स्वास्थ्य

    Showing 971-980 of 2,446 items.
  • रंगेली मा गाँजा र हरिणको सिङ सहित महिला पक्राउ

    मोरङ/ मोरङ रंगेली नगरपालीका ७ स्थित निचामारी बस्ने वर्ष ५५ कि सागर देवी को घरमा लुकाई छिपाई राखिएको अवस्थामा १ केजी ६ सय ९७ ग्रम गाँजा सहित ४ थान हरिणको सिङ जस्तो देखिने बस्तु प्रहरीले बरामद गरेको छ । गैरकानूनी क्रियाकलाप भैरहेको गोप्य सुचना पाएपछि निजको घर खानतलासी गर्दे उक्त सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । निजलाई थप अनुसन्धान का लागि म्याद थप गरि लागू ओैषध बिक्रीवितरण तथा ओसार पोसार मा मुद्दा दर्ता गरिने ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले बताए ।

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 690 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला सहकारीद्वारा मोतिबिन्दुको निःशुल्क सल्यक्रिया

    बराहक्षेत्र/ महिलाहरुको बयरबन महिला बचत तथा ऋृण सहकारी संस्था लिमिटेडले एक दिने निःशुल्क आँखा शिविर संचालन गरेको छ । बराहक्षेत्र नगरपालिका वडा २ बयरबनको सखुवागाछी स्थित संस्थाको कार्यालय भवनमा सोमबार गरिएको शिविरमा इटहरीको वडा ४ स्थित नव दृष्टि आई हस्पिटल प्राली वाट आएका ६ जना चिकित्सकले जाँच गरेका थिए । डाक्टर राकेश थापाको नेतृत्वमा आएका डा. अन्जली साह, निरन राई, सीता लिम्बु, अर्जुन मांझी र इन्द्र गिरिले १ सय ६२ जनाको आँखा जाँच गरि निःशुल्क औषधि बितरण गरेका थिए ।जाँच गरिएका मध्य २० जनामा मोतिविन्दु भेटिएको थियो । ८ जनाको सोही दिन हस्पिटलको गाडीमा राखी इटहरी स्थित नव दृष्टि आई हस्पिटलम

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 917 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेयर कोइरालाको पहलमा अलपत्र महिलाको उद्धार

    विराटनगर/  विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा परिवारको जिम्मा लगाइएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा ८५ वर्षीया तारादेवी पोद्धारको उद्धार गरी महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र परेकी महिलाको बारेमा मेयर कोइरालालाई जानकारी गराएपछि तत्कालै नगर प्रहरीले उद्धार गरेको थियो । मेयर कोइरालाको निर्देशनमा नगर प्रहरीले गाडीमा राखेर विभिन्न स्थानमा पु¥याएर महिलाको घरका विषयमा सोधीखोजी गरेको थियो । एकजना व्यक्तिले उनलाई चिनेपछि घरको पहिचान भएको थियो । विराटनगर–३ दुर्गाचोकस्थित घ

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बिकाशका चिन्तक प्रभु श्रेष्ठको निधन

    धरान / धरानका सामाजिक व्यक्तित्व तथा धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठको निधन भएको छ ।  काठमाडौंमा रहेका धरानेहरु जुटाएर धरानको विकास निर्माणमा हातेमालो गर्ने उद्देश्यले स्थापित धरान सरोकार समाजका अध्यक्ष रहेका श्रेष्ठले धरानको विकास निर्माणका लागि राजधानीमा बसेर उल्लेख्य काम गरेका थिए ।  उनले धरानको विकास, निर्माणमा सहयोग पुरयाउन धरान सरोकार समाज गठन गरेका थिए । मृगौला रोगबाट पीडित उनको सोमबार दिउँसो निधन भएको छ ।  धरान–२ पुरानो बजारस्थित आफ्नै निवासमा मृगौलाको डायलासिस गराइरहेका उनी घरमै लडेपछि उनको टाउकोमा चोट लागेको र धरानस्थित बीपी कोइरा

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 818 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपी प्रतिष्ठानको समस्या सहजीकरणका लागि सुनसरीका माननीयको मुख्यमन्त्रीलाई ध्यानाकर्षण

    विराटनगर,/ पछिल्लो समयमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आन्दोलनले यहाँको स्वास्थ्य उपचार र शैक्षिक कार्यक्रम अलपत्र परेको भन्दैं सुनसरी जिल्लाबाट निर्वाचित नेकपा एमाले सम्बद्ध प्रदेशसभा सदस्यहरुले कोशी प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्न् । आइतबार मुख्यमन्त्री केदार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदैं यहाँ भएको आन्तरिक समस्या सुल्झाउन संघीय सरकार र पदाधिकारीसँग आवश्यक समन्वय र सहजिकरण गर्न आग्रह गरेका हुन । स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्च शिक्षा अध्ययन अध्यापन अनुसन्धान तथा स्वास्थ्य उपाचारको लागि धेरै महत्त्वपूर्ण संस्था हुँदाहुँदै पनि सो संस्था व

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 528 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालमा स्तन क्यान्सर अत्याधिक देखिन थालेको चिकित्सकको भनाई

    धरान/ महिलाहरुलाई पछिल्लो समय स्तन क्यान्सरको समस्या अत्याधिक देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै चिकित्सकहरुले हेलचेक्र्याई नगर्न सुझाव दिएका छन् । लियो क्लब अफ घोपाको आयोजनामा धरान १७ को स्वास्थ्य केन्द्रमा स्तन क्यान्सरसम्बन्धी सचेतना कार्यक्रममा चिकित्सकले यस्तो सुझाव दिएका हुन् । स्तन क्यान्सर विशेष गरेर महिलामा हुने रोग हो । यो रोग लागेपनि धेरै महिलाहरुलाई रोगको विषयमा थाहा नहुँदा धेरै महिलाहरुले ज्यान गुमाउनु परेको छ । तर शुरुमै यसको उपचारसँगै आत्मबल बढाउन सके यो रोग सामान्य भएको चिकित्सकरुले बताएका छन् । सो अवसरमा बोल्दै स्तन रोग विशेषज्ञ डा. शारदा खड्काले समयमै जाँच गराउन न

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्व क्यान्सर दिवसमा साइकल यात्रा

    धरान/ आज विश्व क्यान्सर दिवस । प्रत्येक बर्ष यस दिन नेपालमा कुनै न कुनै प्रकारको सचेतनात्मक कार्यक्रम हुने गरेको छ । यसै क्रममा धरान साइकिलिङ क्लबले भने विराटनगरसम्मको सचेतनात्मक र्‍यालीको आयोजना गरेका छन् । धरान साइकिलङ क्लबमा आवद्ध तथा अवुद्र्ध निवारण संघका पदाधिकारी, बीपी कोइराला स्वास्थ्य विज्ञानका चिकित्सक तथा नर्सलगायतको टोली विराटनगर प्रस्थान गरेको हो । विहान ८ बजे यो टोली धरानबाट विराटनगरतर्फ प्रस्थान गरेको हो । साशासिक खेलको रुपमा साकइलिङ प्रतियोगिताको आयोजना गर्दै आएको क्लबले प्रतिष्पर्धात्मक प्रतियोगिता आयोजना भने गरकेो होइन । प्रत्येक बर्ष फेब्रअरी ४ मा आयोजना हुने विश्

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘बालबालिकाको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको प्राथमिकता’

    झापा/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताउदै उनले भने, ‘मैले दश वर्षमुनीका बालबालिकाको निशुल्क उपचारको व्यवस्था गरेर अपराध गरेको छु भन्ने लागेको छैन, धेरै योजना काटिएको भन्दै विरोध हुने गरेको छ, बालबालिकाहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउनु मेरो अपराध हो ?’ शनिवार झापाको कमल गाँउपालिकालाई बालमैत्री शाषनयुक्त पालिका घोषणा गर्दै सामाजिक विकास मन्त्री समेत रहेका

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 374 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीको मागको सम्बोधन हुन सकेन

    धरान/  लामो समयदेखि वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा कर्मचारीरुले आफूहरुको मागमा प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रहलाद कार्की गम्भीर नभएको बताएका छन् । उनीहरुले कामु उपकुलपति प्रा.डा. कार्कीसँगै सम्बन्धित पक्षले समेत आफूहरुको मागलाई गम्भीरतापूर्वक नलिएको बताएका हुन् । झण्डै एक महिनादेखि वृत्ति विकासको माग गर्दै प्रतिष्ठानका शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले चरणवद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले आफूहरुको आन्दोलनलाई सम्बन्धित पक्षले दबाउने प्रयास गरेको बताएका छन् । आफूहरुले पाउनै पर्ने बढ

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिनप्रतिदिन मृगौलाका विरामी बढ्दै

    धरान/  पछिल्लो समय मृगौलाका विरामी अत्याधिक बढेको पाइएको छ । धरानस्थित बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले समुदायमा गएर चेक जाँचलाई तिब्रता दिने क्रममा मृगौलाका विरामी बढेको बताएका छन् । मृगौलामा समस्या देखिएका रोगीलाई रोग भएको पत्तै नपाउने र समस्या आएपछि मात्र थाहा हुने भएकोले शुद्ध खानपान र व्यायमलाई बढी जोड दिन उनले शिविरमा आएकाहरुलाई सुझाव समेत दिदै आएका छन् । मेडिसिनका विज्ञ चिकित्सक समेत रहेका प्रा.डा. शर्माले दीर्घ रोगीहरुको उपचार समुदायमा गएर गर्दै आएका छन् । पछिल्लो समय यस्ता वर्गको उपचार सहज रुपमा होस् भन्ने मुख्य ध्येय लिएर उनल

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 530 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved