धरान/ समाजमा चोरी, झै–झगडा, साना घरेलु हतियारको प्रयोग, लैंगिक तथा जातीय हिंसा यौन दुव्र्यवहार लगायत समाजमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न टोल टोलमा सुरक्षा समिती गठनको अभियानलाई तिब्रता दिएको छ । युवा पुस्ता लागूपदार्थ दुव्र्यसन जस्ता कुलतमा फस्दै गईरहेको अवस्थामा नेपाल सरकार गृह मन्त्रालय अन्तरर्गतको स्थानीय प्रहरीले समाजमा शान्ति सुरक्षा लागू पदार्थ दुव्र्यसन अपराधजन्य क्रियाकलाप नियन्त्रण तथा न्यूनिकरणका लागि समुदाय स्तरमै सम्पर्क र समन्वय गर्नका लागि टोलमा सुरक्षा समिति गठनको अभियानलाई तिव्रता दिएको हो । गाउँ र नगर, टोल–टोलमा प्रहरी भन्ने नाराका साथ समुदाय प्
धरान/ पश्चिम नेपालको जाजरकोट र रुकुम जिल्लाका भूकम्प पीडितहरुको राहतका लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले बुधबार देखि सुनसरीको धरानमा राहत संकलन अभियान औपचारिक रुपमा सुरु गरेको छ । पार्टी नगर अध्यक्ष हर्कजंग एभेङका अनुसार धरान बजारदेखि राहत संकलन अभियान औपचारिक रुपमा शुरु गरिएको छ । धरानको भानुचौक हुँदै वजारका विभिन्न स्थानमा पुगेर उद्योगी व्यापारी एवम ऐच्छिक सहयोग गर्नेहरुलाई भेटेर आर्थिक रकम संकलन गरिएको हो । आर्थिक रकम संकलनका लागि पार्टीले नगर उपाध्यक्ष पारस काङमाङ राईको सयोजकत्वमा समिति बनाएको छ । अध्यक्ष एभेङले भने, ‘भुकम्पमा परी जनधनको क्षति गुमाएकाहरुको लागि धरा
धरान/ यस बर्ष नेपालमै उत्पादन भएको स्थानीय फूलले तिहारमा प्रसस्त पुग्ने धरानस्थित कृषि बजारले जनाएको छ । तुलानात्मक रुपमा सयपत्री लगायत अन्य फूलहरु स्थानीय स्तरमै प्रसस्त फुलेका कारण भारतबाट आउने आयातित फूल कम भित्रिने कृषि बजारले जनाएको छ । कोशी पहाडी जिल्लाको विभिन्न ठाउँमा यस बर्ष तिहार लक्षित सयपत्री फूल प्रसस्त फुलेको पाइएको छ । यस बर्ष नेपाली फूलले तिहारको माग धान्ने भएकोले भारतबाट आएको आयातित फुलको परिणाम घट्ने कृषि बजारले जनाएको हो । धरानलाई मात्र हेर्ने हो भने पनि उपमहानगरपालिकाले पकेट क्षेत्र मानिएको वडा नं. ४, ५, ६ र २० वडामा यस बर्ष प्रसस्त फूल फुलेको पाइएको छ । विगतका
मोरङ/ त्रिभुवन विश्वविद्यालयद्वाराप्रकाशित बि.बि.एस चौथो वर्षको रिजल्टमा विराटनगर स्थित मेरिल्याण्ड कलेजका छात्र प्रवेश पौडेलले नेपालमै सर्वाधिक अंक ल्याएको दाबी गरेको छ । विद्यालयका अनुसार पौडेलले ८१ दशमलव ६ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको हो । ८४ जना विद्यार्थी सामेल भएकोमा डिस्टीङ्सन अंक ल्याई ८ जना, प्रथम श्रेणी ३८ जना र दोश्रो श्रेणीमा २२ जना उतिर्ण सहित ८१ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । गत वर्ष पनि सिम्रन अग्रवालले विविएस चौथो वर्षको रिजल्टमा ८१ दशमलव २५ अंक ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७६ सा
विराटनगर/ कोशी प्रदेश सभा सदस्यहरुले कोशी प्रदेशमा बजेट कार्यक्रमहरू योजना विहीन अवस्थामा रहेको बताएका छन् । कोशी प्रदेश सभाको शून्य समयमा सांसदले योजना बजेट कार्यक्रमको अनुगमन समेत नभएको बताए । प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले कोशी प्रदेशको योजना तर्जुमा प्रक्रियाको बारेमा असाध्यै कमजोर रहेको उल्लेख गरे । प्रदेशका योजनाहरू अलपत्र छ, योजना छनौट प्रक्रियादेखि नै गल्ती छ, उनले भने, अनुगमन प्रभावकारी भएका छैन । ठेकेदारको मनपरीको कारण काम अलपत्र छ ।’ उनले भूकम्पको कारण ठुलो धनजनको क्षति भएको र घरबार विहीनहरूलाई गाँसबासको व्यवस्था गर्न आग्रह गरे । त्यसै गरि प्रदेश सभा सदस्य गोविन
इलाम/ २०७५ सालमा कालोपत्रे हुँदै गर्दा इलाम नगरपालिका ५ का मनोज लम्सालले यति छिटो यो सडक भत्किन्न छ भन्ने सोचेका थिएनन् । सडक निर्माण हुन थालेको लामो समय पछि कालो पत्रे हुने भन्ने खबरले खुसी भए पनि उनको कालोपत्रेको खुसी पाँच वर्षमा चिन्तामा परिणत भयो । इलाम नगरपालिका ५ बिब्ल्याँटे देखी माई पोखरी जाने सडक कालोपत्रे टुङ्गामा नपुगी पाँच वर्ष अघि बनेको सडक जता ततै भत्किएपछि सडकको अवस्था पुरानै हुने भन्दै चिन्तित देखिन्छन् । उनी भन्छन्, ‘निर्माणको समयमा गुणस्तरीय काम नभएकै कारण यति छिटो सडक भत्किएको हो । यो बाटोको कालोपत्रे चाँप गैरी सम्म पुग्दै गर्दा सडकको सुरुको ठाउँमा भने हिँड्न न
धरान/ बढुवा प्रक्रियाको माग गर्दै आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत चिकित्सकहरु सोमबार देखी नै काममा फर्किएका हुन् । चिकित्सकहरूको आन्दोलनले बिपी प्रतिष्ठानको ओपिडी समेत बन्द भई स्वास्थ्य सेवा प्रायः ठप्प भएको अवस्थामा आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भई उपचार सेवा सुचारु हुने भएको छ । आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरूबिच सहमति भएको पत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा आदान प्रदान भएको हो । रोकिएको बढुवा प्रक्रिया सुरु गर्न २ महिना भि
धरान/ नेपाल प्रहरी श्रीमती संघले धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको मठमन्दिर सरसफाई गरेको छ । सामाजिक कार्यमा संक्रिय संघले देशका विभिन्न ठाउँका मठमन्दिर सरसफाइसँगै धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाइ गरेको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाई गरेको छ । मठमन्दिरमा सरसफाई अभियान नै थालेको संघले दशैको अवसरमा दुर्गा मन्दिर परिषर सरसफाई गरेको थियो भने रामजानकी मन्दिर समेत सरसफाइ गरेको थियो । यसैको निरन्तता स्वस्प धरानको विजयपुरमा रहेको दन्तकाली तथा बुढासुब्बा मन्दिर सरसफाइ गरेको हो । मन्दिरमा जथाभावि जल चढ
धरान/ विगत ८ वर्ष देखि विभिन्न घटनाले गर्दा थलिएको पर्यटन व्यवसाय पुनः चलायमान हुन थालेको छ । अहिले पनि विश्वव्यापी आर्थिक मन्दी भए पनि पर्यटकहरु भ्रमणमा आउन थालेपछि भने आर्थिक गतिविधि चलायमान हुन थालेको हो । धरानमा पर्यटकहरुको आगमनसँगै व्यवसाय पनि फस्टाउन थालेको अनुभव गर्न थालिएको छ । कहिले भुकम्प, कहिले भारतले लगाएको नाकाबन्दी त कहिले कोरोना संक्रमण । यसले सबै क्षेत्रको आर्थिक गतिविधि तहसनहस त भयो नै सबैभन्दा बढी प्रभाव पर्यटन क्षेत्रमा परेको थियो । यस्ता घट्नाले पर्यटन प्रवद्र्धनमा समस्या हुने गरेको छ । समस्याका बाबजुद पनि ओरालो लागेको पर्यटन व्यवसायले पछिल्लो समय गति लिन थाले
धरान/ देशको वैज्ञानिक संरचनालाई अहिलेको सरकारले कमजोर बनाएको नेपाल उद्योग तथा व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष तथा संघीय प्रतिनिधी सभा सदस्य एल. पी. साँवाले बताएका छन् । सरकारले तस्कर तन्त्रलाई बढुवा गरेकाले देशको अर्थतन्त्र नै धरातलमा परेको र त्यसको असर उद्योग व्यवसायीमा देखा परेकाले सिङगो देशको नै आर्थिक अवस्था कमजोर भएको बताए । उनले भने, ‘उद्योग व्यवसायीहरुले जुन ठाउँमा छौं, त्यहिबाट आवाज उठाईरहनु पर्छ अनि मात्रै हाम्रो कुराको सुनवाई नेतृत्वलाई जानकारी हुन्छ अनि त्यसको बिषयमा छलफल हुनेछ, देशमा आर्थिक आय हुने सहकारी, निजि, र पब्लिक गरि तीन तह रहेको छन्, उद्योग व्यवसाय न