मोरङ \ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा युवायुवतीहरूलाई आकर्षण बढेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए । स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए । मेलामा
विराटनगर /विराटनगर–१४ डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा व्यवसायको स्वास्थ्य परीक्षण गरिने भएको छ । पुस ६ गतेसम्म आयोजना हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । एक्स्पोमा राखिएको स्टार्टअप पेभेलियनमा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । व्ययवसाय नफष्टाएको, पर्याप्त लाभ लिन नसकेको, व्यवसायिक योजना नभएर व्यवसाय सञ्चालनमा समस्या भए उक्त स्टलमा गई आफ्नो व्यवसायको स्वास्थ्य परीक्षण गर्न सकिने लगानी अनुसन्धानकर्ता सौजन्य तिम्सिनाले बताए । उनले मानिसको स्वास्थ्य जस्तै
विराटनगर / नेपाल प्रहरी श्रीमती सङ्घ तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आइतबार सम्पन्न भएको छ । नोबेल मेडिकल कलेजसँगको सहकार्यमा आयोजित शिविरमा प्रहरी कर्मचारीहरू, पूर्वप्रहरी, अमर÷अशक्त प्रहरीका सन्ततिसमेत गरी पुरुष २८५, महिला ७६ र बालबालिका १० गरी ३७१ जनाले सेवा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले बताए । शिविरमा नाक, कान, घाँटी, आँखा, छाला तथा यौनरोग, हाडजोर्नी तथा नशा, दाँत, जनरल मेडिसिन, स्त्रीरोग र फोक्सोसम्बन्धी रोगका विशेषज्ञ चिकित्सकहरूले जाँच गरेका थिए ।शिविरमा भिडियो एक्सरे, ईसीजीलगायत विभिन्न किसिमका
मोरङ / विराटनगर महानगरपालिकामा रहेको सरकारी अस्पताल कोशी अस्पताल सेवाग्राहीको चापका कारण अस्तव्यस्त हुने गरेको छ । यसैलाई मध्यनगर गरी कोशीमा ५ सय शै्याको भवन बन्ने भएको हो ।आठतले मेडिकल भवनको बन्ने सो भवनको शिलान्यास शहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा गरेका छन् । विहीबार २ करोड १७ लाख ६६ लाख २० हजार २८३ रूपैयाँ लागतमा निर्माण हुन लागेको आठतले भवनको शिलान्यास गरिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रूपैयाँ १३ पैसामा कुल लागत अनुमान गरेकोमा ठेकेदार कम्पनी केसी कन्स्ट्रक
विजयपुर / धरानका स्थानीय चिकित्सकलाई विभागबाटै हटाउने षड्यन्त्रमा लागेको भन्दै नाक कान घाँटी विभागकी प्राडा सङ्गीता भण्डारीविरुद्ध कारवाहीको माग गरिएको छ । ऐन–नियम मिचेर फ्याकल्टी प्रोफेसरले वरिष्ठ चिकित्सकलाई दुव्र्यवहार गरेको भन्दै पीडित चिकित्सकले न्यायको माग गरेका छन् । प्रोफेसरले अनधिकृत हस्तक्षेप गरेको आरोप लगाउँदै उनले आवश्यक कारवाही गर्न माग गरेका हुन् । दुव्र्यवहारपूर्ण ढङ्गले दैनिक कामकारवाहीमा रोक लगाएपछि आपूmले न्यायको माग गरेको उनले बताए ।यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् वरिष्ठ आवासीय चिकित्सक (एसआर) डा. प्रविद गजुरेललाई प्रतिष्ठानकी प्राडा भण्
विराटनगर / विराटनगरमा रहेको ग्रिनक्रस हस्पिटल प्रा.लि.ले स्वास्थ्यको पहुँच नपुगेकाहरुलाई लक्षित गरी एक दिने स्वास्थ्य शिविरको आयोजना गरेको छ ।‘स्वास्थ्य परीक्षण गरौ, निरोगी र स्वास्थ्य बनौ’ भन्न मूल उद्देश्यका साथ स्वास्थ्य शिविरको आयोजना गरिएको हो । विराटनगर नगर ९ रंगेली रोडमा रहेको अस्पतालले सम्वृद्धि महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरमा आएका विरामीहरुलाई निःशुल्क स्वास्थ्य चेकजाच गरेको हो । शिविरमा सहकारी संस्थाका सदस्य तथा सर्वसाधारणले सेवा लिएका थिए । शिविरमा आएका सर्वसाधारणलाई ग्रिन क्रस हस्पिटलका फिजिसियन डा.चन्दन विश्वास, अर्थोप
धरान : ग्रामीण क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भए पनि आवश्यक पर्ने मेनपावर नहुँदा बिरामीहरुले मार्कामा पर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ खोटाङको जिल्ला अस्पताल । उपकरण भएपनि दुई रेडियोग्राफर बिदामा बसेपछि जिल्ला अस्पतालमा एक्स–रे सेवा बन्द भएको छ । दुवै रेडियाोग्राफर बिदामा बस्दा जिल्ला अस्पतालमा उपचारमा आउने विरामी मर्कामा परेका छन् । उपचार गर्दा आवश्यक पर्ने रेडियोलोजी अन्तर्गतको एक्स–रे नै सञ्चालनमा आउन सकेको छैन । स्थानीयहरुले अहिले प्रभावकारी रुपमा उपचार गराउन पाएका छैनन् । दुई रेडियोग्राफरमध्ये एक बुबाको उपचारका लागि छिमेकी मुलुक भारत गएको र अर्का पारिवा
मोरङ / विराटनगर–१९ मिलनचोकमा बुधबार आयोजित कार्यक्रममा शिविर सञ्चालन गरेर खोजी अभियान सुरु गरेको हो । महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा भएको शिविरमा आसपासका क्षेत्रका स्थानीयले सुगर र प्रेसरको जाँच गराएका थिए । सरुवा रोगभन्दा नसर्ने रोगबाट मानिसहरु प्रभावित हुने संख्या बढ्दो रहेको वडा नम्बर १ का वडाध्यक्षसमेत रहेका बस्नेतले बताए । ‘कतिपय रोग हामीले थाहै नपाइ लागिसकेको हुन्छ,’ बस्नेतले भने, ‘बेलैमा स्वास्थ्य परीक्षण गरियो भने रोग पत्ता लाग्छ र समयमै उपचार गर्न सकिन्छ ।’ आममानिसको मृत्युको कारण सुगर, प्रेसर, दम, मुटुरोग, किड
धनकुटा / छथर जोरपाटी गाउँपालिकाले आफ्ना नागरिकलाई स्वास्थ्य जीवन बीमामा आवद्ध गराउन ५० प्रतिशत छुट दिने भएको छ ।तीन हजार पाँच सयमा पालिकाकाले बाँकी रकम पालिकाले तिरिदिने निर्णय गरेको हो । यसका लागि चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमा समावेश गरी पालिकाले रु ६८ लाख बजेट विनियोजन समेत गरेको छ । गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउन ५० प्रतिशतमा बीमा गरिदिन लागेको बताए । उनले भने–‘शिक्षा, स्वास्थ्य नागरिकको आवश्यकताभित्र पर्छ, यो स्थानीय सरकारको दायित्व हो, त्यही दायित्व निर्वाह गर्नकै लागि भएपनि हामीले हामीले ५० प्रतिशत छुटमा विम
मोरङ / मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा अस्पताल सञ्चालन गर्ने बताएका छन् । उनले आगामी माघ १ गतेदेखि पूर्णकालीन अस्पताल सञ्चालन गरिने जानकारी दिएका हुन् । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद शर्माले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन समेत दिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, अस्पताल चलाउँने जिम्मा हाम्रो पनि हो, मेर