इलाम विश्व पर्यटन दिवसको अवसरमा इलाम नगरपर्यटन समितिको आयोजना र नेपाल फोटो पत्रकार महासँघ इलाम शाखाको सहआयोजनामा भएको फोटो प्रतियोगितामा मौसम किसोर राईको फोटो प्रथम भएको छ । त्यस्तै गरी सुन्दर मैनालीको दास्रो, विमला गुरुङ तेस्रो भएको छ । प्रतियोगीतामा प्रथम दोस्रो र तेस्रो भएको फोटो प्रतियोगिलाई क्रमस दश, पाँच र चार हजार रुपैया र दोसल्लाले सम्मान गरिएको छ । प्रतियोगितामा इलाम नगरपालिका भित्रका तस्विर मात्र समावेस भएका थिए । त्यस्तै वेष्टआर्ट फोटो ग्रफि तर्फ इलाम नगरपालिकाका आदित्य पौडेल, इलाम नगरपालिका ३ पुवामझुवाका भक्त गुरुङ, र इलाम नगरपालिका ७ का माधव लुईटेलका फोटाले पाएको छ ।
इलाम इलामको नयाँ पर्यटकिय गन्तव्य मानिएको महभीरको दिदी बहिनी झरनामा पर्यटकको आकर्षण बढ्दै गइरहेको छ । इलाम नगरपालिका– ३ पुवामझुवामा रहेको झरनामा विभिन्न स्थानका व्यक्तिहरुको आवागमन बढ्न थालेकाले यसको आकर्षण बढ्न थालेको हो । जिल्लाकै सदमुकामबाट करिब २० किलो मिटरको मेची राजमार्गको यात्रामा रक्सेको बाघखोर पुगिन्छ । बाघखोरबाट अढाई किलो मिटरको कच्ची सडकको यात्रा गरेपछि झरनाको छेवैमा पुग्न सकिन्छ । पुग्नलाई उत्ति गाह्रो नभए पनि प्रचार प्रसारको अभावमा यी दुई झरना ओझेलमा परेको थियो । जिल्ला बाहिरकाको त कुरै छोडौं जिल्ला भित्रका धेरैलाई समेत थाहै नभएकाले यस झरना आसपास कोही पनि भेटिदैन थिए
विश्वभर कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ । ६१ लाख ५६ हजार संक्रमित मध्ये लाख २७ लाख ३४ हजार उपचार पछि निको भएका छन् । सक्रमित मध्ये ५३ हजार ४ सय बढीको अबस्था गंभीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ । संक्रमितको संख्या १८ लाख १६ हजार बढी छ । बेलायतमा २ लाख ७२ हजार संक्रमित मध्ये ३८ हजारको मृत्यु भएको छ । इटालीमा २ लाख ३२ हजार संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८८ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ७ सय नाघेको छ । ब्राजिलमा ४ लाख ९८ हजार बढी संक्रमित हु
भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा २०५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८१ पुगेको हो । एकै दिन ८ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा कुल संक्रमितको संख्या १ लाख ८१ हजार ८२७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये ८६ हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।
जापानमा कोरोना भाइरसको महामारी फैलिएपछि लगाइएको संकटकाल अन्त्य भएको छ। जापानका प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर लगाइएको संकटकाल अन्त्य भएको घोषणा गरेका हुन् । सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबेले कोरोना भाइरसविरुद्ध ल्याइएको विशेष कानूनका आधारमा लागू गरिएको संकटकाल हटाइएको जनाएका हुन् । जापानमा गत अप्रिल ७ तारिखबाट लागू गरिएको आपतकाल मे २५ तारिख सोमबार साँझबाट नै लागू हुनेगरि रद्दको घोषणा गरिएको हो ।
एजेन्सी । नेपालमा लकडाउन खुलेको भोलिपल्ट परीक्षा लिने शिक्षामन्त्री गिरिराजमणि पोखरेलेको भनाइ सार्वजनिक भएलगत्तै आलोचना भएको थियो । कोरोनाको महामारीबाट जोगिने कि स्कुल खोल्ने भन्ने विषयमा संसदमा समेत प्रवेश गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शिक्षामन्त्रीको उक्त भनाइ गैरजिम्मेवारपूर्ण भएको भन्दै टिप्पणी गरेका थिए । नेपालमा एसईईसमेत अन्तिम अवस्थामा स्थगित भएको थियो । परीक्षाको अघिल्लोदिन बेलुकामात्रै एसईई रोक्ने निर्णय भएको थियो । नेपालमा मात्रै होइन अहिले विश्वभर स्कुल खोल्ने कि नखोल्ने भन्ने विषय बहसमा छ । कोभिड–१९ सम्बन्धी स्पष
काठमाडौं । भारतले चीनको पदचिन्ह (रणनीति) नजिकबाट नियाल्नका लागि सामरिक रुपमा कालापानी क्षेत्रलाई अत्यन्तै अहम् रुपमा लिएको छ । लिपुलेक भएर मानसरोवर जोड्ने बाटो निर्माणलाई भारतीय सञ्चार माध्यमहरुले ठूलो सामरिक सफलताका रुपमा ब्याख्या गरिरहेका छन् । बाटो निर्माणले कैलाश–मानसरोवरको अध्यात्मिक बाटो सुगम मात्रै नभएर चीनसँग सामरिक सन्तुलन पनि कायम भएको उनीहरुको ठहर छ । ‘नवभारत टाइम्स’ ले नेपाल र चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा बलियो उपस्थिति भारतका लागि अत्यन्त जरुरी रहेको उल्लेख गरेको छ । उसले ‘बोर्डर रोड अर्गनाइजेसन’ ले हिमालयको दुर्गम टाकुरा
सीमा जोडिएको छिमेकी देश भारतमा लकडाउनको अवधि लम्ब्याइएकाले नेपालमा पनि लकडाउनले निरन्तरता पाउने भएको छ । कोरोनाभाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा लगाइएको लकडाउन फेरि थपिने भएको हो । पछिल्लो पटक वैशाख २५ गतेसम्मको लागि घोषणा गरिएको लकडाउन फेरि थप्न लागिएको हो । आज (बुधबार) बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउ कति दिन थप्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ । अहिले नेपालमा लकडाउन खोल्दा भारतबाट नेपला प्रवेश हुनसक्ने भएकाले पनि लकडाउनको अवधि थप्नुको विकल्प नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले बताए । हिजो मंगलबार बसेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण
समुहगत रुपमा साइकलमा तरकारी ब्यापारी गाउँ छिरे पछि वराहक्षेत्र ४ दुब्याहीका स्थानीयले रोक लगाएका छन् । इनरुवा , डुम्राहा , ढोक लगायतका स्थानबाट लामबद्ध भै साइकलमा ब्यापारीहरु आए पछि स्थानीयहरुले सल्लाह गरेर गाउँ प्रवेशमा रोक लगाएको दुब्याही निवासी राधे सिंह दनुवारले बताए । ९ वटा साइकल र १ मोटरसाइकलमा ब्यापारी गाउँ पसे पछि स्थानीय प्रशासनलाई समेत खबर गरिएको थियो । जथाभावी टोल - टोलमा सब्जी ब्यापार गरि हिड्ने ब्यापारीलाई स्थानीय प्रहरीले समेत यसरी नडुल्न सचेत गराइ फर्काएको थियो । " तरकारी दैनिक उपभोग्य बस्तु हो यो सबैलाई आवाश्यक छ । तर कसैले बिक्रि गर्छ भने विश्व स्वास
लकडाउन लम्बिएसंगै थारु समुदायले महत्वका साथ मनाउने सिरुवा मेला स्थगित भएका छन् । चैत्र महिनाको २९ गतेदेखि सुनसरीको वराहक्षेत्र–४ पिंडारीबाट शुरु भई वैशाखभरि विभिन्न ठाउँमा मेला लाग्ने गरेका थिए । यो वर्ष भने विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण पिंडारीमा लाग्ने प्रथम मेला स्थगित गरिएको ग्राम थानका पुजारी अशोक चौधरीले बताए । “यो वर्ष मेला लगाउन मिल्दैन बिहान केही समय स्थानीय प्रशासनलाई जानकारी गराएर पूजा गर्ने काम चाहिँ गर्छौ । त्यो पनि आलोपालो गरेर “पुजारी चौधरीले बताए । ग्राम थानमा पूजा पाठ गर्दा मानवलगायत सम्पूर्ण पशुपंक्षीलाई कुनै रोगले नछुने सबैको कल्याण हुने