धरान / प्रहरी संगठनले जनताको काम गर्न कसैलाई पर्खिनु नपर्ने कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तालोले बताएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय निरीक्षणणका क्रममा उनले कार्यरत प्रहरीहरुलाई यस्तो निर्देशन दिएका थिए । उनले दिर्नेशनका क्रममा दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खट्न कार्यरत प्रहरीहरुलाई निर्देशन दिए । उनले खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यव
धरान /सडक बोर्ड नेपालले स्थानीय सरकारलाई सडक निर्माणका लागि दिएको रकमले धरान १४ विजयपुरमा बनिसकेका तर भत्किएका सडक टालटुल गर्ने काम शुरु गरेको छ । बोर्डले धरानका विभिन्न स्थानका सडक स्तारोन्नतिका यस बर्ष लागि १ करोड १५ लाख रुपैया प्रदान गरेको छ । उपमहानगरपालिकाले ३० प्रतिशत थपेर धरानका चारवटा बाटोलाई स्तरोन्नति गर्ने काम गरेको छ । सडक स्तारोन्नतिमा धरान १४ विजयपुरदेखि पञ्चकन्या पुग्ने सडक, धरान १३ अमरहाटदेखि पुस्रेसम्म, सिंहदेवी चौकबदेखि चिनियाँ चौकसम्म, धनकुटेरोडको सडक ट्राफिक चौकसम्म स्तरोन्नति गर्ने भएको हो । यसमध्ये धरान १४ विजयपुरको विजयपुरदेखि पाँचकन्यासम्मको सडकलाई स्तरोन्नति शुरु भइस
धरान / धरान १४ विजयपुरमा रहेको बुढासुब्बाको महिमा चुलिँदै गएको पाइएको छ । नेपालकै एकमात्र बुढासुब्बा मन्दिर विजयपुरमा रहेकोले बुढासुब्बा मन्दिरको नाम सुन्नेहरु यो मन्दिरको ऐतिहासिकता बुझ्ने र दर्शन गर्न आउँनेहरु बढेका छन् । अहिले बुढासुब्बा मन्दिर भ्रमण गर्नेहरुको मुख्य केन्द्र विन्दु हुने गरेको छ ।शनिबार बिहान चितवनको एक हुल बुढासुब्बा मन्दिरमा भटियो । चितवनको सिद्धि विनायक सहकारी संस्थाबाट १ सय ७ जनाको जम्बो टोली विजयपुरको सर्वत्र चर्चा भएको पाएपछि पूर्वको भ्रमणपश्चात् चितवन फर्किने क्रममा धरानको बुढासुब्बा दर्शन गर्न पुगेका हुन् । आएकाहरु कोही दर्शन गर्ने, कोही बुढासुब्बा मन्दि
इलाम / इलामको पश्चिमी क्षेत्रमा पर्ने माङसेबुङ गाउँपालिकामा नयाँवर्षको अवसरमा कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको माङमालुङमा महोत्सवको आयोजना गरिएको हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ र ६ मा पर्ने माङमालुङको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजक समितिका सचिव कमल कार्कीले जानकारी दिए । वैशाख १ र २ गते हुने महोत्सवमा पालिकाभित्रका कृषि सामाग्रीको विक्री वितरण र प्रदर्शन हुनेछन । महोत्सवले यहाँ उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पु¥याउ
मोरङ / बिराटनगर जेसीजले आफ्नो सम्पदा संरक्षण तथा अवलोकन र प्रबर्द्धन अभियान अन्तर्गत बिराट राजाको दरबार क्षेत्रको भ्रमण गरेको छ । पर्यटनको माध्यमबाट आफ्नो तर्फबाट गर्न सकिने कार्यहरु बारे जानकारी प्राप्त गर्न अवलोकन भ्रमण गरिएको अध्यक्ष अभिनास थापाले जानकारी दिए । बिराटनगरमा अवस्थित बिराट राजाको दरबार संरक्षणका लागि आफ्नो जीवन ब्यतित गरेका संरक्षणकर्मी कमल किशोर यादबको घरमा रहेको प्राचीन सभ्यता बोकेको सामाग्रीहरुको अवलोकन गर्दै उनीबाट सो सम्बन्धी जानकारी लिएको थियो । भग्नावशेष रहेको भेडियारीमा केही समय अघि निर्मित सङ्ग्रालयको भवन निर्माण सम्पन्न भए पश्चात् नेपाली सेनाद्वारा महानगरलाई ह
विजयपुर / पाल्पा जिल्लाको तानसेनमा रहेको रानी महल पर्यटकको रोजाइमा पर्ने गरेको छ । यो महललाई ‘ताजमहल भनेर चिनिने गरिएको छ । यहाँ बार्षिक लाखौ पर्यटक आउने गरेको स्थानीयहरु बताउँछन् । यो ताजमहललाई भारतको ताजमहलसँग तुलना गरिने गरिएको छ । यो दरबारलाई प्रेमको प्रतिकको रुपमा लिने गरिएको छ । प्रेमको प्रतीक भएकै कारण भेलाइन्टाइन डेका दिन धेरै जोडाजोडी महलमा आउने गरेको स्थानीयहरु बताउँछन् । तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा रहेको महल उत्तरतर्फ फर्काएर बनाइएको छ । ऐतिहासिक दरवारको रुपमा चिनिने भएकै कारण ताजमहलको महत्व बढेको हो । यो ऐतिहासिक दरबार रहेकै कारण सर्वसाध
धरान / सांस्कृतिक पर्यटन प्रवर्धन गर्न धनकुटाको नाम्जे गाउँमा निर्माणाधीन जनजाति पार्क पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न नहुँदा अलपत्र परेको छ ।निर्माण सुरु भएको दश वर्ष बितिसक्दा समेत काम पूरा नहुँदा निर्माणाधीन उक्त पार्क अलपत्र परेको छ । सागुँरीगढी गाउँपालिका वडा नं. ६ थुम्कीस्थित नाम्जे गाउँमा निर्माणाधीन यस पार्कमा अहिलेसम्म प्रदेश सरकारको १ करोड ४४ लाख खर्च भइसकेको छ । २०४८ सालमा साविकको गाविस तथा स्थानीय नगर स्तरीय जनजाति महासंघको समन्वयमा निर्माण कार्य सुरु भएको थियो । तर आर्थिक बर्ष ०७५÷०७६ बाट भने स्थानीय पालिका तथा प्रदेश सरकारले लगानी सुरु गरेका थिए । स्
धरान / मुलुक आर्थिक सङ्क्रमणकालीन अवस्थामा गुज्रिरहेको अवस्थामा व्यवसायीहरु भने लगानीको खोजीमा रहेका छन् ।कोरोना सङ्क्रमणकालीन अवस्थापछि उद्योगी व्यवसायीहरु लगानी प्रवर्धन गर्ने कुरामा निरन्तर छलफलमा जुटेका छन् । सङ्क्रमणकालीन अवस्थामा राज्यबाट कुनै सहयोग प्राप्त नभए पनि लगानी गर्न उत्सुक छन् । अहिलेको विषम परिस्थितिमा चुनौति धेरै भएपनि सम्भावना भने अझै रहेको उनीहरुले छलफलका क्रममा बताएका छन् । सुनसरी उद्योग वाणिज्य संघमा आयोजित ‘पर्यटनको सम्भावना, चुनौति एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत’ विषयक कार्यशाला गोष्ठीमा सहभागी उद्योगी एवम् व्यवसायीहरुले सुरक्षा, सरकारको व्यव
मोरङ / नेपाली सेनाले ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । विराटनगर–१८ भेडियारीमा आइतबार आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई पूर्वी पृतनाका उपरथी एवं पृतनापति डा. आशबहादुर तामाङ र २ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेशकुमार थापाले संग्रहालय भवनको चाबी हस्तान्तरण गरेका हुन । दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा हस्तान्तरण कार्यक्रम भएको थियो । नेपाली सेनाको भैरव गण मोरङले ऐतिहासिक सम्पादालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ
संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिकाको ६ नं वडामा पर्ने वाना भाङ्टारमा सिद्धदेवी पाथिभरा माताको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । फागुन २१ बाट सुरु भएको प्राणप्रतिष्ठा बिहीबार समापन गरिएको हो । देवीको प्राणप्रतिष्ठा पण्डित खेमनाथ दाहाल नेतृत्वमा विधिवत् रुपमा गरिएको हो । प्राणप्रतिष्ठाको अघिल्लो दिन सिद्धदेवी पाथिभरा माता र सिद्धेश्वर महादेवको साथै अन्य देवी देवताहरुको प्राणप्रतिष्ठाको लागि कलश यात्रा गरिएको थियो भने जलवास गराइएको थियो । त्यसपछि अनादी वास, फलादी वास, घिर्तादी वास गर्दै विहिवार विधिवत रुपमा प्राणप्रतिष्ठा समापन गरिएको हो ।सिद्धदेवी पाथिभरा संरक्षण संस्थाले आयोजना गर