समुहगत रुपमा साइकलमा तरकारी ब्यापारी गाउँ छिरे पछि वराहक्षेत्र ४ दुब्याहीका स्थानीयले रोक लगाएका छन् । इनरुवा , डुम्राहा , ढोक लगायतका स्थानबाट लामबद्ध भै साइकलमा ब्यापारीहरु आए पछि स्थानीयहरुले सल्लाह गरेर गाउँ प्रवेशमा रोक लगाएको दुब्याही निवासी राधे सिंह दनुवारले बताए । ९ वटा साइकल र १ मोटरसाइकलमा ब्यापारी गाउँ पसे पछि स्थानीय प्रशासनलाई समेत खबर गरिएको थियो । जथाभावी टोल - टोलमा सब्जी ब्यापार गरि हिड्ने ब्यापारीलाई स्थानीय प्रहरीले समेत यसरी नडुल्न सचेत गराइ फर्काएको थियो । " तरकारी दैनिक उपभोग्य बस्तु हो यो सबैलाई आवाश्यक छ । तर कसैले बिक्रि गर्छ भने विश्व स्वास
लकडाउन लम्बिएसंगै थारु समुदायले महत्वका साथ मनाउने सिरुवा मेला स्थगित भएका छन् । चैत्र महिनाको २९ गतेदेखि सुनसरीको वराहक्षेत्र–४ पिंडारीबाट शुरु भई वैशाखभरि विभिन्न ठाउँमा मेला लाग्ने गरेका थिए । यो वर्ष भने विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण पिंडारीमा लाग्ने प्रथम मेला स्थगित गरिएको ग्राम थानका पुजारी अशोक चौधरीले बताए । “यो वर्ष मेला लगाउन मिल्दैन बिहान केही समय स्थानीय प्रशासनलाई जानकारी गराएर पूजा गर्ने काम चाहिँ गर्छौ । त्यो पनि आलोपालो गरेर “पुजारी चौधरीले बताए । ग्राम थानमा पूजा पाठ गर्दा मानवलगायत सम्पूर्ण पशुपंक्षीलाई कुनै रोगले नछुने सबैको कल्याण हुने
धरान बराहक्षेत्र बासिहरुका लागी कृषिजन्य बस्तुहरु बिक्रि गर्ने एउटा दिगो बजार हो । बिशेषगरि बराहक्षेत्रका ३ , ४ र ५ नम्बर वडामा उत्पादित पराल, दाल, भुष, कुखुरा, हास, अण्डा, दूध जस्ता बस्तुहरु लिएर बिक्रिका लागि दैनिक ३ सय सम्म ब्यापारी धरान बजार पुग्ने गर्छ्न । अहिले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले देश लक डाउन भएपछि ती सबै ब्यापारी प्रभावित भएका छन् । यस क्षेत्रबाट दूध लिएर जाने ब्यापारी मात्रै ६० जना भन्दा बढी छन् । एक जना ब्यापारीले २५ जना सम्म कृषकको दूध लैजाने गर्दछ्न । यसरी अनुमान लगाउदा १ हजार ५ सय किसानको ७ ह