पर्यटन

    Showing 231-240 of 515 items.
  • धरान–लेउती सुरुङ मार्ग के हुन्छ ? (भिडियो अन्तरबार्ता )

    धरान/ सुनसरीको धरान र धनकुटाको लेउती सम्म दु्रत मार्गले जोड्ने धरान –लेउती खोलासम्मको सुरुङ मार्ग निर्माण अन्यौल भएको छ ।४ बर्ष सम्म पनि उक्त आयोजनाका लागि निर्माणको काम अघि बढ्न नसकेपछि अन्यौल भएको हो । जोगवनी किमाथांका सडकको दूरी र समयलाई छोट्याउने सुरुङ मार्गका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली वि.सं २०७८।०७९ को बजेटको नीति तथा कार्यक्रम अन्र्तगत नै सुरुङमार्गका लागि बजेट वक्तव्य मार्फत नै बजेट विनियोजन गरेको. थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेट वक्तव्यको २९६ नम्बर बुँदामा उक्त कुरा उल्लेख गरेको गरेका थिए भने त्यसबेला दुई वटा आयोजनालाई बजेट बक्तव

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 3,251 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कञ्चनजंघामा पर्यटकको सङ्ख्या वृद्धि

     ताप्लेजुङ/  पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो। आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ। वर्षभरि कञ्चनजंघा क्षेत्रमा दुई मुख्य पर्यटकीय मौसम छन्। पहिलो याम चैत, वैशाख र जेठमा हुन्छ भने दोस्रो भदौदेखि मङ्सिरसम्म चल्छ। यस वर्षको भदौदेखि सुरु भएको याममा हालसम्म करिब सात सय ५० विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा पुगेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा जाँचचौकी (चेकपोष्ट) कार्यालयको तथ्य

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुखानीका सहिद एक्लिँदै

    झापा/  आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको सुखानी सहिद स्मृति पार्कमा आर्थिक वर्ष २०७९/८० को तुलनामा  पर्यटक आवागमन घटेको छ । पार्कको मुख्य आकर्षणका रूपमा रहेको वाटर ‘म्यूजिकल फाउण्टेन’ बाट रात्रिकालीन सेवा दिन नसकेपछि पर्यटक घटेका पार्कका सहायक व्यवस्थापक योगेन्द्र रिजालले बताए । उनका अनुसार आव २०७९/८० मा रात्रिकालीन फाउण्टेन सञ्चालन हुँदा दुई लाख २१ हजार आन्तरिक तथा बाह्य पर्यटक पार्कमा आएका थिए । उक्त वर्ष टिकट शुल्कबापत रु एक करोड १० लाख सङ्कलन गरेको उनले जानकारी दिए ।फाउण्टेनमा समस्या आएसँगै दिवा सेवा मात्र सञ्चालन गर्न थालेपछि गत आवमा एक लाख ८४ हजार मा

    • प्रकाशित मितिः कार्तिक २८, २०८१
    • 523 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अष्ट्रेलियाकै सबैभन्दा ठूलो नेपाल महोत्सव हुने

    सिड्नी/ आगामी मंसिर ८ गते सिड्नीमा अष्ट्रेलियाकै सबैभन्दा ठूलो नेपाल महोत्सव हुने भएको छ। प्रत्येक २ वर्षमा आयोजना हुने महोत्सव यसपालि सिड्नीकै मुटु डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुँदैछ। नेपाली कला संस्कृति रितिरिवाज तथा नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गरी अष्ट्रेलियामा बस्ने नेपालीबीच सद्‍भाव एकता र भाइचार बढाउनका लागि महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समिति एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले जानकारी दिए।करिब पचास हजार दर्शकले अवलोकन गर्ने महोत्सवको तयारी ६ महिना अगाडिबाट तिब्र पारिएको थियो। नेपाल र नेपाली परम्परा, संस्कृति, भेषभुसा र खानालाई बाहिरी मुलुक

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 454 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा आजदेखि चार दिन सम्म एकादशी मेला शुरु

    धरान । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यसवर्ष आज मङ्गलवार एकादशीको दिनबाट सुरु भई ३० गते शुक्रवार पूर्णिमाको दिनसम्म ४ दिन सम्म शुरु भएको छ । भारतका बिभिन्न क्षेत्र  कुरुक्षेत्र तथा नेपालका मुक्ति क्षेत्र र वराहक्षेत्रलाई संसारको चारधामको रूपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तीर्थयात्री आउने गरेका छन् । यस वर्ष मेला भर्न भारत लगायतका देशहरूबाट चारदेखि पाँच लाख तिर्थालु आउने अनुमान गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 630 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह

    गोविन्द वस्नेत धरान । चिकित्सकको विरामी प्रतिको व्यवहारप्रति व्यापक जनगुनासो आइरहेकोप्रति प्रधानमन्त्री एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले चिकित्सा क्षेत्रलाई सेवामुलक बनाउन दिक्षित विद्यार्थीहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री एवम् कुलपति ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औ दीक्षान्त समारोहमा दिक्षित हुने विद्यार्थीहरुलाई दीक्षित गरिसकेपछि सो कुरा बताएका हुन् । उनले नेपालको चिकित्सा क्षेत्रमा धन कमाउने होडबाजी चलेकोप्रति इंगित गर्दै मुलुकमा शैक्षिक माफिया, स्वास्थ्य माफियाहरुले चलखेल गर्ने गरेकोले यस्ता कार्यलाई नेपाल सरकारले रो

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 626 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज हरिबोधिनी एकादशी व्रत, तुलसीको बिवाह

    ठुलो एकादशीहरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो । भगवान् विष्णु उठ्ने एकादशीजनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ । तुलसीको विवाहको दिनआजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 701 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरिबोधनी एकादशीको अवसरमा‘माईपोखरी बहुधार्मिक महोत्सव’ हुँदै

    इलाम/ सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयमिक अनुसन्धान स्थलका रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताउनुभयो । यही कात्तिक २६ र २७ मा सञ्चालन हुने महोत्सवमा विभिन्न हिन्दू, बौद्ध र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारण समेत गर्ने उहाँले जानकारी दिनुभयो । “माईपोखरीको पर्यटन प्रवर्द्ध

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 378 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केराबारीमा उराव जातिको आफ्नै भाषामा देउसी

    गोविन्द वस्नेत  धरान । आदिवासी जनजातिमा सूचिकृत उराव समुदायले आफ्नो जातिको उत्थान, प्रवद्र्धन र सांस्कृतिक जागरण जनमानसमा पु¥याउन हरेक सार्वजनिक कार्यक्रममा आफ्नो भाषा सँस्कृतिलाई प्रचलनमा ल्याउन थालेका छन् । बहुभाषिक, वहुजातीयको बसोबास रहेको नेपालमा उराउहरुले समेत आफ्नो पहिचान स्थापित गर्न जातिको उत्था, प्रवद्र्धन र साँस्कृतिक जाँगरणलाई अगाडि बढाएका हुन् ।उराव आदिवासी जनजातिभित्रको पनि लोपोन्मुख जातिभित्र पर्छ । आदिवासी जनजाति आयोग पुल्चोक ललितपुरले आ. व. २०७७÷०७८ को वार्षिक प्रतिवेदनमा सुनसरी र मोरङ्गमा रहेका झाँगड (उराव), अति लोपोन्मुख भनि सूचीकृत गरिएको पाइन्छ । उनीहरुले

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राष्ट्रिय फोटो पत्रकारको १३ औँ अधिवेशनः अध्यक्षमा फेरी प्रदीपराज

    काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेको २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशन आइतबार काठमाण्डौमा भएको छ । अधिवेशनले पुनः प्रदीपराज वन्त निर्विरोध चयन गरेको छ । समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन हुनुभएको छ । केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन हुनुभएको छ । विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 498 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved