मनोरञ्जन

    Showing 371-380 of 526 items.
  • कलाकार संघ सुनसरी अध्यक्षमा हेमन राई

    धरान / किरात राई साँस्कृतिक कलाकार संघ, सुनसरीको अध्यक्षमा हेमन चाम्लिङ राई सर्वसम्मत निर्वाचित भएका छन् । धरान–१० स्थित यलम्बर स्मृति संग्राहलयको सभाहलमा आज (शनिबार) सम्पन्न कलाकार संघको छैठौं जिल्ला सम्मेलनले राईको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा दिलु बान्तावा राई, सचिबमा सजेष्ट घायल कुलुङ राई (निश्चल), सह–सचिबमा उमा चाम्लिङ राई, कोषाध्यक्षमा सुनिता बान्तावा राई र सह–कोषाध्यक्षमा निलिमा साम्पाङ राई निर्वाचित भएका छन् । सदस्यहरुमा तारा बान्तावा राई, सुदेश बान्तावा राई, विकाश राई र स्मृति लिम्बु (राई) निर्वाचित भए

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 964 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युनाइटेडको लोकनृत्य प्रतियोगिता सम्पन्न

    धरान / युनाईटेड डान्स एकेडेमी धरानद्वारा आयोजित कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । एकेडेमीले धरान १५ स्थित सदन स्कुलमा कार्यक्रम गर्दै प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा प्रथम धरानको धरान आदर्श स्कुल , दोश्रो झापाको होलिबेल स्कुल, तेस्रो धरानको पर्वत सेकेण्डरी स्कुल र चौथो बराहक्षेत्रको बराह राइजिङ स्कुल भएकोे थियो । प्रथमलाई नगद ५० हजार सहित नट्राजको मुर्ति, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरि दोश्रोलाई नगद २० हजार सहित नट्राजको मुर्ति, सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो भने तेश्रो हुनेलाई नगद १० हजार नट्राजको मुर्ति म

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गल्र्स अन ब्हील’ प्रतियोगितामा थापा र ढकालको जोडी प्रथम

    मोरङ / विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिताको आयोजना भएको छ । विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पन्न भएको प्रतियोगितामा स्वेच्छा थापा र सावित्री ढकालको जोडीले प्रथम स्थान हासिल गरेका छन् । उनीहरुले लर्ड कम्पनीको एसी पाएका थिए । त्यस्तै मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् । उनीहरुले पनि लर्ड कम्पनीको वासिङमेसिन पाएका छन् भने रिचा कनोडिया र डली अग्रवालको जोडी तस्रो स्थानमा चित्त बुझाएका छन् । उनीहरुको जोडीले पनि हेल्स कम्पनीको मिक्सर ग्रीनडर पाएका छन् । प्रतियोगितामा मा १ सय वटा स्कुटीमा २ सय सहभागि रहेका थिए । स्कुटी चलाउँने महिलाले स

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुर्गम ठाउँको सुगम सत्कार

    इलाम / इलामको पश्चिमी क्षेत्रको फाकफोकथुम गाउँपालिका जिल्लाकै विकट मानिन्छ । अहिले सम्म कालोपत्रे नपुगेको र हिउँदमा यातायात सहज भए पनि वर्षाको समयमा यहाँ पुग्न निकै मुस्किल पर्छ । गाउँमा न कुनै व्यवस्थित होटेल छ, न पालिकासम्म पुग्ने राम्रो सडक नै । सदरमुकामबाट निकै टाढा र भौगोलिक हिसाबले दुर्गम यो गाउँमा बिरामी भइहाले उपचारका लागि अस्पताल पु¥याउन पनि घण्टौँ लाग्छ । बर्षाभर हिलो र हिउँदमा धुलोको पिरमा रुमलिएको फाकफोकथुम पर्यटकीय हिसाबले पनि निकै पछाडि छ । पर्यटनको हिसाबले चिनिएको जिल्ला भए पनि यहाँ पर्यटकीय क्षेत्र कम छन । विकट भएकै कारण यस ठाउँमा मानिसको आउन जाउन कम बन्ने गर्दछ ।

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 872 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरानमा होली उल्लासमय व्यस्ततालाई थाती राखेर होलीमा मस्त

    धरान / सधैँ बिरामीको सेवामा समर्पित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुले फुर्सदको समय मिलाएर आज होली पर्व मनाएका छन् ।बिरामीको काममा व्यस्त हुनुपर्ने भएपनि समय मिलाएर उनीहरु होली पर्वमा रमाएका हुन् । सघन उपचार केन्द्र (आइसियु) मा काम गर्दै आएकी आशा चौधरी सधै बिरामीको उपचारमा व्यस्त रहन्थिन् । उनलाई फुर्सद कहिल्यै हुँदैन । फुर्सद मिलाउनुपर्दा उनलाई धेरै गार्‍हाे हुन्छ तर मंगलबार भने होली पर्व उनीहरुले पालो मिलाएर खेलेकी थिइन् । बिरामीको उपचारमा व्यस्त रहनुपर्ने बाध्यता भएपनि समय मिलाएर होली जस्तो रमाइलो चाड विपीकै कर्मचारी, नर्स तथा चिकित्सकसँ

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर / धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको २३ औं संस्करणमा एभेनियर फुटबल क्लब क्यामरुन फाइनल प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गरे । दोस्रो गोल क्यामरुनले उपहार पायो । दोस्रो हाफको ४२ औं मिनेटमा एन्फा मोरङका खेलाडी सुजन चौधरीले असावधानी बेहोरे । शारीरिक रुपमा बलिया क्यामरुनी खेलाडीका अगाडि एन्फा मोरङका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरे । यद्यपि खेल मोरङको पक्षमा हुन सकेन । मोरङले पाएका केही अवसरहरुलाई सदुपयोग गर्न नसक्दा

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 1,088 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • राष्ट्रपति रनिङ शिल्ड फाकफोकथुममा

    इलाम / १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता इलामको फाकफोकथुम गाउँपालिकामा हुने भएको छ । आगामी २३ देखि २५ फागुनसम्म फाकफोकथुम गाउँपालिकाको सिँहदेवी माविको खेल मैदानमा हुने भएको हो । यस अघि इलाम सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यसवर्ष पहिलो पटक सदरमुकाम बाहिर आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए । प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल सञ्चालन हुनेछन् । निर्देशिका बमोजिम प्रतियोगित

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 828 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • धरान एक्स्पोमा ‘पर्यटन गोष्ठी’

    धरान /  धरान एक्स्पो २०७९ मा बुधबार पर्यटन गोष्ठी आयोजना गरेको छ । प्रदेश नं. १ मा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश १ भरिका पर्यटन व्यवसायीबीच गोष्ठीको आयोजना गरिएको हो ।सुनसरीको व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि र पर्यटन प्रवर्धनका लागि सञ्चालन भइरहेको एक्स्पोमा गोष्ठी प्रदेश १ को पर्यटन विकास र प्रवर्धनमा केन्द्रित रहेको थियो ।सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान १०ः३० बाट सुरु भएको गोष्ठीमा पर्यटन व्यवसायी, पर्यटनविद् र सरोकारवालाको उपस्थिती रहेको थियो । एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार गोष्ठीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, पर्यटन

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 909 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

    विजयपुर /  भारतको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त युनाइटेड कस्र्याङ फुटबल क्लब (युकेएफसी) लाई हराउँदै झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको छ । बुढासुब्बा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै केएफटिसीले फाइनलमा स्थान सुरक्षित गरेको हो । जारी सिजनमा सर्लाही गोल्डकपमा आयोजकसँग पराजित भएको युकेएफसी दार्जिलिङको जिल्लास्तरीय एडिभिजन खेल मान्यता प्राप्त टिम हो । जितका लागि केएफटिसी झापाका तर्फबाट खेलको २२ औं मिनेटमा जर्सी नम्बर २३ का खेलाडी

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 1,012 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • उत्कृष्ट विद्यार्थी नगदसहित पुरस्कृत

    मोरङ / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजले लिएको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थी रहेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । पुरस्कृत हुने विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले गरेका थिए ।

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 856 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved