खेलकुद

    Showing 31-40 of 643 items.
  • धरानमा प्रदेश स्तरीय यू–१४ विद्यालय फुटबल प्रतियोगिता सुरु

    धरान/ कोशी प्रदेशमा फुटबलको नयाँ ऊर्जा भर्ने लक्ष्यसहित धरानमा प्रदेश स्तरीय ‘यू–१४ स्कुल लेभल गर्ल्स एण्ड ब्वाइज फुटबल प्रतियोगिता’ सोमबारदेखि भव्य रूपमा सुरु भएको छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन विशेष समारोहका बीच सम्पन्न भएको हो। कोशी प्रदेश फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाबाट छनोट भएका विद्यालयस्तरीय छात्र तथा छात्रा टोलीहरूको उत्साहजनक सहभागिता रहेको छ। ग्रासरुट तहबाटै प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका सभाध्यक्ष तथा अखिल नेप

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • 760 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिलो सहभागितामै प्लानिङ्ग ब्वाईज युनाइटेडलाई बुढासुब्बा गोल्डकपको उपाधि

    धरान/पहिलो पटक सहभागिता जनाएको प्लानिङ्ग ब्वाईज युनाइटेड काठमाडौँले २६औँ अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको छ। शनिबार भएको रोमाञ्चक फाइनलमा अपि पावर चर्च ब्वाइज युनाइटेड ललितपुरलाई १–० गोलअन्तरले पराजित गर्दै प्लानिङ्गले डेब्यूमै उपाधि उचाल्न सफल भयो। धरान–१६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा सम्पन्न उपाधि भिडन्त निकै प्रतिस्पर्धात्मक बनेको थियो। दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि निर्णायक क्षण दोस्रो हाफमा आयो। खेलको दोस्रो हाफको १७औँ मिनेटमा जर्सी नम्बर ७ का प्रताप सिंह राईले गरेको शानदार गोल नै प्लानिङ्गका लागि जित सुनिश्चित ग

    • प्रकाशित मितिः फागुन २, २०८२
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औँ बुढासुब्बा गोल्डकप : चर्च ब्याइज युनाइटेड फाइनलमा प्रवेश

    सुनसरी/  चर्च ब्याइज युनाइटेड काठमाडौ २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा झापा–११ लाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै चर्च ब्याइजले उपाधि नजिकको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए । निर्णायक ट्राइबेकरमा चर्च ब्याइजका गोलरक्षक प्रमिजय गच्छदार नायक बने । उनले झापाका रोहन थापा मगर, राजेश दाहाल र गौरभ धिमालका प्रहार र

    • प्रकाशित मितिः माघ २९, २०८२
    • 400 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औं बुढासुब्बा गोल्डकप : 'प्लानिङ बोइज युनाइटेड' फाइनलमा प्रवेश

    सुनसरी/बुढासुब्बा गोल्डकपको २६औं संस्करणमा पहिलोपटक सहभागिता जनाएको लालीगुँरास एसोसियसन पोखरालाई पराजित गर्दै नव आगन्तुक 'प्लानिङ बोइज युनाइटेड' फाइनलमा प्रवेश गरेको छ ।  २-१ गोल अन्तरको जित निकालेको प्लानिङका लागि खेलको दोस्रो हाफको १३औं मिनेट र ४१औं मिनेटमा क्रमशः विलियम एलेक्स र म्यान अफ द म्याच प्रतापसिंह राईले योगदान गरे । पहिलो पटक प्रतियोगितामा सहभागी दुवै टिमले मैदानमा भएको असमझदारीका कारण तीतो अनुभव गर्न पुगे ।  पहिलो हाफ मध्यतिर दुई टिमबीच भएको घम्साघम्सीपछि प्लानिङ बोइजका पापा इबोउ केबी र लालीगुराँस पोखराका इस्कन्दर सिद्दिकी जुनो रेड कार्ड पाउँदै मैदान बाहिरिए । लालीगुर

    • प्रकाशित मितिः माघ २८, २०८२
    • 352 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औँ बुढासुब्बा गोल्डकप : झापा ११ सेमिफाइनलमा प्रवेश

    धरान/ अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत छैटौँ दिनको खेलमा झापा ११ एफसी ले काठमाडौँको सातदोबाटो यूथ क्लब लाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। धरान रङ्गशालामा मङ्गलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा झापा ११ ले उत्कृष्ट खेल प्रस्तुत गर्दै सातदोबाटोलाई स्तब्ध बनाएको हो। खेलको १६औँ मिनेटमा राजेश दाहाल ले गोल गर्दै झापालाई अग्रता दिलाए। दोस्रो हाफको ४३औँ मिनेटमा एरोन थापा मगर ले निर्णायक गोल गरेपछि झापाको जित लगभग सुनिश्चित भयो। सातदोबाटोका वेविरोस ले दोस्रो हाफको १३औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सके

    • प्रकाशित मितिः माघ २७, २०८२
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँच पटकको उपविजेतालाई धक्का, लालिगुराँस पहिलो सहभागितामै सेमिफाइनलमा

    धरान/धरान रंगशालामा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा पाँच पटकको उपविजेता आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लालिगुराँस फुटबल क्लब पोखरा पहिलो सहभागितामै सेमिफाइनलमा प्रवेश गरेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा लालिगुराँस पोखराले सुदृढ डिफेन्स र संयमित खेल प्रदर्शन गर्दै घरेलु दर्शकले भरिएको रंगशालामा आयोजक धरानलाई स्तब्ध बनायो। घरेलु मैदानमा खेलेको धरान फुटबल क्लब ठूलो समर्थकको साथ हुँदाहुँदै पनि निर्णायक क्षणमा चुक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। निर्धारित ९० मिनेटको

    • प्रकाशित मितिः माघ २६, २०८२
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २६औँ बुढासुब्बा गोल्डकपः चर्च ब्वाइज सेमिफाइनल प्रवेश

    धरान/ धरान–१६ स्थित रङ्गशालामा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा साविक उपविजेता चर्च ब्वाइज युनाइटेड ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न क्वाटर फाइनल खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। खेलको सुरुआतसँगै आक्रामक देखिएको चर्च ब्वाइजका रिचर्ड विलसनले पहिलो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए। उक्त गोल नै खेलको निर्णायक बन्यो। त्यसपछि नेपाल पुलिस क्लबले बराबरीको प्रयासमा खेल नियन्त्रणमा लिने प्रयास गरे पनि पटक–पटकको अवसरलाई गोलमा परिणत गर्न सक

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 379 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यु एन नवोदय च्याम्पियन्स लिग भव्य रूपमा सम्पन्न

    धरान / ‘Sports for Health and Nation’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको यु एन नवोदय च्याम्पियन्स लिग सफलतापूर्वक सम्पन्न भएको छ। धरान–१६ स्थित बिबि फुटसलमा आयोजित लिगको फाइनल खेलसँगै यस वर्षको प्रतियोगिताले औपचारिक समापन पाएको हो। Navodaya +2 UN College का प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले खेल अफिसियल बिपुल लिम्बूलाई बल हस्तान्तरण गर्दै लिगको उद्घाटन गरेका थिए। फाइनल खेलमा छात्रतर्फ कक्षा १२ सेक्सन ‘सी’ र छात्रातर्फ सेक्सन ‘ए’ ले उपाधि हात पारेका छन्। त्यसैगरी छात्रतर्फ कक्षा १२ सेक्सन ‘डी’ र छात्रातर्फ सेक्सन &lsq

    • प्रकाशित मितिः माघ २३, २०८२
    • 692 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बा गोल्डकप उद्घाटन खेलमा धरान विजयी

    धरान/ अन्तर्राष्ट्रिय आमन्त्रण २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले रोमाञ्चक जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ। धरान रङ्गशालामा बिहीबार सम्पन्न उद्घाटन खेलमा धरान फुटबल क्लबले भारतको जर्जियन क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोल भएपछि खेल ट्राइबेकरमा पुगेको थियो। जर्जियन क्लब भारतका हेमराज भुजेलले खेलको पहिलो हाफको ८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि आयोजक धरान फुटबल क्लबले १८औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरेको थियो। दोस्रो हाफमा धरानका कयौँ प्रयास असफल भए। ट्राइबे

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 427 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फुटबल क्लब उपाधि जित्ने लक्ष्यसहित बुढासुब्बा गोल्डकपमा

    धरान/२६ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लबले उपाधि जित्ने स्पष्ट लक्ष्यसहित मैदान उत्रिने भएको छ। पाँच पटक फाइनल पुगे पनि उपाधि जित्न नसकेको आयोजक क्लबले यसपटक इतिहास बदल्ने तयारी गरेको जनाएको छ। धरान–१६ स्थित रंगशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै यसपटक उपाधि नै मुख्य लक्ष्य रहेको बताए। “हामी पाँच पटक फाइनल खेलेर पनि उपाधिबाट टाढा रह्यौं। त्यसैले यसपटक जित्नै पर्छ भन्ने दबाब छ। यही लक्ष्यका साथ दुई महिनादेखि खेलाडीलाई नियमित प्रशिक्षण ग

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 310 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved