स्वास्थ्य

    Showing 611-620 of 2,527 items.
  • झापामा छुट्टाछुट्टै स्थानमा तीन पुरुष मृत फेला

    बिर्तामोड/  झापामा छुट्टाछुट्टै स्थानमा तीन पुरुष मृत अवस्थामा फेला परेका छन्। बिर्तामोड र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा ती पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। मंगलबार बिर्तामोड नगरपालिका–२, फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैबारीमा बिर्तामोड–२ आदर्श टोलका अन्दाजी ३६ वर्षीय राम टुडु मृत अवस्थामा फेला परेका थिए। घोप्टो अवस्थामा भेटिएका टुडुको शवमा कुनै बाह्य चोटपटक नदेखिएको र मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। यसैगरी, बुधबार बिहान अर्जुनधारा नगरपालिका–४, मदनपुरस्थित जलाधर भित्री कच्ची सडकमा अन्दाजी ४५–५० वर

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 448 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा अटोको ठक्करबाट एक महिलाको मृत्यु

    धरान/ सुनसरीको धरानमा अटो टेम्पोले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ स्थित सेउती पुलनजिक सोमबार साँझ साढे ६ बजे पैदलयात्री ६० वर्षीया उषा तामाङलाई अटोले ठक्कर दिएको हो । महादेव चोकबाट देउरालीतर्फ गइरहेको प्रदेश १–०२–००३ ह ३७५ नम्बरको अटोले तामाङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएकी तामाङलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्‍याइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि मोरङको विराट शिक्षण अस्पताल लगिएकोमा राति करिब ९ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 1,205 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ८६ हजारभन्दा बढी यौन श्रमिक नेपालमा, कानुन संशोधनको माग

    काठमाडौं/नेपालमा हाल ८६ हजार ८०९ जना यौन श्रमिक रहेको तथ्य सार्वजनिक भएको छ। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी)ले आयोजना गरेको ‘यौन श्रममा संलग्न व्यक्तिको अधिकार’ विषयक छलफल कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यो तथ्याङ्क प्रस्तुत गरेको हो। कार्यक्रममा सहभागी वक्ताहरूले यौन श्रम र मानव बेचबिखन एउटै नभएको स्पष्ट पार्दै यौन श्रमिकको श्रमलाई मानव अधिकारसँग जोडेर हेर्नुपर्नेमा जोड दिए। यस विषयमा अनुसन्धान गरिरहेकी दिदीक्षा सिंहले यौन श्रमिकका लागि वर्तमान कानुनले सिर्जना गरेका चुनौतीबारे जानकारी दिँदै भनिन्, “वर्तमान कानुनले यौन श्रमलाई अपराध ठानेक

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 833 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वटा मुद्दा खेपिसकेका मिथुन ८ औँपटक पक्राउ, लागुऔषध कारोबारमै संलग्न

    मोरङ/उर्लाबारी क्षेत्रको चिनिएको पुरानो अपराधी ‘मिथुन’ उपनामले परिचित ३८ वर्षीय रजत थापा पुनः प्रहरीको फन्दामा परेका छन्। लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले आइतबार साँझ थापालाई घरबाटै पक्राउ गरेको हो। मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्वेली टोलमा बसोबास गर्दै आएका थापाको घरमा इलाका प्रहरी कार्यालय उर्लाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो। प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, कोठामा खानतलासी गर्दा ५५ ग्राम ब्राउन सुगर (हेरोइनजस्तो देखिने पदार्थ), ५ बोतल कोरेक्स, २ लाख ८८ हजार २ सय ५० रुपैयाँ

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 1,163 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुर्घटना परेकी देविकालाई उपचारमा वेवस्ता गरेको आरोप

    धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा कारको ठक्करबाट गंभीर दुर्घटनामा परेकी देविका खनाल(सुवेदी)का आफन्तले न्याय दिलाउन माग गरेका छन् । मोरंगको सुन्दरहरैचा नगरपालिका ७ की २९ वर्षिय खनाललाई २०८१ साल २२ गते फागुनमा साँझ साढे ६ बजे वा २१ च ६८८८ नम्बरको निशान कारले ठक्कर दिई गंभीर घाइते भएकी २९ वर्षिय खनाल अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जीवन वचाउनको लागि थप उपचाररत रहेकी छिन् । जग्गा संवन्धी कारोबारको लागि गएकी खनाल साथीको प्र.१.०२.०४४ प ७४२८ नम्बरको मोटरसाइकलमा कान्छी चौक हुँदै घर फर्किने क्रममा उक्त दुर्घटना भएको उनकी दिदि गीता खनालले वताएकी छिन् । दुर्

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 1,172 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारी बीमाले औषधि व्यवसाय चौपट

    धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बीमा कार्यक्रमका कारण धरानलगायतको निजी औषधि व्यवसाय धरासायी बन्दै गएको औषधि व्यवसायीहरुले गुनासो गरेका छन्। नेपाल औषधि व्यवसायी संघ, सुनसरीद्वारा इटहरीस्थित होटल गंगा जमुनामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले स्वास्थ्य बीमा नीतिले खुद्रा तथा थोक औषधि व्यवसायमा प्रत्यक्ष असर पारिरहेको बताएका हुन्। कार्यक्रममा बोल्दै संघका महासचिव नविनराज गौतमले सरकारको वर्तमान बीमा नीतिका कारण औषधि व्यवसाय नै धरापमा पर्ने खतरा देखिएको बताए। "सरकार पूर्वाग्रही ढंगले केवल ठूला अस्पताल र चुनिएका फार्मेसीहरूमा मात्रै बीमा लागू गरिरहेको

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 811 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता: संयोग–सगुन र अनमोल–गीताको शानदार जीत

    धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा संयोग बस्नेत र सगुन कार्कीको जोडीले मेन्स डबल ‘बि’ लेभलको उपाधि हात पारेका छन्। धरान ब्याडमिन्टन ग्रुपको आयोजनामा शनिबार र आइतबार धरान–१३ स्थित अमर बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा संयोग/सगुनको जोडीले फाइनल खेलमा हिमाल श्रेष्ठ र सुशील श्रेष्ठलाई २१–९ र २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन्। विजेता जोडीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता हिमाल–सुशीलले नगद २७ हजार प्राप्त गरे। प्रदीप श्रेष्ठ–जोसेफ ठकुरी र गौरव लिम्बु–एन्

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 1,664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्धार गरेर ल्याइएकी वृद्धालाई आमाले नै हत्या गरिन्! सुनकै लागि ज्यान लिइयो

    मोरङ/ मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्काको सुनको मुन्द्रीकै लागि हत्या गरिएको खुलासा भएको छ। शनिबार घरबाट बेपत्ता भएकी खड्काको शव आइतबार ग्रामथान–६ मा रहेको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा घोप्टो परेको अवस्थामा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीमाथि सुनका गहना लुट्नकै लागि हत्या भएको पुष्टि भएको हो। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ग्रामथान–६ की ४० वर्षीया सीता ऋषिदेवलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार तिलमाया नहरमा डुबिरहेको अवस्थामा सीताको १९ वर्षीया छोरी सोनु ऋषिदेवले देखेकी थिइन्। उनले उद्धार गरी तिलमायालाई आफ्नै घर

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 2,224 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोरोना संक्रमण भारतमा तीव्र, नेपालमा उच्च सतर्कता र पूर्वतयारी सुरु

    काठमाडौं/ छिमेकी मुलुक भारतमा कोभिड–१९ संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि नेपाल सरकारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउँदै सघन पूर्वतयारी अघि बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा देखिएको तीव्र संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गर्दै विगत दुई सातादेखि मन्त्रालयले तयारीका कामलाई प्राथमिकताका साथ अगाडि बढाएको हो। “छिमेकी भारतमा संक्रमण बढेपछि १५ दिनभित्र त्यसको असर नेपालमा देखिने विगतका अनुभव छन्,” प्रवक्ता डा. बुढाथोकीले भने, “त्यसैले हामी पहिल्यैदेखि तयारीमा जुटेका छौं।” १७ स्थल नाका र ३

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 639 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नहरमा ८९ वर्षीया वृद्धाको शव फेला, मानसिक सन्तुलन कमजोर रहेको प्रारम्भिक निष्कर्ष

    विराटनगर/ मोरङको ग्रामथान गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा आइतबार एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीका अनुसार मृतक ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्का हुन्।शनिबार घरबाट हराएकी उनी आइतबार अपराह्न १२ बजेतिर नहरको पानीमा घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको पाइएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लाग

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 717 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved