वराहक्षेत्र नगरपालिकाको आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले स्थानीय सामुदायिक विद्यालयलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । नगरले चतरास्थित रामानन्दाचार्य सेवा पीठ (हनुमान मन्दिर रहेको क्षेत्र) लाई समेत क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने प्रदेश सरकारलाई सिफारिस गरेको छ । कार्यपालिका बैठकले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सजगता अपनाउँदै सामुदायिक विद्यालयहरु प्रकाश मावि, वराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि वराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि, वराहक्षेत्र ३ भरौललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरका सूचना अधिकारी
झापा । झापामा एकै दिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान १५ जना मा कोरोना संक्रमण देखिएको मा दिउँसो थप ८ जना मा पुष्टि भएको छ । कचनकवल गाउँपालिकामा क्वारेनटाइनमा बसेकामध्ये आठजनामा कोरोना संक्रमित देखिएको हो । योसँगै कचनकवलमा संक्रमितको सङ्ख्या ३३ पुगेको छ । झापामा संक्रमितको संख्या ३५ पुगेको छ । बाह्रदशी र दमकका संक्रमित भने निको भएर घर फर्किएका छन् ।केही दिनअघि भारतको मुम्बई र दिल्लीबाट आएका नेपाली नागरिकलाई गाउँपालिकामा बनाइएको क्वारेनटाइनमा राखेर उनीहरूको स्वाब परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएकोमा थप आठजनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर
नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टिद भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले झापा ८जनामा र रुपन्देहीका १ जना गरी जम्मा९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । झापामा १७ वर्षीय, १८ वर्षीय दुई, २० वर्षीय दुई, २३, ५२ र ५५ वर्षीय पुरुषहरु रुपन्देहीका २७ वर्षीय पुरुषमामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार हाल नेपालमा ४ सय ३५ जना रेड जोनमा छन् । जो संक्रमणको उच्च जोखिममा छन् ।
धरान कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई अस्पताल सम्म पु¥याउन धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ । यसअघि हिजो साँझ कोरोना संक्रमण पुष्टि भएको महिलालाई एम्बुलेन्स अभावका करण १८ घण्टा सम्म अस्पताल लान नसकेकोमा आलोचना भएको थियो । सर्वत्र आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ , उपमहानगरपालिकाका मेयर रउपमेयरसहितको संयुक्त बैठकले २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा रहने गरि व्यवस्था गर्ने निर्णय गरिएको हो । पहिलाको ४ वटा एम्बुलेन्सलाई कोरोना आशंका भएका व्यक्तिलाई मात्र बोक्ने गरि यथावत राख्ने र थप २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा राखिने उपमेयर मञ्जु
कोरोना भाइरस संक्रमणबाट गुल्मीका थप एक जना पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । रपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षीय उनको बिहिबार मृत्यु भएको प्रदेश सरकारले जनाएको छ ।।अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । उनको बुधबारनै मृत्यु भएको भन्दै विविभन्न समाचार माध्यमा गलत समचार समेत प्रकाशित भएका थिए ।
विराटनगर । भारत सीमाबाट ह्वारह्वार्ती मानिसहरु भित्रन थालेपछि उनीहरुलाई सीमावर्ती क्षेत्रममै व्यवस्थापन गरिएका होल्डिङ एरियामा राख्न शुरु गरिएको छ । प्रदेश १ मा भारतको बिहार र पश्चिमबंगाल राज्यको विभिन्न नाका हुँदै मानिसहरु नेपालतर्फ भित्रन थालेका छन् । क्वारेन्टाइनकै स्वरुपमा सार्वजनिक विद्यालय, कलेज तथा सामुदायिक र धार्मिक भवनहरुमा निर्माण गरिएका यस्ता एरियामा मानिसहरुको संख्या थपिन थालेको छ । प्रदेश १ सरकारले भारतबाट आउने मानिसलाई सोझै गाउँवस्तीमा पुग्न र समुदायसँग घुलमिल हुन रोकेर कोरोना संक्रमणको जोखिम घटाउने रणनीतिअनुसार काम थालिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानक
धरान हिजो साँझ कोरोना संक्रमण पुष्टि भएकी धरान १३ की महिलालाई १८ घण्टा पछि अस्पताल लगिएको छ । कुनै पनि एम्बुलेन्सले संक्रमित महिलालाई बोक्न नमाने पछि नेपाल रेडक्रस सोसाइटी सुनसरीको को १ च ९२२१ नम्बर को एम्बुलेन्सले संक्रमितलाई अस्पताल लागेको १३ नम्बर वडाका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले जानकारी दिए ।
धरान । प्रदेश नम्बर १ मा बुधबार मात्रै१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले साँझ ६ बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार झापाका ५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले राति ११ बजे जारी गरेको अद्यावधीक विवरण अनुसार झापाका थप १० जनामा कोरोना पुष्टि भएको हो । सूचना डेक्सकले जनाए अनुसार प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप १० जनामा कोरोना पोजेटिभ
धरान :कोरोना संक्रमण पुष्टि भएकी ५२ वर्षीय महिला धरान १३ शिवधाराकी भएको खुलेको छ । वि पी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनिमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला हिजो श्रीमानसँगै वीपी प्रतिष्ठान उपचार गराउन गएकी थिइन् । संक्रमित महिलाकी श्रीमानले धरानकै एक सञ्चार माध्यमसँग मोवाइल सम्पर्कमा कुरा गर्दै स्वास्थ्य समस्या नभएको दाबी गर्दै आफुहरु काठमाण्डौं जानुपर्ने भएकोले चेकअप गर्न वीपी गएको बताएका छन् । उनको अन्य ट्राभल स्ट्रि समेत नभएको घरमै रहेको बताइएको छ । प्रहरीका अनुसार उत्त क्षेत्रमा प्रहरी परिचालन गरी सो क्षेत्रला
धरान /आज प्रदेश १ का थप ७ जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश १मा संक्रमित संख्या ६६ पुगेको छ । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापका ५ जना , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।