स्वास्थ्य

    Showing 961-970 of 2,446 items.
  • वराहक्षेत्र अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यमा उत्कृष्ट

    वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनरस्थापनाको लागि गर्दै आएको काम , योजना र कार्यक्रमहरुको अध्ययनकालागि कंग्गो , तान्जेनिया , नेदरल्याण्ड र केन्याका अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका प्रतिनिधिहरु आएका छन् । अपाङ्गताको क्षेत्रमा काम गर्दै आईरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था करुणा फाउण्डेशन मार्फत चार देशबाट पाच जना प्रतिनिधिहरु वराहक्षेत्र आएका हुन् । करुणा फाउण्डेसनमार्फत नेदरल्याण्डबाट रेनी बियोडेशन , तेन्जिनियाबाट एग्नीस , जेवेश मडमी , कंङ्गोबाट किरुदरा जेम्स र केन्याबाट एन्डफेन आएर अध्ययन , अवलोकन तथा सिकाईकालागि आएको सामाजिक बिकाश साखाका

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 582 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्यक शिक्षा आधारभूत विद्यालयमा न्यानो कपडा वितरण

    धरान/ श्री सम्यक शिक्षा आधारभूत विद्यालय धरान १७, उदयटोलमा समाजसेवी शरिन तामाङ्गको पहलमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । समाजसेवी दलबहादुर बहादुुर खड्का, सुुमन श्रेष्ठ, रमेश खत्री र नाम खुलाउन नचाहेका दुई जना सहित धरान माडवारी युवाका अध्यक्ष तथा वडा नम्बर २ को वडा सदस्य दिनेश कुमार अग्रवालको तर्फबाट गरी जम्मा ६० थान न्यानो कपडा, ५० थान टोपी र २० थान जुुत्ता वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा मारवाडी युवा मञ्च धरानका महासचिव तथा मारवाडी युवा संगठनका केन्द्रिय सदस्य चन्द्र अग्रवाल तथा मारवाडी युवा मञ्चका कोषाध्यक्ष मनिष बंशलको उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 502 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुर्तिजन्य वस्तु विक्री वितरणमा रोक लगाउन बजार अनुगमन

    धरान/ धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु बिक्रि वितरण र प्रयोगमा रोक लगाएसँगै अनुगमन गरेर वरामद गर्ने र नराख्न सम्झाउने कामलाई तिब्रता दिएको छ । मोरङको विराटनगर उपमहानगरपालिका, काठमाण्डौ महानगरपालिका लगायतका स्थानमा नगर स्तरीय निर्णयबाट रोक लगाएसंगै धरानमा पनि नियन्त्रणका प्रयास थालेको हो । गत २९ पौषमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक स्थलमा सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । सोही अनुरुप नगर प्रमुख हर्क सम्पाङले १५ दिने सार्वजनिक सूचना निकालेर सबैलाई जानकारी समेत गराएका थिए । आइतबारदेखि बजारमा भएका किराना पसल, पान पसलहरुमा

    • प्रकाशित मितिः फागुन १, २०८०
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक इट्टा अभियानमा सहयोगको अपिल

     इटहरी/ सुनसरीको इटहरी उपमहानगर २ स्थित माया घर नेपालले भिन्न कारण बस सडकमा कष्टकर जीवन बिताएकाहरूलाई उद्धार गर्दै आएको माया घरले यो साता ५ जनाको उद्धार गरेको हो । धनकुटा आलेगाउकि २७ वर्षीया मनु राई ,धनकुटाकै विश्रान्ति आश्रमकी ६३ वर्षीया सुकुमाया लिम्बु ,इटहरीबाट ७० वर्षीय टेक बहादुर लिम्बु , इटहरीकि ५३ वर्षीया मिठु खतिवडा , र इटहरी खनारकि ३७ वर्षीया रिता गिरिलाई उद्धार गरी माया घर ल्याइएको हो । उद्धार गरिएका मध्ये टेक बहादुर र रितालाई २४ घण्टा भित्रै परिवारको जिम्मा लगाइएको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन । त्यस्तै यो साता माया घरमा ५ जनाले आ आफ्नो जन्मदिन मनाएक

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र ८नं वडाद्वारा निःशुल्क आँखा शिविर

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं.८ सैनिक स्थित वडा कार्यलयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ। नगरपालिका कार्यालयले रामलाल गोल्छा आँखा अस्पताल विराटनगरसँग सहकार्य गरेर उक्त शिविर आयोजना गरेको हो । नगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण मेहताका अनुसार १ सय ३९ जना सेवाग्राहीहरूले शिविरमा आएर सेवा लिएका थिए । ती मध्ये ३७ जनाको आँखामा मोतिया बिन्दु रोग पहिचान भएको छ । उनीहरूको निःशुल्क शल्यक्रिया गरिने र अप्रेसनको लागि आज नै २९ जनालाई अस्पताल लगिएको छ । बाँकी ८ जना प्रेसर, सुगर र मुटुको समस्या भएकाहरू तथा पारिवारिक कारणले आज जान नसकेको र उनीहरूको पनि निःशुल्क शल्यक्रिय

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वी पी प्रतिष्ठानमा विवाद समाधान छ बुँदे सम्झौता पछि सेवामा फर्किए

    धरान/ विगत २७ दिन देखि भद्र अवज्ञा गर्दै आन्दोलनमा रहेका वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र व्यवस्थापन पक्ष बिच ६ बुँदे सहमति भए पछि चिकित्सक र कर्मचारीहरु काममा फर्किएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कर्मचारी समाज संयुक्त संघर्ष समिति बीच शनिबार पुनः वार्ता बसेपछि ६बुँदे सहमति भएको हो प्रतिष्ठानको व्यवस्थापन पक्षसँग वार्ता सौहार्दपूर्ण भएअनुरुप नै सहमति भएकाले शनिबारनै ३ बजे देखि सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरि काममा फर्किएको शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए । सहमतिपत्रमा कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार

    • प्रकाशित मितिः माघ २८, २०८०
    • 926 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतराधाममा सरसफाई, झाडु बोकेर निस्किए मेयर र जगदगुरु

    वराहक्षेत्र/ आगमि चैत्र – २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई सफल बनाउन नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्य झाडु बोकेरसंगै सरसफाइ कार्यमा निस्किएका छन् ।  बिहिबार बिहान प्राचीन हरिद्बार चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई केन्द्रीत गरेर नगरपालिकाले सरसफाई कार्यक्रम आयोजना गरेको थियो । कुम्भ स्तभ अगाडि , कुम्भ परिसर तथा घाट क्षेत्रमा गरिएको सरसफाई कार्यक्रममा नगर प्रमुख कार्की, नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्यसंगै नगर उप–प्रमुख नन्दक

    • प्रकाशित मितिः माघ २६, २०८०
    • 1,288 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अदालतको आदेश पछि पनि बीपीमा आन्दोलतरपक्ष काममा फर्किएनन्

    धरान/  विराटनगरको उच्च अदालतले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन रोकिएको छैन । बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खुले पनि शिक्षक तथा कर्मचारीहरु नै एक मत नहुदा आन्दोलन नरोकिएको हो । बढुवा प्रक्रिया विरुद्ध परेको मुद्दामा न्यायाधिश विपुल न्यौपाने र सुर्यनाथ प्रकाश अधिकारीको इजलाशले बुधबार आन्तरिम बढुवा सम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको हठर गरेको थियोे । उक्त इजलाशले प्रचलित कानुन वमोजिमको मापदण्ड एवं प्रक्रिया पुरा गरेर नियमित एवं आवध

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 995 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लायन्स क्लब अफ विजयपुरद्वारा मजदुर प्याकुरेललाई सहयोग

    धरान/ नौ बर्ष अगाडि दुर्घटनामा परी घाइते हुनु भएका पुण्य प्याकुरेलको जीवनयावत सहजताका लागि लायन्स क्लब अफ धरान विजयपुरले भान्सा कोठा निर्माण गरिदिएको छ । विगतमा समेत सहयोग जुटाएर घर निर्माण सम्पन्न भएको थियो । अहिले पुनः सहयोग मार्फत भान्सा कोठा निर्माण गरिएको हो ।उनको भान्सा कोठा लायन्स क्लब अफ धरान विजयपुरले बनाइदिएको हो । १ लाख दश रुपैयाको लागतमा क्लबकी अध्यक्ष उमा ताम्राकारले व्यक्तिगत रुपमा निर्माण गरी उक्त कोठा प्याकुरेलको परिवारलाई हस्तान्तरण गरिएको हो । क्लबले शुरुदेखि विभिन्न सहयोग पु¥याउदै आएको थियो । घाइते प्याकुरेललाई लाग्ने सम्पूर्ण औषधि, लत्ता कपडा, खाद्यान्न लगायतका स

    • प्रकाशित मितिः माघ २५, २०८०
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार गर्न स्वास्थ्यकर्मी घर-घरमा

    वराहक्षेत्र/  वराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु टोलटोलमा पुग्ने गरेका छन् । नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरुसंग समन्वय गरेर ३-३ महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परिक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य

    • प्रकाशित मितिः माघ २४, २०८०
    • 759 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved