धरानमा महिला रनिङ कप सुरु, उद्घाटन खेलमा वडा १७ विजयी

  • मंसिर १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान /दोस्रो धरान वडा–स्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता बिहीबार धरान–१६ स्थित रंगशालामा आकर्षक प्रतिस्पर्धासहित सुरु भएको छ। उद्घाटन खेलमै गत वर्षको च्याम्पियन वडा नं. १७ ले वडा नं. १६ लाई १–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

खेलको पहिलो हाफको १४औँ मिनेटमा वडा १७ की जर्सी नं. १२ सुनिता राईको तीव्र प्रहारले १६ नं. वडाको जाली चुमेपछि खेलमा रोमाञ्च बढेको थियो। बराबरीमा फर्किन वडा १६ ले प्रयास गरे पनि सफल हुन सकेन। सुनिताको सोही गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो।

उता, सशक्त प्रदर्शनका आधारमा वडा १६ की प्रमिला जिमी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि सुनसरी प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बेलुन उडाएर तथा अम्पायरलाई बल हस्तान्तरण गरी गरे। उनले प्रतियोगितालाई महिला सशक्तिकरणको प्रभावकारी अभ्यासको रूपमा व्याख्या गर्दै महिलाहरू दर्शक मात्र नभई उत्कृष्ट खेलाडी हुन सक्ने सन्देश यसले दिएको बताए।

“महिलाले खेलकुदका हरेक कार्यक्रममा भाग लिन सक्छन्, प्रदर्शन गर्न सक्छन् र गोल हान्न सक्छन्—यही तथ्यलाई यस प्रतियोगिताले पुष्टि गर्छ,” उनले भने।

उद्घाटन समारोह जनपथ जागरण समाजका अध्यक्ष सुजन केसीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा एन्फाका वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, वडा १६ का अध्यक्ष मुरारी प्रसाद भट्टराई, सियोन स्कुलका डाइरेक्टर खड्ग बहादुर राणा मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यसैगरी पूर्व मेयर तिलक राई, एन्फा सुनसरीका नविन राई, विभिन्न वडाध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङलगायत अतिथिको उपस्थिति उल्लेखनीय थियो।

आगामी खेलहरू अन्तर्गत भोलि वडा नं. ३ र वडा नं. १४ तथा वडा नं. ५ र वडा नं. २० बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

धरानलाई महिला फुटबल प्रतिभा उत्पादनको केन्द्र बनाउने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगितामा विजेताले ९० हजार, उपविजेताले ४५ हजार, प्लेयर अफ द म्याचले २ हजार, बेस्ट किपर र बेस्ट मिडफिल्डरले ३,५००, र बेस्ट प्लेयरले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved