धरान । सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले बुधबार अवैध लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएका प्रहरी टोलिले इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशाबाट ४ जना र इनरुवाकै वडा नम्बर १० बाट एक जनालाई पक्राउ गरेको जनाएको छ । बुधबार साँझ विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलिले इनरुवा नगरपालिका वडा नम्बर मधेसा बस्ने नारायण खड्का, सुनिल मोची, सुरेस मोची र निसान मगरलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलेक्स डिसि १०० एमएलको १४ बोतल, स्पास्मो प्रोक्सीभोन ८ क्याप्सुल, निट्राभेट १० लेखिएको १५ ट्याब्लेट, विभिन्न कम्पनीको
इटहरी । सुनसरीको बराहक्षेत्र-७ बोराबाध स्थितबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका(५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी रहेका छन ।हिजो साँझ ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले को ४ प ३३६६ नम्बरको मोटरसाईलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ३ ग्राम २२ मिलिग्राम खैरो हिरोईन ब्राउनसुगर लागुऔषध फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसरी लागुऔषध सहित पक्राउ
विराटनगर । मोरङको उर्लाबारीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित ९ जना पक्राउ परेका छन । उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने छोमाई तामाङको घरमा ब्राउन सुगर र गाँजा विक्री बितरण तथा सेवन गरिरहेको सूचनाका आधारमा ईप्रका उर्लाबारीबाट खटिएको प्रहरी टोलीले छापा हानी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेहरुमा उर्लाबारी न.पा. ७ स्कुलडाँडा बस्ने वर्ष २१ की ममता तामाङ,उर्लाबारी न.पा. ७ बरगाछी बस्ने वर्ष २४ को मिलन याक्सो, उर्लाबारी न.पा. ९ भोटेपुल बस्ने वर्ष २८ को आकास लिम्बू, उर्लाबारी न.पा. ७ बरगाछी टोल बस्ने वर्ष १९ को असिम लिम्बू,झापा दमक न.पा. ७ बजार लाईन
धरान/ गत साउनमा जर्बजस्ती करणी गरि फरार भएका एक अभियुक्तलाई प्रहरीले चार महिना पछि पक्राउ गरेको छ । साउन १ गते कटहरी गाउँपालिका ३ को खयरवाना टोल भित्रि बाटोमा एक युवतीलाई जर्बजस्ती करणी गरि फरार भएका मोरङ जहदा गाउँपालिका ५ का विशाल सोनार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार युवतीलाई प्रलोभनमा पारेर जर्बजस्तीकरणी करणी गरि फरार भएका उनलाई मंगलबार प्रहरीले रंगेली नगरपालिका ७, मधुबतीबाट पक्राउ गरि अनुसन्धान अगाडी बढाइएको छ ।
सुनसरी । चाडपर्वको बेलामा जुवा तास खेलिरहेको अवश्थामा उदयपुर प्रहरीले नगद सहित ९ जनालाई पक्राउ गरेको छ । शनिबार उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० करमगाटि स्थित प्रेम भट्टराईको घरमा जुवा खेलिरहेको अवश्थामा सुनको सिक्री, औठी सहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुृरले जनाएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट बिशेष प्रहरी टोलि खटीगई तास १ बुङ, मोबाईल १७ थान ,कौडा (१९ वटा, मोटरसाइकलको ६ थान चाबी, सुनको सिक्री २ थान , सुनको औंठी ३ थान , कृषि बिकास बैंकको १ लाखको चेक, नबिल बैंकको २ लाख दस हजारको चेक, नगद रु।२ लाख ४७ हजार १ सय १७ रुपैया नगद सहित पक्राउ गरेको
इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाको खास मान्छे भन्दै अवैध रूपमा रकम असुल्दै हिडने एक जना ठगलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वसाधरणहरूलाइ एसपी थापाको मुख्य मान्छे रहेको र ठुला मुद्धा मात्रै हेृने भन्दै अवैध रकम असुलि गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सुनसरीको बिशेष टोलिले बिकास भनिने बिक्रम गुप्तालाइ शुक्रबार बिहान पक्राउ गरेको हो । गुप्ताले सुनसरीको इनरूवा , भण्टावारी लगायतको स्थानमा रहेका ब्यवसायीहरूबाट प्रहरीको नाममा रकम असुलेको अनुशन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए । एसपीको नाम गरेर र प्रहरी
धरान । भारतबाट भन्सार छली गरि ल्याएको २६ बोरो चिनि सहित इलाका प्रहरी कार्यालय पकलीको टोलिले एक टाटाको पिकअप फेला पारेको छ । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ३ का रोकी राखेको अवश्थामा प्रदेश ३–०१–०२३ च ५९३८ नम्बरको टाटाको योद्धा पिकअपमा चेकजाँच गर्दा २६ बोरा चिनी फेला पारेको छ । चिनि भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको हुन सक्ने आशंका गरिएको छ । कुल १ हजार २ सय ९० किलोग्राम चिनि र पिकअप पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पिकअपको १५ लाख रुपैया र चिनिको ६४ हजार ५ सय रुपैया अनुमान गरिएको छ । बरामद सामग्री आवश्यक कारवाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्धुकोश
धरान । सूर्तीजन्य पदार्थ ऐन २०६८ अनुसार सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक स्थल, स्वास्थ्य संस्था लगायतका क्षेत्रको एकसय मिटर वरपर सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । तर धरानमा भने अधिकांश विद्यालय वरिपरि होटल, रेष्टुरेन्ट, विभिन्न किराना पसलहरु संचालनमा छन् । कतिपय विद्यालय ले भाडामा दिएका पसलहरुमा खुलेआम सुर्ति जन्य पदार्थहरु बिक्रि वितरण गरिरहेका छन् । विद्यालय परिसरमा खुलेआम बिक्रि वितरण भईरहेका मादक पदार्थ, सुर्तिजन्य पदार्थहरु बिक्रि वितरण भईरहँदा सम्बन्धित निकायले कारवाही गर्न नसक्दा विद्यार्थीहरु कुलतमा फस्दै गएका छन् । सरकारले ऐन नै लागु गरे पनि स्थानी
धरान । चाडपर्वको समयमा जुवातास खेलिरहेको अवश्थामा प्रहरीले छापा मार्दै पक्राउ गर्ने अभियानलाई तिब्रता दिएको छ । केही दिन अघि मोरङको केराबारीमा तास खेल्दै गरेको अवश्थामा ठुलो समुहलाई पक्राउ गरेको थियो । पुनः प्रहरीले दुहबी नगरपालिकामा तास खेलिरहेको अवश्थामा ९ जनाको समुहलाई पक्राउ गरेको छ । प्रहरीले सुनसरीको दुहबीबाट तास खेलिरहेका अवश्थामा ९ जनालाई पक्राउ गरेको हो । दुहबी नगरपािलका ३ स्थित आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेका अवश्थामा उनीहरुलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दुहबी ३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ३६ बर्षीय मंगल साह, ३६ बर्षीय
धनकुटा÷गाडीमा राखेर धनकुटातर्फ ल्याउँदै गरेको दुई गाडी अबैध सामान प्रहरीले बरामद गरेको छ । राजश्व छलेर विराटनगरबाट मारुती भ्यानमा धनकुटा ल्याउँदै गरिएको सुर्तीजन्य पदार्थ र धरानबाट बिलबिजक बिना पिकअपमा राखेर ल्याईदै गरेको बिस्कुट प्रहरीले बरामद गरेको हो । धनकुटाको जिरोप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बा. ३३ च ४२९६ नम्बरको मारुती भ्यानमा राखेर ल्याईदै गरेको अवस्थामा बिभिन्न नामका तयारी खैनीका प्याकेट र गुट्का फेला परेको हो । धनकुटा बजारसहित हिले, बसन्तपुर लगायतका स्थानमा बिक्रीका लागि ल्याउँदै गरेको करिब २ लाख ५० हजार मुल्य बराबरको सुर्तिजन्य पदार्थसहित भ्यान चालक बिराटनगर–४ जामुन