धरान । धरानका स्थानीय गल्फर राजकुमार राईले शनिबार सम्पन्न एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि हात पारेका छन् । निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा शुक्रबार पहिलो दिन राजकुमारले ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका थिए । पाँचौँ संस्करणको दोस्रो दिन खेलेका कुनै पनि खेलाडीले राजकुमारको भन्दा बढी स्कोर गर्न नसकेपछि राईले उपाधि जितेका हुन् । धरान गल्फ क्लबमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको थियो । धरानका राजकुमारले २ ‘ह्यान्डी क्याप’मा खेल्दै समग्रमा ५ बर्डी र २ बुगी खेलेका थिए । जसका कारण राईले ‘मोस्ट बर्डी’को उपा
धरान । धरान उपमहानगरपालिकाले खेलाडी उत्पादनमा जोड दिदै आएको छ । ग्रास रुटबाट नै खेलाडी उत्पादन गर्ने अभिप्रायले बालबालिकालाई फुटखेलको प्रशिक्षण शनिवारबाट शुरु गरेको छ । गत बर्षबाट नै शुरु गरेको यो अभियानमा यो बर्ष समेत शनिवारबाट प्रशिक्षण शुरु गरिएको हो । कोरोना संक्रमणका कारण समयमै हुन नसकेको प्रशिक्षण असारसम्म गरिने जनाइएको छ । खेलकुद विकास समिति सदस्य तथा प्रशिक्षण कार्यक्रम संयोजक सतिस केसीले जानकारी दिए । उनका अनुसार गत जेष्ठ महिनामै आयोजना गर्नुपर्ने कार्यक्रम फागुनबाट मात्र शुरु गरिएको बताए । उनले भने–‘कोरोना संक्रमणका कारण जेष्ठ हुनुपर्ने कार्यक्रम फागुनमा सरेको हो, अबदे
धरान । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता खेल्न ब्वाइज युनियन क्लबको टिम काठमाडौ प्रस्थान गरेको छ । टिममा धराने खेलाडीको बाहुल्यता रहेको छ भने झापा तथा मोरङका खेलाडी सम्मिलित छन् । टोलीलाई मंगलबार एन्फाका एक नं. प्रदेश अध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले विदाई गरेका हुन् । राईले खेलाडी तथा प्रशिक्षकलाई सुझाव दिदै ए डिभिजनमा बढुवा हुने गरी खेल्न आग्रह गरे । उनले विगतका वर्षहरुदेखि नै ब्वाइज युनियन क्लबमा धरानका खेलाडी खेलिरहेको भन्दै यसवर्ष धरानको गौरब बढाउने गरी खेल प्रदर्शन गर्न अनुरोध गरे । टिमका प्रशिक्षक सागर घिमिरेले गतवर्ष भन्दा राम्रो तयारी गरेको बता
धरान/ एम्स एकेडेमीको खेलकुद सप्ताह शुक्रबार बिहान सम्पन्न भएको छ । धरान रङ्गशालामा पूmटबलको अन्तिम प्रतिष्पर्धा सकिएलगत्तै औपचारिक कार्यक्रम आयोजना गरी एम्सले खेलकुद सप्ताह समापन गरेको हो । समापन कार्यक्रमअघि भएको फूटबल प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा २–० गोल अन्तरले कक्षा ११ (ए) को टिमलाई पराजित गर्दै कक्षा १२ (ए) को टिम पहिलो भएको थियो । यस्तै पूmटबलमा सर्वाधिक गोलकर्ताका रूपमा समीर लिम्बूले तथा उत्कृष्ट खेलाडीका रूपमा मिलन विष्टले पुरस्कार प्राप्त गरे । यसैगरी, भलिबलतर्पm कक्षा १२ (ए६) पहिलो र १२ (ए४) दोस्रो भएका छन् । भलिबलमा उदीयमान खेलाडीका रूपमा विसन घले र उत्कृष्ट खेलाडीका रू
धरान/ धरानमा विद्यालय स्तरीय वास्केटबल प्रतियोगिता हुने भएको छ । धरान १५ स्थित होलिल्याण्ड स्कुलको आयोजनामा फागुन ७ र ८ गते होलिल्याण्ड थ्री वाइ थ्री आन्तर विद्यालय महिला, पुरुष प्रतियोगिता हुने भएको हो । धरान ९ पुतलीलाईन स्थित कफि पव एण्ड रेस्ट्रोमा बुधबार पत्रकार सम्मलेन गरी प्रतियोगिताको विषयमा जानकारी दिएको हो । विद्यालयको २५ औं वार्षिकोत्सवको अवसरमा माघ पहिलो साताबाटै सञ्चालन गर्न लागिएको प्रतियोगिता कोभिड महामारीको तेस्रो लहर आए सँगै स्थगित गरिएको प्रतियोगिता पुनः सञ्चालन गर्न लागिएको स्कुललका प्रिन्सिपल राजकुमार लिम्बूले बताए । लामो समय कोरोना महामारीका कारण विद्यार्थीहरुमा मानसिक
धरान । धरान ७ स्थित ओशो ट्रेनिङ सेन्टरले आयोजना गरेको मैत्रीपुर्ण फुटसल प्रतियोगितामा धरान प्याब्सन विजयी भएको छ । धरान १५ स्थित बिग फुटसलमा शनिबार सम्पन्न प्रतियोगितामा एन प्याब्सन धरानलाई हराउँदै प्याब्सन धरान विजयी भएको हो । एन प्याब्सन उपविजेता बनेको छ । सात वटा विभिन्न संस्थाहरु बिच भएको फुटसल प्रतियोगितामा तेस्रो विजेता आयोजक संस्था ओशो ट्रेनिङ सेन्टर भएको छ । विजेता टिमहरुलाई नेपाल फिजिकल ट्रेनिङ एशोसियसनका पुर्व क्षेत्रीय अध्यक्ष पर्वत राईले पुरस्कार वितरण गरेका थिए । संस्थाहरु बिच मैत्रीपुर्ण सम्बन्ध बढाउनका लागि प्रतियोगिताको आयोजना गरिएको सेन्टरका संचालक पारुहाङ तुम्बाहाम्फेले ब
धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ गते प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता सँगै प्रदेश एकको समृद्धिको लागि इकोनोमिक समिट पनि हुने भएको छ । आइतबार धरान स्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । उनले धेरै खेलाडीलाई यसअघि सहभागि गराउन नसक्दा दुई दिन आयोजना गरिएको बताए । उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या हुने हुँदा दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए । उनले विभिन्न विधामा पुरस्कार दिइने बताए । ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको
धरान/ दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडब्लूवाइसी क्लब फाइनलमा पुगेको छ । विराटनगर १७ स्थित खेल मैदानमा बुधबार भएको खेलमा मिल्स यूथ क्लब लाई २–१ गोलले हराउँदै टिडब्लूवाइसी फाइनलमा पुगेको हो । जितको लागि टिडब्लूवाइसीका विरेन्द्र लिम्बुले गोल गरेका थिए । एक गोल आत्मघाती भयो । मिल्स यूथ क्लबका सुमन तामाङले डिबक्सभित्रबाट हेड गरेको बल आत्मघाती गोल भएको थियो । मिल्सको तर्फबाट नविन मगरले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच टिडब्लूवाइसीका विरेन्द्र लिम्बु घोषित भए । आज विराट बुद्ध फुटबल क्लब र मिल्स भेट्रान्स क्बल बिच प्रतिस्पर्धा हुनेछ । माघ ८ गते हुने फाइनलमा बिजे
धरान / प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले उपाधी जितेको हो । उपाधीसँगै पूर्वाञ्चलले नगद १ लाख रुपैया र शिल्ड हात पारेको छ भने उपबिजेता आयोजक मेमोरी युवा क्लबले नगद ५१ हजार रुपैयामा चिक्त बुझाएको छ । सुनसरीको दुहबी ८ सोनापुरमा आयोजित प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछी खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टीमा आ
सुनसरी/ नेपाल खेलकुद महासंघ इटहरीको नगर कमिटीमा ढुण्डीराज गुरागाई चयन भएका छन् । गत सोमबार भएको एक भेलाले इटहरी ६ का व्यवसायी तथा भलिबल खेलाडी गुरागाईको अध्यक्षतामा समिति गठन गरेको हो । भेलाले गुरागाईको अध्यक्षमा ६१ सदस्यीय कार्य समिति बनाएको छ । समितिको उपाध्यक्षमा सुजन चौधरी र सचिवमा रोहित कोइराला चयन भएका छन् । नेपाल खेलकुद महासंघको प्रथम नगर भेलामा प्रमुख आतिथ्य नेकपा एमालेका नगर अध्यक्ष यामकुमार सुब्बाको रहेको थियो । इटहरीका विभिन्न वार्ड अध्यक्षहरूको सहभागितामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघका स्थायी कमिटी सदस्यले शपथ ग्रहण गराएका थिए । सबै वार्डबाट प्रतिनिधित्व हुने गरी काम