धरान / अदुवाले यस बर्ष उच्च मूल्य पाएको छ । भारतमा अत्याधिक अदुवाको माग बढेसँगै विगतका बर्षहरुको तुलनामा मूल्य अत्याधिक बृद्धि भएको कृषि उपज बजारले जनाएको छ । उच्चतम् मूल्य बृद्धिको सूचिमा यो बर्ष अदुवाले रेकर्ड नै राखेको कृषि उपज बजारले जनाएको छ । मूल्य बढेपछि कृषक र व्यापारी उत्साहित देखिएका छन् । धनकुटाको सागुरीगढी ७ का कृषक पूर्णबहादुर राई अदुवाले यस बर्ष उच्चतम मूल्य पाएकोमा दंग देखिन्थे । उनले आफूले अदुवाको खेति गरेदेखिको अहिलेसम्म यतिको मूल्य कहिल्यै नपाएको बताए । कुनै बेला अदुवाको भाउ नभएर बारीमै कुहाएर राख्नुपर्ने अवस्थासम्म रहेको स्मरण गर्दै उनले विगतमा प्रतिकेजी १५ रुपैयासम
धरान / राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल धरान नगर समितिले पार्टीको प्रथम वार्षिक उत्सवका अवसरमा शुक्रवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । स्थापनाको दिवसको अवसरमा पार्टीले धरानको दन्तकाली,पिण्डेश्वर, र वुढासुव्वा मन्दिर परिसरमा सरसफाई कार्यक्रम आयोजना गरेको हो । पार्टीको वार्षिक उत्सव देशभर मनाउने केन्द्रको निर्देशन अनुसार कार्यक्रमको आयोजना नगर संयोजक राजेशमान श्रेष्ठले जानकारी दिएका छन् । नगर संयोजक श्रेष्ठले दिएको जानकारी अनुसार धरान ११ को कमिटी गठन,दुव्र्यसन विरुद्धको सतकता कार्यक्रम,छाता ऐन विरुद्ध सांकेतिक कार्यक्रम,वृक्षरोपण,१३ नं समिति उद्घाटन गठन, नगर कार्यालय उद्घाटन,दिप प्रज
धरान / धरान स्थित बीपी कोइराला छुट्टै स्वायत्त संस्थाको स्थापना भएपनि तीन दशक पछि यसलाई छाता ऐनमा लाने सरकारी तयारी भएसँगै बीपीका राजनीतिक दल, प्रतिष्ठानका कर्मचारी, शिक्षक लगायत सम्बन्धित पक्ष आन्दोलित बनेका छन् । उनीहरुले संघर्ष समिति गठन गरेर आन्दोलनमा होमिएका हुन । आन्दोलनको निरन्तता स्वरुप शनिबार उनीहरुले बीपी कोइरालाको गेट अगाडिबाट धरानको भानुचौक सम्म मौन जुलुस समेत निकालेका छन् । उक्त जुलुस धरान २ को भानुचौकमा आएर सम्पन्न भएको छ । भारत र नेपालको मैत्रीपूर्ण सहयोगमा २०५० सालमा निर्माण भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले छाता ऐनमा लाने प्रक्रिया अगाडि बढाए सँग
धरान / सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग राख्दै आन्दोलनमा रहेको नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। परिषद्ले शुक्रबार प्रेस विज्ञप्ति मार्फत देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको हो। पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गर्न लागिएको परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए। 'गत जेठ १७ गते पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको आन्दोल
धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाइ छाता ऐन अन्तर्गत राखेको बिरोध जनाउदै धरानेहरु काठमाडौं जाने भएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितीको नेतृत्वमा हजारौं धराने काठमान्डु पुगेर बिरोध जनाउने भएका हुन् । समितिका संयोजक मुक्साहाङ मेन्याङ्बोको अध्यक्षतामा आज प्रतिष्ठानको अडिटोरियम हलमा भएको अन्तरक्रिया कार्यक्रममा ‘मार्च टु काठमान्डु’ अभियान सुरु गरिने बताइएको छ अभियानले सम्बन्धित मन्त्रालय देखि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएको छ । कार्यक्रममा नागरिक दबाव समूहका संयोजक डा। राजेन्द्र शर्माले ‘मार्च टु काठमान्
