धरान । माया गर्ने नाटक गर्दै पटक पटक यौन शोषणा गर्ने सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ का महेन्द्र प्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको छ । पिडित महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलिले उनलाई पक्राउ गरेको हो । उनले विभिन्न प्रलोभन देखाउँदै माया गर्ने नाटक गरि नसालु पदार्थ समेत सेवन गराई पटक पटक जबरजस्ती करणी गरेको आरोप लागेको छ । उनलाई पिडित महिलाको उजुरीका आधारमा मुलुकी संहिता ऐन २०७४ बमोजिक जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धरान । अवैध रुपमा सुनसरीको दक्षिण क्षेत्रबाट ल्याउदै गरेको विष्फोटक पदार्थ पटका सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ स्थित पुष्पलाल चौकमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिइ गएको प्रहरीको टोलिले विहिबार ४ वटा बोरा भित्र ५६ बण्डल नागिन लेखिएको विष्फोटक पदार्थ पटाका फेला पारेको हो । रातको समयमा को २२ प ३००२ नम्बरको मोटरसाइकल र को १ ह ७२६० नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । पटाका ल्याउँदै गरेका इनरुवा नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २२ को मोटरसाइकल चालक सतम अन्सारी, हरिनगर गाउँपालिका २ का वर्ष २० का दि
इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले भारी मात्रामा अवैध रूपमा भन्सार छली ल्याइएको निलो रेडबेल सहित एक ब्यवसायीलाइ नियन्त्रणमा लिएको छ । भन्सार छलेर नेपाली बजार भित्र्याइएको करीब २ लाख २० हजार मुल्य बराबरको ६ बोरा रेडबुल प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीले इटहरी उपमहानगरपालिका ४ बाट झापाको दमक नगरपालिका ८ बस्ने ४०बर्षीय कमल दाहालसहित प्लाष्टिकको सेतो बोरामा भारतमा निर्मित निलो रेडबुल भन्सार छलि ल्याउदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको गस्ती टोलिले बोरामा रहेको सामान बारे सोधपुछ गर्दै चेकजाच गर्दा भन्सार छलेर ल्याएको प्रमाणित भएपछि दाहाललाई पक्राउ गरी आवश्यक कारवाहिका लागि भन्
विराटनगर । जर्बजस्ती करणीका घटनामा संलग्न तीन जना प्रतिवादीलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं. ३ सिमपानेका चक्रबहादुर चौधरी, सकुमान तामाङ छन । कात्तिक १३ गते राति अन्दाजी पौने १२ बजेतिर मोरङ बेलबारी नगरपालिका वडा नं १ अमना सिसौलीको जंगलमा वेलबारी नगरपालिका वडा नं ३ बस्ने वर्ष २१ को सुमन भन्ने सुकमान तामाङले सोही ठाउँका बर्ष ५० को चक्र बहादुर चौधरीको सहयोगमा १४ वर्षीया नावालकमाथि जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ । प्रतिवादी सुकमान तामाङ सहयोगी चक्र बहादुर चौधरी समेतलाई जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय
इलाम/ इलाम नगरपालिका सातमा निर्माणधिन सिटिमार्टको नालीमा सेफ्टी टेड्ढी बगाउने पाँच घरलार्ई नगरपालिकाले कार्वाहीगर्ने भएको छ । सिटिमार्टको नालीमा सेफ्टी टेड्ढी बगाउने धनमान बराईली,दुर्गा श्रेष्ठ मदन,कल्याण खाकी,इश्वर चिपालु र राजेन्द्र श्रेष्ठ रहेको इलाम नगरपालिकाले जनाएको छ । उनीहरुको घरमा भएको सेफ्टी टेड्ढीदेखि पाईप जडान गरेर नालिमा लगाएको पाएपछि कार्वाही गर्ने भएको हो । गरपालिकाले अनुसूची १६ को ऐनको दफा १७ अन्र्तगर्त सार्वजनिक नाली तथा ढलमा जथाभावी सेफ्टी टेड्ढीको मल बगाएमा वा जथा भावी फोहोर मैला थुपारेमा फोहोर मैला विधेयक व्यवस्थापन विधेयक , नियमावली अनुसार पहिलो पटकलाई एक हजार रुपैय
धरान । छुट्टा छुट्टै स्थानमा जबरजस्ती करणी गरि फरार रहेका दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । गत कार्तिक १३ गते ९ वर्षकी बालिकालाई बलात्कार गरि फरार रहेका धनकुटाको महाभारत गाउँपालिका वडा ४ आस्को घर भई हाल इटहरी १९ मा ससुराली घरमा बस्दै आएका वर्ष ५० का कुमार भन्ने बुद्धे राईलाई प्रहरीले कार्तिक १५ गते पक्राउ गरेको छ । त्यसै गरि गत वर्षको मंसिर ५ गते इटहरी उपमहानगरपालिका वडा नम्बर ५ मा सार्वजनिक बाटोमा वर्ष २५ की महिलाई डर त्रास देखाई जबरजस्ती करणी गरि ५७ हजार ५ सय रुपैया समेत लुटेर फरार रहेका सुमन चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ कै चौधरीलाई सुनसरी जिल्ला अदालत
विराटनगर ।मोरङको केराबारी गाउपालिका स्थित हरी एग्रीकल्चर एण्ड लाइब स्टक सेन्टर प्रा ली बाट जुवाडेहरु पक्राउ गरेपनि प्रालीका मुख्य सञ्चालकलाइ भने प्रहरीले उन्मुक्ति दिएको छ । प्रालीका मुख्य सञ्चालक हरि भट्टराईलाई हाल सम्म प्रहरीले पक्राउ गरेको छैन । प्रहरीले पक्राउ परेका भुपेन्द्र भट्टराई प्रालीको मुख्य सञ्चालक बताउदै आएको छ । तर प्रालीका मुख्य सञ्चालक भने हरि भट्टराई हुन । कृषि कर्मकै बदनामी गराउने गरी कृषिफार्ममा जूवाजन्य गतिविधि गराएको प्रति मोरङको केराबारीका बासिन्दाले संलग्नलाई कडा कार्वाही गर्नुपर्ने बताएका छन । गाउँपालिका र कृषिकर्मको आड लिएर भएको यस्तो गतिविधि सहन नसकिने जनप्रतिन
विराटनगर । नगदर रु. ८ लाखसहित मोरङ केराबारी गाउँपालिकामा तास खेलिरहेका पाँच जना पक्राउ परेका छन । वडा नं. ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा हानेको थियो । प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा केराबारी गाउँपालिका वडा नं. ६ बर्ष ६० को भुपेन्द्र भट्टराई र वर्ष ४३ को बोधराज मगर, सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३६ को अरूण केसी, धरान ६ बस्ने वर्ष ३६ को हरी खत्री र धरान १५ बस्ने बर्ष ३८ को शैलेस भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङक
धरान । भन्सार छलि गरि ल्याएका अवैध लत्ता कपडा सहितका सामानहरु प्रहरीले भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । सुनसरीका जिल्लाका विभिन्न युनिटबाट खटिएको प्रहरीको टोलिले भारतीय सिमावर्ती नाकाहरुबाट नेपाल तर्फ अवैध ढंगले भित्र्याउँदै गरेको अवश्थामा पक्राउ गरेको छ । विभिन्न किसिमका करिब १ लाख ६ हजार दुई सय पचपन्न मुल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, साइकलका स्पेयर पार्टसहरु बरामद गरेको छ । बरामद भएका सामानहरु सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाईएको जनाएको छ ।
विराटनगर । जर्बजस्ती करणी गरेको आरोपमा फारार अभियुक्तलाई प्रहरीले मोरङमा पक्राउ गरेको छ । उनलाई रुपन्देहीको तिलोत्तममा नगरपालिकामा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार २०७६ माघ १५ गते अन्दाजी राति ९ बजे मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा न. ०७ बडहरामा एक बािलकलाई बुढीगंगा गा.पा वडा न.०६ वस्ने वर्ष १९ को सन्देश लिम्बू समेतका ५ जना मानिसहरुले समुहिक रुपमा जबरजस्ती करणी गरेका थिए । मुद्दाको अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न रही पक्राउ परेका ४ जना प्रतिवादीहरु मध्येका सन्देश लिम्बु र टंके भन्ने कुमार राईलाई पुर्पक्षको लागि कारागार चलान गरिएको थियो । तर, दुई