीको केन्द्रिय अध्यक्ष ,कुमार लिङ्देन(मिराक)को  प्रमुख आतिथ्य ,महासचिव ,सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावती(हाङ्ग)को सभापतिमा भएको  बैठकबाट उम्मेद्धवारको टुंगो गरेको हो । उक्त बैठकलाई सम्बोधन गर्नु हु

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेस कोषाध्यक्षमा उमेश मनोनित,बल्ल पार्टीले पुर्णता पायो

     काठमाडौं । नेपाली कांग्रेस पार्टीले पार्टीका केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गरेको छ । पार्टी सभापति सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई उक्त पदका लागि मनोनित गरेको बताइएको छ । श्रेष्ठलाई कांग्रेस केन्द्रीय पार्टी कार्यालय सचिवालयले कोषाध्यक्षमा मनोनीत गरेको पत्र पठाइसकेको छ । मनोनीत श्रेष्ठले पनि सभापतिले निर्णय गरेको पुष्टि गरेका छन् । उनी पूर्वराज्यमन्त्री समेत हुन् ।गत निर्वाचनमा श्रेष्ठ चितवन(२ मा पराजित भएका थिए ।अपुर्ण रहेको कोषाध्यक्ष पद उमेश श्रेष्ठको मनोनित पछि बल्ल पदाधिकारीले पूर्णता पाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 520 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved