बराहक्षेत्र/ प्रथम वराह नकआउट फुटबल प्रतियोगिताको उदघाटन खेलमा सप्तकोसी फुटबल क्लब देविघाट बिजयी भएको छ ।वराहक्षेत्र २ स्थित स्थानीय बाईस बिघे खेल मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत चतरा फुटवल क्लव चतरालाई २–१ को अन्तरले पराजित गर्दै सप्तकोसी फुटवल क्लव प्रतियोगिताको अघिल्लो चतरणमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिको हाफको २६ औं मिनेटमा सप्तकोसीले अग्रता लिएको थियो । सप्तकोसीका लागि भिम बिकले पहिलो गोल गरेका थिए भने पहिलो हाफकै ३० औं मिनेटमा सप्तकोसीले पुनः गोल गर्दै चतरा बिरुद्ध २–० ले अग्रता लिएको थियो । दोस्रो गोल राम शाहीले गरेका थिए ।
बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा प्रथम वराह नकआउट क्लव स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । हाटखोटा फुटवल क्लबको आयोजनामा प्रथम वराह नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । मसिंर २३ गते देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल चतरा फुटबल क्लब चतरा र सप्तकोसी फुटबल क्लब देविघाट बिच हुने आयोजकले जानकारी दिएको छ । आयोजक क्लबका सचिव रोहित साहका अनुसार प्रतियोगितामा सुनसरी जिल्लाका १० वटा फुटबल क्लवले सहभागिता जनाउने छन् । आयोजक हाटखोला रातो, आयोजक निलो, राजावास फुटवल क्लव राजावास, चतरा फुटबल क्लब चतरा, सप्तकोसी फुटवल क्लव देबिघाट, ग्रिन कल्चर फुटवल क्लब चक्रघट्टि, पञ्
धरान । अध्ययनसँगै शारीरिक स्फुुर्ती कायम गर्न आवश्यक रहेको भन्दै पूर्वाञ्चल इन्जिनियरीङ क्याम्पस धरानमा विभिन्न विषयमा अध्यनरत विद्यार्थीहरुले खेलकुद कार्यक्रम आयोजना गर्ने गरेका छन् । प्राविधिक ज्ञान अध्ययन हुने कलेजमा मानसिकसँगै शारीरिक व्यायामको समेत आवश्यकता महसुस गरी समय समयमा त्यहा अध्ययनरत विद्यार्थीहरुले खेलकुदका कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । यसै क्रममा कलेजमा अध्ययनरत आर्किटेचर फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरुले सोमबारदेखि फ्याकल्टीकै विद्यार्थी र कलेजको (विभागिय प्रमुख)एचओडी, तथा प्राध्यापकहरु समावेश गरेर ‘होम मेकर आर्किलिग फुटबल प्रतियागिता’को आयोजना गर्ने भएक
इलाम/ इलामको माङसेबुङमा संचालित १४ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद समितिले चुमेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि सडेन डेथको आधारमा विजेता निर्धारण भएको थियो । यता माङसेबुङले भने सुरुदेखि नै रक्षात्मक खेलेको थियो । माङसेबुङका गोलरक्षक आयुस लिम्बूले रेडकार्ड पाएर बाहिरिएपछि रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । निर्धारित समयसम्म खे
धरान/ तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रदेश एकले तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा दुई स्वर्ण, तीन रजत र दुई कास्य पदकसहित प्रदेश एकले तेस्रो स्थान प्राप्त गरेको टिम म्यानेजर सूर्य दङ्गालले जानकारी दिए । प्रतियोगितामा महिलातर्पm ३३ केजी तौल समूहमा अनिशा राई तथा पुरुषतर्फ ४५ केजी तौल समूहमा सुसन थापाले स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै, महिलातर्फ ४६ केजी तौल समूहमा आस्मा राई र पुरुषतर्फ ५० केजी तौल समूहमा रोहित राई तथा ५४ केजी तौल समूहमा जगधन राईले रजत पदक प्राप्त गरेका छन् । यसै गरी, पुरुषतर्पm २७ केजी तौल समूहमा सृजन पौडेल र ३३ केजी समूहमा स
धरान/ विगत दश वर्ष देखि निरन्तर आयोजना हुँदै आएको देशकै धेरै धावकहरु सहभागि हुने धरान १० के रन, नेवा च्यारिटी २०७८ दशौं संस्करण आगामी फागुन ७ गते हुने भएको छ ।धरान रन १० वर्ष पुरा भएको अवसरमा यस पटक विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना गर्ने आयोजक धरान रन समूहले जनाएको छ । यसपालि नेपालकै धेरै धावक धाविकाहरु सहभागी गराइने छ भने जनचेतनामूलक कार्यक्रम सहित ह्विल चेयर रेस पनि आयोजना गरिने छ । प्रतियोगिताको दर्ता फारम शुक्रवार देखि नै खुला भइसकेको पनि आयोजकले जनाएको छ । खेलाडीहरूलाई दर्ता शुल्क ४ सय र विद्यार्थीहरूलाई ३ सय तोकिएको छ । साथै, प्रतियोगितामा १७ वर्षदेखि ३९ वर्षसम्म भित्रका खुल्
धरान÷ तेस्रो राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन प्रदेश १ बाट १५ जनाको टोली त्यहाँ पुगेको छ । प्रदेश नं. १ तेक्वान्दो सङ्घका तर्पmबाट टोली त्यहाँ पुगेको हो । निजगढ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै टिम म्यानेजर सूर्य दङ्गाल र कोच सन्तोष घिमिरेको नेतृत्वमा टोली त्यहाँ पुगेको हो । टोलीमा विभिन्न तौल समूहका पुरुष खेलाडी ७ र महिला खेलाडी ६ जना रहेको टिम म्यानेजर दङ्गालले जनाए । टोलीमा पुरुष खेलाडीतर्पm सृजन पौडेल, अनिल बस्नेत, सुसन थापा, रोहित राई, जगधन राई, कमल खत्री र सुसन वन सहभागी छन् । यसै गरी महिला खेलाडीतर्पm अनिसा राई, आस्मा रा
धरान । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिवार (आज) नेपाल आउँदैछन् । अल्मुताइरी साफ च्याम्पियनसिप पछि आफु अब कहिले नेपाल नफर्कने भन्दै माल्दिभसबाटै सोझै कतार पुगेका थिए । उनलाई फकाउन केही समयअघि मात्र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेका थिए । एन्फा अध्यक्ष तथा कतार फुटबल संघ सगको वार्ता पछि उनि आज नेपाल फर्कन लागेका हुन् । यसअघि नै उनको समयावदि थप ३ वर्ष लम्ब्याइएको छ । खेलप्रेमी नेपालीहरुका माझ अतिनै लोकप्रिय रहेका अल्मुताइरी बेला बेलामा विवादमा आउने गरेका छन् । अब्दुल्लाहकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनस
सुनसरी । आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ । सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीमा अशोज ७ गतेबाट सुरु भएको प्रशिक्षण बुधबार सम्पन्न भएको हो । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले एक सातासम्म इटहरी स्थित क्षेत्रिय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिषरमा रहेको मैदानमा प्रशिक्षण गराएका थिए । छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समुहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा दे
सुनसरी । खेल पर्यटनको विकाशमा सरकारले विनियोजन गरेको बजेटले खेलकुद क्षेत्रलाई उत्साहित बनाएको माउन्टेन स्पोर्टस फेडेरेसनले बताएको छ । गत शनिबार नेपाल सरकारले बजेट वक्तव्य मार्फत फेडेरेसनको एक दशकको लबिङ तथा नेपाल खेलकुद महासंघको नितिगत समर्थनले खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा स्वागत योग्य रहेको बताएको छ । फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै भनेको छ, ‘पहिलो पटक नेपाल र नेपालीको भावना समेटने बजेट आएको हामीले अनुभूति गरेका छौं, खासगरी खेलकुद क्षेत्रमा, बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले हामीलाई पनिउ त्साह