धरान/ धरानबाट केही बेर उत्तर तर्फ यात्रा ग¥यो भने, मोरङको केराबारी–६ मा एउटा सपनाजस्तै देखिने फाँट खुलिन्छ — जहाँ सेतै सेतो काँसले आकाश छुने प्रयास गरिरहेको हुन्छ । सतिसालेको त्यो ठाउँ, जुन अहिले भाइरल काँस घारी भनेर चिनिन्छ, साँच्चै प्रकृतिले प्रेम लेखेको क्यान्भासजस्तै देखिन्छ।वर्षमा एक पटक मात्र फुल्ने यी काँसहरू, जब चुरे फेदीको हरियालीलाई सेतो ओढारले ढाक्छन्, तब त्यो दृश्य कुनै कविताभन्दा कम हुँदैन। बिहानैदेखि धरान, इटहरी, बेलबारीतिरबाट युवायुवती, परिवार, अनि जोडीहरू त्यहाँ पुग्छन् —कोही फोटोको क्याप्सनमा प्रेम खोज्दै, कोही टिकटकको क्लिपमा यादहरू कैद गर्दै। चारकोसे
खोटाङ/ खोटाङको तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कंक्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण सुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामकरण गरेको छ । किरात समुदायको सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजङमा मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएसँगै सुन्दर बन्दै गएको छ। तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाक
इटहरी।इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा भिडियो सुटमा ११ जना प्रतिस्पर्धीहरूले विभिन्न पोजमा फोटो खिचाए भने परिचयात्मक भिडियो पनि छायांकन गरिएको थियो । सुट इटहरीस्थित सोल्टी होटलमा सम्पन्न भएको हो, जसको फोटोग्राफी निश्चल ग्यालरीका निश्चल श्रेष्ठले गरेका थिए । ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको यस प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य राखेको छ । फाइनल चरणमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इ
धरान/ कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिने तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा रहेको ऐतिहासिक चोत्लुङ पार्कमा सिरिजंगा पाण्डुलिपि विज्ञानालय स्थापना हुने भएको छ। लालीगुराँस नगरपालिकाले विज्ञानालय स्थापनाको तयारीलाई अघि बढाइरहेको छ। सोही तयारीअन्तर्गत नगरप्रमुख अर्जुनबाबु मावुहाङले विज्ञहरूसँग राय–सल्लाहका लागि विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसअघि राजधानी काठमाडौंमा अन्तरक्रिया सम्पन्न भए पनि आइतबार सुनसरीको धरानस्थित रत्न इन होटलमा पुनः अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। मेयर मावुहाङले प्रस्तुत गरेको कार्यपत्रमा विज्ञाना
काठमाडौँ/ पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्व चयन भएको छ। संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाए। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा निर्वाचित भएका छन्। सचिवमा चन्दन थापा विजयी भएका छन् भने कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाबीच समान मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ। यसैगरी सद
धरान/ धार्मिक–पर्यटकीय स्थलको प्रवर्द्धन र सामाजिक कार्यमा सहयोग पुर्याउने उद्देश्यसहित धरानमा शनिबार कोरा राइड साइकलिङ्ग च्यालेन्ज भव्य रूपमा सम्पन्न भएको छ। पेडलर्स धरानको आयोजनामा भएको प्रतियोगितामा देशभरबाट आएका दुई सयभन्दा बढी साइक्लिष्टले सहभागिता जनाएका थिए। बिहान धरानको भानुचोकबाट शुरु भएको राइड विभिन्न चोक, धार्मिक तथा पर्यटकीय स्थल हुँदै ३२ किलोमिटर दूरी पार गरेर धरान–१७ स्थित साकेला पार्कमा पुगेर समापन गरिएको थियो। पेडलर्स धरानका अध्यक्ष किशन मास्केका अनुसार यो च्यालेन्जले साइकलिङ्ग खेललाई मात्र होइन, धरानको धार्मिक र पर्यटन क्षेत्रलाई पनि उजागर गर्ने काम गर
धरान/ धरान-१३ र २० को संगमस्थलमा रहेको श्रम संस्कृति पार्कको टिकट काउन्टर अज्ञात समूहले तोडफोड गरेका छन्। (शुक्रबार) आज विहान ५ बजे कर्मचारीहरू पार्क पुगेपछि काउन्टरको सीसा पूर्ण रूपमा फुटेको देखिएपछि तत्काल मेयर हर्कराज राईलाई खबर गरिएको थियो। कर्मचारीका अनुसार, काउन्टर अगाडि–पछाडि दुई वटा सिसी क्यामेरा जडान गरिएका भए पनि एउटा क्यामेरा बिग्रिएको मौका पारेर अराजक तत्वले तोडफोड गरेको हुनसक्छ। नगर प्रहरीले राति १० बजेसम्म मात्र निगरानी गर्ने भएकाले त्यसपछि पार्क सुनसान हुने र यही अवसरमा घटना घटेको अनुमान गरिएको छ। घटना थाहा पाउने बित्तिकै मेयर राई स्वयम् घटनास्थलमा पुगेर अनुगमन गर
धरान/ सुनसरीको धरानमा आगामी साउन ३१ गते ‘कोरा राइड साइकलिङ च्यालेन्ज’ हुने भएको छ। नेपालमा सन् २०११ मा काठमाडौंबाट सुरुआत भएको यो च्यारिटी राइड धरानमा सन् २०१७ देखि हरेक वर्ष मनाइँदै आएको हो। पेडलर्स धरानको आयोजनामा हुने यस वर्षको प्रतियोगितामा देशका विभिन्न शहरबाट २०० भन्दा बढी राइडर्स सहभागी हुने पेडलर्स धरानका अध्यक्ष किशन मास्केले बुधबारको पत्रकार सम्मेलनमा जानकारी दिए। उनका अनुसार धरान–२ भानुचोकबाट सुरु हुने साइकल र्याली विभिन्न धार्मिक तथा पर्यटकीय स्थलका चेकपोइन्ट हुँदै ३२ किलोमिटर दूरी तय गरेर धरान–१७ साकेला पार्कमा सम्पन्न हुनेछ। कार्यक्रम संयोजक विजय
धरान/ धरानको अत्यन्तै आकर्षक स्थल शिवजट्टा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको यो स्थान रमणीय स्थल हुदा हुदै पनि ओझेलमा पर्नु सरकारी पक्षको आखा नपुगेको पर्यटन व्यवसायी बताउछन् । तर यस क्षेत्रको प्रवद्र्धनमा वडा समितिले पहल कदमी थालेको छ । शिवजट्टा धनकुटाको साँगुरीगढी गाउँपालकामा रहेको नमस्ते झरना भन्दा रमणीय हिसाबले कम छैन । पर्यटकीय स्थल शिवजट्टामा जोकोही जान नसक्नुको प्रमुख कारण सडक सञ्जाल हो । नजिकैको स्थान भएकोले धरान आसपासका सर्वसाधारण वनभोज खान, अत्याधिक गर्मीको समयमा पौडी खेल्ने प्रयोजनका लागि नमस्ते झरना रहने गरेको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्ष
धरान/यस वर्षको बोलबम मेलामा धरान–१४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम समितिले ज्येष्ठ नागरिक, अशक्त तथा महिलाहरुलाई प्राथमिकता दिँदै सहज ढंगबाट जल चढाउने र पूजाआजा गर्ने व्यवस्था गरेको छ। लक्षित वर्गका भक्तजनले यो वर्ष सहजता अनुभव गरेको बताएका छन्। विगतका वर्षमा भीडभाडका कारण ज्येष्ठ नागरिक र अशक्तहरुलाई सास्ती हुने गरेकोमा, यसपटक छुट्टै लाइन, आरामदायी पहुँच, लकर, खानेपानी, स्वास्थ्य सेवा र सुरक्षाको पुख्र्यौंदा व्यवस्था मिलाइएको समितिले जनाएको छ। झापाका पदम खड्का र मोरङका नवराज सुवेदीले अन्तिम सोमबारको बोलबममा सहज र व्यवस्थित वातावरण पाएकोमा समितिलाई धन्यवाद दिएका छन्। विराटनगरकी कौशिल