धरान बराहक्षेत्र बासिहरुका लागी कृषिजन्य बस्तुहरु बिक्रि गर्ने एउटा दिगो बजार हो । बिशेषगरि बराहक्षेत्रका ३ , ४ र ५ नम्बर वडामा उत्पादित पराल, दाल, भुष, कुखुरा, हास, अण्डा, दूध जस्ता बस्तुहरु लिएर बिक्रिका लागि दैनिक ३ सय सम्म ब्यापारी धरान बजार पुग्ने गर्छ्न । अहिले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले देश लक डाउन भएपछि ती सबै ब्यापारी प्रभावित भएका छन् । यस क्षेत्रबाट दूध लिएर जाने ब्यापारी मात्रै ६० जना भन्दा बढी छन् । एक जना ब्यापारीले २५ जना सम्म कृषकको दूध लैजाने गर्दछ्न । यसरी अनुमान लगाउदा १ हजार ५ सय किसानको ७ ह