धरान । नेपालको चर्चित गायन रियालीटी सो वाइवाइ नेपाल स्टारको टप ९ मा धराने युवागायक सन्देश बम्जन लामा पर्न सफल भएका छन् । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बेलुकी ८ः५० मा प्रसारण हुने गायत प्रतियोगितामा टप ९ मा पनि सफल भएका हुन् । अन्य प्रतिष्पर्धीहरुको तुलनामा उनको स्वरको तारिफ निर्णायकहरुले पनि गर्ने गरेका छन् । उनको गायन शैलीलाई पनि सबैले मन पराएका छन् । धरान २ का सन्देशलाई बाल्यकाल देखिनै संगित प्रति रुचि रहेको उनका बुबा पशुपति तामाङले बताउँछन् । संगित प्रतिको रुचि र साधनाले उनलाई टप ९ मा पुर्याएको छ । संगितको कुनै पनि अध्ययन नगरेका सन्देश घर, विद्यालयमै गुनगुनाउदै यो क्षेत्र सम्म आएको बुब
धरान । वाइवाइ नेपाल स्टारको टप टेनमा पुग्न सफल भएका धरानका सन्देश बम्जन लामालाई भोटिङका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । गायक लामा सुनसरी कै एक मात्र प्रतिष्पर्धी हुन् । धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहरुवाट लामालाई वाइवाइ नेपाल स्टारमा प्रथम बनाउन आर्थिक सहयोगका लागि अभियान नै संचालन गरिएको छ । यसै वीच नेपाल तामाङ घेदुङले लामालाई पहिलो चरणमा १२ हजार ९ सय रुपैया एक कार्यक्रमका वीच सहयोग प्रदान गरेको छ । यस अघि धरान २ स्थित निकेतन उच्च माध्यमिक विद्यालयमा गरिएको एक कार्यक्रममा ४५ हजार रुपैया भोटिङका लागि आर्थिक संकलन भएको थियो । घे
इलाम/ इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हल सहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख ३९ हजार आठसय ३८ रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो । नगरपालिकाले तयार गरेको बिस्तृत परियोजना प्रस्ताव अनुसार यस भवनमा एक तला अन्डरग्राउण्ड पार्किङगरी तिनतला पार्किङ र चौथो तलामा दुईवटा सिनेमा हल र फुड कोड रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने ‘ पहिले नगरपालिकाले २३ करोड ६१ लाखको डिपिआर तयार गरेकोमा प्रदेश सरकारले परिमार्जन गरी १७ करोड लागत निकालेका र प्रतिस्पर्दामा ११ करोडमा लागतमा निर्माण हुन लागेको हो ।’ ब
धरान/ पब्लिक स्पीकर नेपालका बिजेता, प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाधिन लागेका छन् । काठमाडौंमा बालआश्रम चलाइरहेकी कालिकोटकी नन्दा सिंह सगँ रमेशले यहीँ मंसिर २२ गते धरानबाट विवाह गर्न लागेका हुन् ।उनिहरु केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । यता रमेशका साथि जिबन विष्टले पनि एउटै लगनमा विवाह गर्न लागेको छन् । १२ वर्षको मित्रताको उपज भन्दै जिबनले एउटै लगन एउटै मण्डपबाट विवाह गर्ने निधो गरेको बताएका छन् । विभिन्न समयमा समसामायिक विषयमा आफ्नो कुरा सामाजिक सञ्जालबाट व्यक्त गर्दै आएका रमेशका फ्यान फलोइङ राम्रो छ। पछिल्लो समयमा इन्द्रेणी कार्यक्रममा कल्पना दाहालसगँको दोहोरीका
धरान/ लघुचलचित्र ‘द रेडमुन’को छायाङ्कन सकिएको छ । गत शनिबार शुभमुर्हत गरिएको चलचित्रको छायाङ्कन आइतबार सकिएको हो । थिएटर सहाराको प्रस्तुति रहेको लघु चलचित्रको निर्देशन रविन श्रेष्ठले गरेका छन् । कथा पनि उनकै रहेको छ । यसका निर्माता नवीन मेन्याङ्वो छन् भने क्यामेरामेन लुज सिंह छन् । माओवादीको सशस्त्र द्वन्द्वकालमा गाउँले जनजीवनमा यसले पारेको प्रभावलाई चलचित्रमा देखाइने निर्देशक श्रेष्ठले बताए । उनले भने, ‘कथा नयाँ छ, गज्जब छ, प्रस्तुतीकरणलाई प्रभावकारी बनाउने प्रयास गरिएको छ ।’ चलचित्र १५ देखि २० मिनेटको हुने श्रेष्ठले जनाए । अन्तराष्ट्रिय चलचित्र महोत्सवलाई लक्ष
इलाम इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण लिला’को सुटिङ भईरहेको छ । लक्ष्मण सुवेदीको लेखन, दिपक ओलीको निर्देशन,रोहित कट्टेलको प्रस्तुतिमा निमार्ण भईरहेको यो चलचित्रको ८० प्रतिशत भूभाग इलामका पर्यटकीय क्षेत्रलाई समेटेर सुटिङ हुने निर्माता केवल तामाङले बताए । ‘कृष्ण लिला’मा पानिटार,अन्तु,फिक्कल, पशुपतिनगर र पाँचथरको साधुटार, सुकेपोखरी राँके बजारका भूभाग समेटिने छन । ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र नि
धरान । कोरोनाको कारण सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उदेश्यले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । आइतबार बृहत चलचित्र सम्बन्धी अन्तरक्रिया गरि आागमी दिनको चलचित्र महोत्सव गर्ने कार्ययोजनामा समावेश गरेको छ । आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ मा आयोजना गर्ने महासंघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । प्रदेश नं. १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छाँयांकनको लागि उपयुक्त स्थान भएकोले प्रदेशका चलचित्रकर्मीहरुलाई उत्साहित गराउदै पर्यटकीय स्थानलाई प्रबद्र्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न लागिएको
धरान । धरान स्पेश टाइम नेटवर्क प्रालीले ‘क्लियर टिभी’ मार्फत अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’को अनलाईन प्रिमियर सो गर्ने भएको छ । क्लियर टिभी प्रशारण गर्ने धरानको आधिकारीक कम्पनी धरान स्पेस टाईम नेटवर्क प्रालीले मंसिर १ गते भाईटिका अवसर पारेर अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी’को प्रिमियर सो गर्न लागेको हो । ‘हामीले हिन्दी चलचित्रका स्थानीय दर्शकलाई घरमै बसीबसी चलचित्र गर्न सहजता होस् भनेर यो सुविधा सुरु गरेका हौ’ धरान स्पेश टाइम नेटवर्क प्रालीका प्रबन्ध निर्देशक विदुरबिक्रम पन्तले भने ‘ कोरोनाको महामारीमा सुरक्षित र सुलभ रुपमा रिलीज भएको
निरीह म, सरकार खोजिरहे।चिसो भुइमा रात बिताइरहेका हरुको माझमा।बिदेश बाट फर्किरहेका हरुको महङ्गो जाहज मा।अनि,टुढिखेलमा अरु कसैले पस्किएको एक चोईली भातमा।तर, तिमी त अस्पतालका बिल काउन्टरमा पो भेटियौ।महङ्गो आई. सि.यु. को बिल तिर्न नसकेर।आफन्तको जिम्मा लाग्न नपाएको ।बिचरो त्यो लास सङ्गै ।एकदम निरीह भेटियौ।बिचरो म, सरकार खोजिरहे।कुनै नया कुरा सहित आउछौ कि भनेर।तिम्रा बेतुकका बक्तब्य हरुमा घन्टौ घोत्लिरहे।अनि,केही आशाको पन्तुरो फुकाउछौ कि भनेर कुरिरहे।तर, तिमी त दोष केलाउन मा ब्यस्त पो देखियौ।उल्टो असाबधानी तिम्रै हो ूभन्दै।मृत्यु को डर अझ तिखारी तिखारी कन।मात्र गोटा गन्ती गर्दै रह्यौ।भर्खर १ ,२ गन्न
इटहरी । भर्खरै गायन क्षेत्रमा प्रवेश गरेका बालगायक संदेश पौडेलको आवाजमा ‘मेरी आमा’ बोलको नयाँ म्युजिक भिडियोे सार्वजनिक भएको छ । प्रिज्मा रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गितलाइ म्युजिक भिडियोको रूपमा भने राजकुमार कुवंर र गोबिन्द दुलालले निर्देशन गरेकाले गरेका छन । संदेश पौडेल र बरिष्ठ गायीका संगीता प्रधान राणाको स्वरमा रहेको म्युजिक भिडियोलाइ सह निर्देशनमा बिशाल केसी, छायाँकनमा अनिल जिसि, सम्पादन सिमली मिडियाले गरेको छ भने श्रृगारमा डेनि कोइराला रहेकी छिन । गितको रेकर्डिङ केहि दिन अघि सकिएपनि म्युजिक भिडियो भने भर्खरै बजारमा आएको मेरी आमा गीतका निर्देशक राजकुमार कुवरले बताए । त्यस