धरान । धरानको खानेपानी समस्यालाई समाधान गर्न सञ्चालनमा आएको धरान खानेपानी बोर्डमा अहिले विवाद चुलिएको छ । लामोसमयदेखि वैठक नबसेको, आर्थिक पारदर्शिता नभएको विषयमा बोर्डका सदस्यहरुले अदालतमा मुद्धा चलाएपछि बोर्डका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाड र बोर्डका सदस्यबीच विवाद चुलिएको हो । साम्पाङ विरुद्ध जेठ २५ गते सदस्यहरुले मुद्धा दायर गरेका थिए । सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैंक (एडिवी) को ऋण सहयोगमा सञ्चालित खानेपानी परियोजना सम्पन्न भइसकेपछि धरान खानेपानी संस्थान शाखा धरानलाई समाहित गरेर गठन गरिएको धरान खानेपानी बोर्डको वैठक नसकेको, बोर्डमा भएको गतिविधिका विषयम
धरान । राज्यले दिएको दलित समुदायको हक अधिकार स्थानीय तहमा कार्यन्वयनका लागि धरान उपमहानगरपालिकाको वडा नम्बर १६ मा १ दिने क्षमता बिकास कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १६ को लक्षित कार्यक्रम अन्तर्गत बिनियोजित बजेटबाट कार्यक्रम गरिएको हो । श्री बिश्वकर्मा कल्याण सेवा समितिको आयोजनामा क्षमता बिकास कार्यक्रम गरिएको छ । वडाका ४० जना दलित समुदायका बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा दलित समुदायको लागि राज्यले बनाएको नीति तथा कार्यक्रम, विभेद विरुद्धका कानुनहरुको बिषयमा सहजकर्ता बिनोद विश्वकर्माले सहजीकरण गरेका थिए । वडाले बनाउने दलित समुदायको बजेट बिनियोजन गर्
धरान / यो बर्ष सिजनमा पनि टमाटारले मूल्य पाएन । कृषि उपज बजारका अनुसार यो बर्ष होलसेलमै प्रतिकेजी ५ देखि ८ केजीसम्म टमाटरको खरिदविक्री भएको जनाएका छन् । केही दिन अगाडिसम्म प्रतिकेजी ४० रुपैयासम्म विक्री भएको टमाटर शुक्रबारसम्म आइपुग्दा मूल्य घटेर होलसेलमै ८ रुपैया प्रतिकेजीमा कारोबार भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् । व्यवस्थापक भट्टराई भन्छन्–‘टमाटारको मूल्य अहिलेसम्मकै सबैभन्दा कम हो, गत बर्ष समेत प्रतिकेजी ४० रुपैयाँसम्म खरिद विक्री भएको थियो, तर यसपटक प्रतिकेजी ८ रुपैयामा पनि विक्री भएको छैन ।’ मोरङ, सुनसरीसहित पहाडी क्षेत्र धनकुटा,
धरान / धरानको खानेपानी समस्या समाधान गर्न कोशी प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेको छ । बिहिबार आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीले प्रस्तुत गरेको बजेटमा धरान उपमहानगरपालिकाको खानेपानी समस्या तत्कालिन समाधान गर्न वेल निर्माणको लागि ४ करोड बजेट विनियोजन गरेको बताए । खानेपानी, सिचाई तथा उर्जा क्षेत्रको जम्मा ५ अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन भएकोमा धरानमा वेल निर्माणको लागि प्रदेश सरकारले ४ करोड बजेट विनियोजन गरेको हो । कोशी प्रदेश सरकारले खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउन १ अर्ब ७६ करोड ६३ लाख बजेट व्यवस्था गरेको छ ।
धरान / आफ्नो जातीय उत्थानका लागि गठन भएको सुच्चा राई कल्याणकारी समाजले पछिल्लो समय सामाजिक कार्यलाई समेत निरन्तता दिँदै आएको छ । समाजले जातीय उत्थानका लागि मात्र हैन समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने, शैक्षिक क्षेत्रमा सहयोग गर्ने, लगायतका कामलाई निरन्तता दिँदै आएको छ । पछिल्लो समय समाजले धरान उपमहानगरपालिकाको २० नं वडामा रहेको भालढुंगा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले १० थान पंखा दिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार राईले समाजालाई जानकारी गराएपछि सहयोग स्वरुप विद्यालयल