धरान/ धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारको विषयमा अख्तियारले चासो देखाउदै खातापाता चेक गर्न थालेपछि प्रतिष्ठानका चारै जना पदाधिकारीे हतास मनस्थितिमा रहेका छन् । लामो समयदेखि प्रतिष्ठानकै कर्मचारी, चिकित्सक, विद्यार्थी, शिक्षक, नर्स लगायतले संयुक्त संघर्ष समिति गठन गरेर चारैजना पदाधिकारीले भ्रष्टाचार र अनियमितता गरेर प्रतिष्ठानलाई तहसनहस बनाएको भन्दै राजीनामा माग गरेपछि मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा जा“चबुझ तथा छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा पुन ः अख्तियारले छापा मारेर खातापाता चेक गर्न
विराटनगर/ प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाका सात वटा वडामा दैनिक संक्रमण दर शुन्यमा झरेको छ । महानगरमा जम्मा १९ वटा वडा रहेका छन् । कोभिड १९ को पहिलो लहरमा निक्कै प्रभावित देखिएको विराटनगर महानगरपालिकामा दोस्रो लहरको संक्रमण केही मथ्थर भएजस्तो देखिएको छ । तर, चिकित्सकले जोखिम उत्तिकै कायम रहेकोले हेलचेक्र्याईं नगर्न सुझाव दिएका छन् । विराटनगरमा तुलनात्मक रुपमा प्रदेशका अन्य सहरको तुलनामा दैनिक संक्रमितको संख्या पनि घट्दो क्रममा पुगेको छ । साउन तेस्रो साताका पछिल्लो पाँच दिनको तथ्यांकले वडा नम्बर १३, १४, १५, १६, १७, १८ र १९ मा कोरोना संक्रमण शुन्यमा झरेको हो । संक्रमणको दर घटेपनि
विराटनगर । तेस्रो भेरियन्टको प्रकोप नबढोस भनेर एक नम्बर प्रदेश सरकारले योसँग जुध्न तयारी शुरु गरेको छ । अस्पतालको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा समेत सरकारले ध्यान केन्द्रीत गरेको जनाइएको छ । तेस्रो लहरले धनजनको समेत अधिक क्षति हुने आंकलन गरी त्यसको पूर्वतयारी शुरु गरिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छन् । “सक्दो रुपमा व्यवस्थापन गर्न प्रयास गर्दैछौं, त्यो पनि नयाँ तरिकाले । एक अस्पताल सुव्यवस्थित बनोस भन्ने गरी मन्त्रालय लागेको छ । अक्सिजन प्लन्ट अनिवार्य देएिकोले प्लान्ट जडान गर्दैछौं । एचडियू, आईसियू र भेन्टिलेटर चलाउनेसम्मको जनशक्
विराटनगर । पछिल्लो पटक देशभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामध्ये प्रदेश नम्बर १ का आधा हुने गरेका छन् । दैनिक हुने मृत्युमध्ये आधा जसो यही प्रदेशको हुने गरेको देखिएको छ । पछिल्लो पटक काठमाण्डौ उपत्यका र अन्य प्रदेशलाई समेत पछि पार्दै प्रदेश नं १ मा अधिक थपिने गरेका संक्रमितको संख्याको आधारमा ‘हटस्पट’ बन्न पुगेको छ । कतिपय स्थानीय तहमा निषेधाज्ञा खुकुलो भई बजार खुलेका छन् । बाहिरी रुपमा कोरोनाको संक्रमण घटेको जस्तो देखिएर सबैतिर चहल पहल छ । तर, एक साताको तथ्यांक विश्लेषण गर्दा कोरोनाको संक्रमण र जोखिम झन् उकालो लागेको देखिन्छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले उपलब्ध गरा
धरान/ स्वास्थ्य मापदण्डको पालना गर्न सरकारले सबैलाई आग्रह गर्दै आइरहेको भएपनि अस्पतालहरुले नै यो मापदण्डको पालना नभएको पाइएको छ । जसका कारण अस्पतालहरुमै बढी भिडभाड हुने र स्वास्थ्य मापदण्डको पालना नहुने भएकोल कोरोनाको जोखिम अझ बढेर गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चापका कारण भौतिकदुरी पालना हुन नसक्दा कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । अस्तालमा उपचारक लागि आउने विरामीलाई भौतिक दूरी पालना गर्नका लागि लाइनमा बस्दा दुई मिटरको फरकमा मार्किङ गरिए पनि सर्वसाधारण त्यस्ता मार्किङको व्यवस्था गर्दै लाइनमा तछाडमछाड गरेर बस्ने गरेका कारण कोरोनाको जोखिम बढ्दै
विराटनगर । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि सर्वसाधारणले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न हेलचेक्र्याईं गर्न थालेपछि विराटनगरमा कडाई गर्न शुरु गरिएको छ । प्रदेश नम्बर १ को राजधानी विरानगरमा केहीयता मास्क नलाई हिंड्ने, भिड गर्ने र सरकारले तोकेका मापदण्डको बेवास्ता गर्ने क्रम बढेको पाइएको हो । प्रहीले विराटनगरमा बिहानैदेखि मास्क लगाए नलगाएको विषयमा अनुगमन गर्न शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले भौतिक दूरी कायम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउन प्रहरी सक्रियता बढाइएको बताए । उनले भने,“मास्क नलगाई बजारमा हिंडडुल गर्ने, काम नपर्दासमेत
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना संक्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना संक्रमणबाट १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रवार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । संक्रमण तीव्र बनेपछि शनिवार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले संक्रमित भएपछि शनिवार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए । स्वास्थ्य कार्यालय उदयपुरका
धरान/ अक्सिजन अभावकै कारण विरामीले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानको कोभिड अस्पतालमा नया“ अक्सिजन प्लान जडान हुने भएको छ । भारत सरकारको अनुदान करिब अढाई करोड लगात सहयोगमा नया“ अक्सिजन प्लान्ट सञ्चालनमा आउन लागेको हो । भारतबाट प्लान्ट आएको प्लान्ट कोभिड अस्पताल हाताभित्र शुक्रबार नै राखिएको छ । प्रतिष्ठानका सिभिल इन्जिनियरिङ शाखा प्रमुख विकास स्यालले भने‘ प्लान्ट आइसकेको छ, कम्पनीको इञ्जिनियरहरु आएर इन्स्टलेसन गर्न बाकी छ, चाडै नै प्लान्ट सञ्चलनमा आउछ ।’ उनले प्लान्टको क्षमता प्रतिमिनेट १ हजार लिटर अक्सिजन उत्पादन गर्ने रहेको समेत जानकारी दिए ।
विराटनगर/ होटलमा कोरोनाविरुद्धको खोप भेटिएको प्रकरणमा जिल्ला प्रशासन कार्यालयले झापाले छानबिन थालेको छ । बिर्तामोड नगरपालिकाले प्रकरणमा दोषी देखिनेलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले विज्ञप्ति प्रकासित गरी घटनामा संलग्न भएकालाई कार्वाही गर्ने प्रतिबद्धता जनाएका हुन ।‘छानबिनका क्रममा कुनै पनि प्रकारको कैफियत भेटिएमा यस नगरपालिकाले दोषी उपर आवश्यक कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । हिजो शुक्रबार अपरान्ह ४ बजे स्वास्थ्य कार्यालयबाट बिर्तामोडका लागि पठाएको कोरोनाविरुद्धको १०३ भाईल भेरोसे
धरान । विगत ३५ दिन देखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु भएको शुद्धिकरण अभियान अन्तर्गतको आन्दोलन निकास तर्फ प्रवेश गरेको छ ।प्रतिष्ठानका चारै जना पदाधिकारीको राजिनामा सहित शुद्धिकरणको माग गर्दै आन्दोलनमा रहेको संयुक्त संघर्ष समिती सँग सोमबार उच्चस्तरिय अध्ययन कार्यदलले छलफलबाट प्रतिष्ठानको अध्ययन शुरु गरे पछि आन्दोलनले निकाश पाउने अपेक्षा गरिएको छ । असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरि छलफलमा बसे पछि संघर्ष समितीले चारै जनाको पदाधिकारीहरुको राजीनामाको सहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरिय आयोग गठन गरि छानबिन गर्न माग गर्दैै आएका थिए । आन्दोलनकारीको मा