धरान । २५ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौे सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार धरान रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजकालागी सन्तोष खत्रीले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए । खत्रीले एन्ड्रीउ इबो यामाहाको पासमा गोल गरे । खत्री खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतिष्पर्धात्मक खेलमा पुलिसले पाएको अवसरमा गोल गर्न नसक्दा पराजित भयो । पहिलो हाफ बराब
सुनसरी– हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधी पूर्वाञ्चल कलेजले जितेको छ । इटहरी तालतलैया स्थित बुढासुब्बा खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा सुस्मा कलेजमाथी १–० गोलको जीत निकाल्दै पूर्वाञ्चलले उपाधी जितेको हो । पूर्वाञ्चललाई उपाधी जिताउन सिजल राईले दोस्रो हाफको ५ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । उपाधीसंगै पूर्वाञ्चलले नगद ३० हजार रुपैया र शिल्ड हात पारेको छ । उपबिजेता बनेको सुस्मा कलेजले १५ हजार रुपैया पाएको छ । फाइनल खेलको म्यानअफद म्याच पूर्वाञ्चलका कैलाश भुजेल भए । उनले नगद १ हजार रुपैया पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उच्च गोल
विराटनगर/ विराटनगरको कान्तिपुर कलेजले हिसान फुटबलको उपाधि जितेको छ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार विराटनगरको शहिद मैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १–० गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे । फाइनल खेलको प्लेयर अफ द फाइनल कान्तिपुरका शिवनारायण चौधरी घोषित भए । हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्
धरान/ धरानका उत्साहित भू.पू. फुटबल खेलाडीहरूको सक्रियतामा वि.स. २०५५ साल असार ९ गते धरान फुटबल क्लबको विधिवत स्थापना भयो । मोफसलबाट फुटबल खेललाई योगदान दिने उद्देश्यले गठन भएको यो क्लबले सोही सालको कार्तिक २५ गतेबाट अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्कपको शुरुवात गरेको हो । तर गोल्डकपको शुरुवात गर्ने क्लबले गोल्कपको शुरुवाती चरणबाट पटक पटक फाइनलमा प्रवेश गरे पनि क्लबले घरेलु मैदानको फाइदा कहिल्यै लिन सकेन सधै पराजित बन्यो । यस पटकको २५ औं गोल्डकपमा भने उपाधि आफ्नो पोल्टामा पारेर इतिहास रच्ने दाउमा क्लब दुई महिना अगाडिदेखि कसरमा रहेको छ । क्लब दर्ता भएपछि पहिलो पटक मोफसलकै ठूलो प्रत
सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट अन्तर्गत भलिबल प्रतियोगिताको उपाधी छात्र तर्फ इटहरीको बिश्वआदर्श र छात्रा तर्फ धरान आदर्शले जितेको छ । इटहरीको तरहरा स्थित पूर्वाञ्चल कलेजको कोर्टमा सम्पन्न फाइनल खेलमा छात्र तर्फको फाइनलमा बिश्वआदर्शले पूर्वाञ्चल कलेजलाई ३–१ को सेटले पराजित गर्दै उपाधी जितेको हो । पहिलो सेट ३०–२८ ले जितेको बिश्वआदर्शले दोस्रो सेट २२–२५ ले हारेको थियो । तेस्रो सेट २८–२६ ले जितेको बिश्वआदर्शले चौथो सेटमा २५–२३ को पुनरागमन जीत हात पार्दै उपाधी जितेको हो । गत बर्ष पनि बिश्वआदर्शले उपाधीमाथी कब्जा जमाएक
बिकास चाम्लिङ राई(तस्वीर सहित)धरान । हिसान सुनसरीको ११ औ स्पोर्टस मिट अन्तर्गत पुरुष तर्फ धरान मेघा हिमालयन र धरान उच्च सेमिफाइनल प्रवेश गरेका छन ।वुधवार भएको खेलमा धरान मेघा हिमालयन कलेजले धरान आर्दश कलेजलाई ३०–२३ र धरान उच्चले सुस्मा गोदावरी कलेज इटहरीलाई ३०–२१ अंकले पराजित गर्दै सेमि फाइनल प्रवेश गरेका हुन । धरान मेघा र धरान आर्दशले प्रत्येक क्वाटरमा १४–२, ६–५, ३–६ र १६–१० अंक जोडेका थिए । सोहि दिन भएको पुरुष तर्फको दोस्रो खेलमा धरान उच्च र शुस्मा गोदावरीले प्रत्येक क्वाटरमा १०–४, २–५, ४–८ र १४–४ अंक जोडेका थिए । जित निकाल्दै सेमि
बिकास चाम्लिङ राईधरान ।धरानमा पनि मंगलबार हिसान बास्केटवल प्रतियोगिता सुरु भएको छ । अग्रज बास्केटवल खेलाडि एवं सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीको प्रमुख आतिथ्यमा संपन्न उद्धघाटन खेलमा महिला तर्फ धरान उच्च माविले धरान मेघा कलेजलाई १७–१६ अंकको झिनो अन्तरले पराजित गरेको छ । अन्यन्तै प्रतिश्पर्धात्मक भएको खेलमा धरान उच्च र धरान मेघाले प्रत्येक क्वाटरमा २–५, ७–४, २–४ र ६–३ अंक जोडेका थिए । प्रमूख अतिथि सुवेदिले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि खेल सुरु गरिएको थियो ।सोहि दिन भएको पुरुष तर्फको खेलमा मेघा कलेजले एम्स एकेडेमिलाई ६६–३६ अंकले पराजित गरेको छ
सुनसरी– हिसान स्पोर्टस मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको सोमबारको खेलमा ज्ञानदर्पण, बिश्वआदर्श, कोशीसेन्टजेम्स र इम्पेरियल कलेज बिजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेका छन । सोमबारको पहिलो खेलमा ज्ञानदर्पण एकेडेमीले सियोन स्कुल धरानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा बिश्वआदर्श कलेजले लर्डबुद्ध इन्टरनेशनल स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा कोशीसेन्टजेम्सले नास्ट कलेज धरानलाई ४–० ले पराजित गर्दा अन्तिम खेलमा इम्पेरियल कलेजले प्रिमियर कलेजलाई सडेन डेथमा पराजित गरेको प्रतियोगिता संयोजक एव
धरान/ धरानमा ‘मिस्टर कोशी’ खुल्ला बडि बिल्डिङ प्रतियोगिता हुने भएको छ ।एलाइनेट जिमको आयोजनामा चैत्र २२ र २३ गते हुने धरानमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । जिमका अध्यक्ष विक्रम लिम्बूका अनुसार उक्त प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरी कुल पाँच तौल समूहका करिब ५० जना बडि बिल्डरहरुबिच प्रतिस्पर्धा गराईने भएको छ । प्रत्येक तौल समूहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा प्रदर्शन गरिने पनि अध्यक्ष लिम्वुको भनाई छ । उनका अनुसार फाइनल चरणका विजेतालाई छैटौँ ‘मिस्टर कोशी’ उपाधि विजेता घोषित गरिने भने विजेताले नगद १ लाख २५ हजार,
विराटनगर/ उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् । शनिबार भएको फुटबलको पहिलो खेलमा सगरमाथा कलेजले जेभियर्स स्कुललाई २–० को गोल अन्तरले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच सगरमाथाका प्रसान्त राई घोषित भए । दोस्रो खेलमा कान्तिपुर कलेजले होलीचाइल्ड कलेजलाई २–० को गोल अन्तरले पराजित गरेको छ । कान्तिपुरको जित प्लेयर अफ द म्याच गौतमकुमार चौधरी घोषित भए । शनिबारनै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा व