स्वास्थ्य शहर नारा लिएको धरानमा दीर्घ रोगी बढ्यो(भिडियो सहित) रणध्वज लोहार

  • मंसिर १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विश्वमा रहेका मानिसहरु पछिल्लो समय प्रदुषण,हावापानी र खानपानका साथै विलासिताको जीवनकै कारण दीर्घ रोगबाट ग्रसित छन् ।

विश्व सहित नेपाल पनि अछुतो भने छैन । यहाँ पनि पछिल्लो सयम दीर्घ रोगहरु मुलतः मृगौला,मुटु,लिभर, फोक्सो,डाइविटिज, प्रेसर लगायतका दीर्घ रोगको शिकार हुनु परेको छ । नेपालका गाउँ र शहर नै यस्ता समस्याहरु देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

यो सबै अहिलेको आधुनिकरणसँगै बनाइएको जीवन शैली रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

मानव शरीर पनि तनाँकतुनुक अनि शरीरमा पसिना आउनु पर्छ अर्थात शरीरलाई चलायमान बनाउनु नै सबैभन्दा उत्तम उपाय हो । तर पछिल्लो समय आएर शरीरले त्यस्तो काम गरेको पाइदैन कि शरीरलाई तक्लित होस र पसिना निस्कियोस् ।

umesh-mehata

तस्बिर-उमेश मेहता

पहिलो कारण जीवनशैली र दोश्रो भनेको बढ्दो जनसंख्यासँगै प्रदुशषले पनि मानब जीवनमा असर गरिरहेको छ। मानव शरीर दिन दिनै कमजोर बन्दैछ । त्यसैले स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जीवन जीउनको लागि आवस्यक ध्यान दिनु पर्ने बताउँछन् ।

शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पुर्वाधार, बहुसाँस्कृतिक, आवासिय समृद्ध शहर” मुल नारा लिएको धरानमा पनि धरानवासीहरु दिनानु दिन दीर्घ रोगबाट पीडित बन्दै गइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताको भनाई छ ।

उनका अनुसार अहिले धरानवासीमा नसर्ने रोग जुन रोग दीर्घ रोग हो त्यस्ता रोगको समस्याबाट पीडित हुन थालेको बताइएको छ ।

प्रमुख मेहताले यस्तो हुनुको मुख्य कारण खानपान,विलासिता जीवन र बढ्दो प्रदुशुण भएको बताएका छन् । मानव शरीरलाई व्यायाम अनिवार्य र सन्तुलित आहारले मात्रै स्वास्थ्य जीवन विताउन सकिने बताइएको छ ।

प्रस्तुत छ कोशी पत्रका कार्यकारी सम्पादक रणध्वज लोहारले स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासँग गरिएको भिडियो  कुराकानीः

 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved