गत जेठ ३२ गते मुम्बईको बान्द«स्थित आफ्नै घरमा मृत अबस्थामा भेटिएका बलिउडका चर्चित अभिनेता सुसान्त सिंहको चर्चा यतिबेला सामाजिक सञ्जालमा ब्यापक हुन थालेको छ । भर्रखरै मात्र उनको पोस्टमार्टम रिर्पोट सार्वजनिक भएको छ । रिर्पोटमा उनको निधन झुन्डिएर भएको बताइएको छ । पछिल्लो समय उनले विवाह गर्न लागेको कुरा बाहिरीएको छ । भारतीय सञ्चार माध्यमहरु सँग कुरा गर्दै सुशान्तका पिताले सन् २०२१ को सुरुवातमै सुशान्तले बिहेको तयारी गरेको बताएका छन् । उनले भने ‘सुशान्तले चलचित्र रिलिज भएपछि बिहे गर्ने बताएका थिए । तर उनले युवतीको नाम भने मलाई भनेका थिएनन् ।’ साथै उनका पिताले सुशान्तले पछिल्
साउथ फिल्मकी चचिर्त अभिनेत्री राम्या कृष्णनन चेन्नइ प्रहरीको फन्दामा परेकी छिन् । उनी आफ्नी बहिनी र ड्राइभरसँगै ममलापुरमबाट चेन्नईको यात्रामा निस्कदा चेन्नई प्रहरीले चेकपोस्टमा उनको कार रोकेर चेक गर्दा उनको कारबाट १ सय ४ वटा रक्सीको बोतल जफत गरिएको प्रहरीले जनाएको छ । साथै उनले लकडाउनको नियम उल्लंघन गरेको पनि बताइएको छ । उनको कारमा रक्सीका बोतल भेटिएपछि चेन्नई प्रहरीले उनी र कार ड्राइभरलाई हिरासतमा लिएकोे हो । भारतीय मिडियाका अनुसार र हिरासतमा रहेका ड्राइभरलाई राम्याले नै बाहिर निकालेको बताएका छन् ।
सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सय धनाढ्यको सूचीमा बलिउड नायक अक्षय कुमार परेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन्।अक्षय यो सूचीको ५२ औं नम्बरमा छन् । फोर्ब्सका अनुसार उनले ४८.५ मिलियन डलर आम्दानी गरेका छन् । अक्षयले हलिउड सेलिब्रिटी जेनिफर लोपेजलाई पनि उछिनेका छन् । अक्षय कुमारले चलचित्र, विज्ञापनको माध्यमबाट आम्दानी गर्दै आएका छन् । एक वर्षकै ४ वटासम्म चलचित्रमा अभिनय गर्ने अक्षयलाई अहिले विज्ञापनको पनि कमी छैन । सामाजिक कथामा आधारित चलचित्रमा काम गरेपछि उनको करिअर झन चम्किएको छ । यसैले उनक
धरान / कोरोनाको महामारीबाट अहिले संसारभर नै अधिकांश देशहरु अछुतो रहन सकेका छैनन् । संसारभरमा सोमबार बिहान सम्ममा ६१ करोड ७० लाख ५५हजार ६ सय २६ जना संक्रमित मध्ये ३७ हजार ४ सय ९६ जना कोभिड १९ संक्रमणमुक्त भएका छन् भने ३लाख ७२हजार ९९ जनाको मृत्यु भैसकेको छ । नेपालमै मात्र १६४२जना संक्रमित मध्ये २२०जना निको भएका छन् भने ८ जनाको मृत्यु भैसकेको छ र कोभिड १९को संक्रमितको संख्या दिन प्रतिदिन बढी नै बढी नै रहेको छ । कोभिड १९को उपचारमा अहिले कुनै औषधी तथा खोप नबनिसकेकोले लक्डाउनको पालना , संक्रमितहरुको दृढता र यो महामारीको पनि कुनै वास्ता नगरी स
धरान । सुनसरी स्थित ईनरुवाकी प्रतिभा अर्चना राठीद्वारा लिखित छोटो चलचित्र ‘स्पेसल डे’ ले अन्तराष्ट्रिय अवार्ड हात पारेको छ । दिल्लीमा मास कम्युनिकेसनमा मास्टर गरेकि राठीद्वारा लिखित छोटो चलचित्र ‘स्पेसल डे’ ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल २०२० को अवार्ड हात पारेकी हुन् । उनले टैगोर इन्टरनेशनल फिल्म फेस्टिभल २०२० मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड हात पारेकी हुन् । चलचित्र कल्चर क्रिटिक अवार्ड २०२० को विनर बनिसकेको छ भने न्युयोर्क मुभि अवार्ड २०२०को फाइनालिस्ट, कोच फिल्म फेस्टिभल २०२० को सेमि फाइनालिस्ट, बेस्ट फिल्म अफ दि इयर इन सर्टेड फिल्म फेस्
नेपालमा पहिलो पटक भर्च्युअल विश्व कवी सम्मेलन हुने भएको छ । अनलाईन डीजिटल माध्यमबाट विश्वभर छरिएर बसेका नेपाली कवि र श्रोताहरुलाई एकै ठाउँमा जोडेर कविता सुन्न र सुनाउन सम्मेलन आयोजना गरिएको आयोजक जेभियर इन्टरनेसनल स्कुलरकलेजका भाइस( प्रीन्सिपल दिपेन दाहालले जानकारी दिए। क्ष्ुुमेरो कविता र मुु शिर्षकमा आयोजना हुने सम्मेलन यहि जेठ ९ गते शुक्रबार दिउँसो १स्ण्ण् बजे देखि प्रत्यक्ष प्रसारण हुनेछ । यस सम्मेलनमा देश( विदेशबाट धेरै कवि र श्रोताहरुको अनलाईन उपस्थिति रहने छ। सम्मेलनमा सहभागिताका लागि अनलाइन फाराम भर्न सकिनेछ क्ष्त्यसका लागि मष्नष्तबउियझद्दण्द्दण्२नm
भरत सरकारले लकडाउन खुकुलो पार्दै पसल खोल्ने अनुमति दिने निर्णय गरेसँगै मदिरा पसलमा मानिसको हेर्न लायक लामो लाइन देखिएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार सोमबार राजधानी दिल्लीमा स्थित देशबन्धु गुप्ता सडकमा रहेको एक मदिरा पसलमा मदिरा खरिद गर्न आउनेको लाइन एक किलोमिटरभन्दा लामो रहेको जनाएको छ । भारत सरकारले सोमबारदेखि मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिमको आधारमा छुट्याइएको ‘रेड’, ‘अरेन्ज’ र ‘ग्रिन’ जोनहरुमा मदिरा पसल खोल्न दिने निर्णय गरेको थियो । दिल्लामा मात्र नभएर अन्य सहरमा पनि मदिरा किन्ने मानिसको भीड बढेको एएनआइले जनाएको
अमिर निरौला । उनी वराहक्षेत्रस्थित ढोलबजियाका कृषक हुन् । वैदेशिक रोजगारीबाट फर्किएपछी उनिजस्तै विदेशबाट फर्किएका तीन जना साथीहरुसंगको लगानीमा तीन बिघा जमिनमा तरकारी खेती गर्न शुरु गरे । उत्पादन राम्रो भयो । तर कोरोना भाइरसको प्रकोपक कारण लाखौको तरकारी बारीमै कुहियो । बजारको अभावमा उत्पादन खपत हुन सकेन ।
वर्तमान समयको सर्वाधिक लोकप्रिय भिडियो शेयरिङ एप टिकटकका प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । चिनियाँ कम्पनी बाइट डान्स मातहतको यो लोकप्रिय एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट गरी २ अर्ब पटक डाउनलोड भएको मोबाइल प्रविधि तथा एप्लिकेसन सम्बन्धी अनुसन्धान गर्ने कम्पनी Sensor Tower ले जनाएको छ । स्मरणहोस्: पाँच महिनाअघि मात्र टिकटकका प्रयोगकर्ता डेढ अर्ब पुगेका थिए । पछिल्लो पाँच महिनामै टिकटकले ५० करोड नयाँ प्रयोगकर्ता थप्न सफल भएको हो । सन् २०२० को पहिलो त्रैमासिकमा टिकटकले एप डाउनलोडको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । जनवरीदेखि मार्च सम्मको अवधिमा एप स्टोर र गुगल प्लेमा
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । जोनसनको श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माएकी हुन । बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्रलाभ भएको कुराको जानकारी प्रधानमन्त्री जोनसनका प्रवक्ताले जानकारी दिएका थिए । साथै उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताए । प्रधानमन्त्री जोनसन र उनकी श्रीमतीले लन्डनको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किएका थिए । गत सोमबारबाट मात्र उनि काममा फर्किएका थिए ।