स्वास्थ्य

    Showing 1,661-1,670 of 1,867 items.
  • विहिबार पुर्वाञ्चल विश्व विद्यालयमा आईसोलेसनमा उपचाररत ४० जना डिस्चार्ज

    विहिबार प्रदेश नं १ बाट पुर्वाञ्चल विश्व विद्यालयमा आईसोलेसनमा उपचाररत ४० जना कोरोना संक्रमित ४० जना डिस्चार्ज भएका छन् । उनीहरु गत जेठ २२ गतेदेखि २६ गते सम्म भर्ना भएका हुन् । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २२४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ४१६ रहेको छ । संक्रमित मध्ये २९ जना कोशी कोभिड अस्पताल विराटनगर, ८५ जना पूर्वाञ्चल विश्वविद्यालय गोठगाँउ र ७८ जना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका छन् । डिस्चार्ज हुनेहरुमा १५ देखि ४७ वर्षमा पुरुष रहेका छन् । डिस्चार्ज हुनेहरुमा सुनसरीका १६, झापाका ११ मोरंगका ९ र भोजपुरका ४ जना रहेका छन् ।

    • प्रकाशित मितिः असार ४, २०७७
    • 584 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •   थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार १ सय ७७ पुग्यो

    आज थप ५८६ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार थप  १ जना को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । ४० जना महिला र ५ सय ४६ जना पुरुष रहेका छन् ।   उनका अनुसार बाकेकी ४६ वर्षिय महिलाको उपचारको क्रममा हिजो मृत्यु भएको र उनको स्वाव परिक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको हो । पछिल्लो २४ घण्टामा थप

    • प्रकाशित मितिः असार ३, २०७७
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप एक जना मृतकमा कोरोना संक्रमण पुष्टि , मृतकको संख्या २० पुग्यो

    नेपालमा थप एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको । मंगलबार मृत्यु भएकी बाँकीकी एक ४६ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । भेरी अस्पताल नेपालगन्जले थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाव परीक्षण गर्दा रिपोर्ट आज पोजेटिभ आएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आधिकारीक पुष्टि हुन भने बाँकी रहेको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ती मृतक महिला सहित बर्दियाका थप ३१ जनामा कोरोना संक्रमण प

    • प्रकाशित मितिः असार ३, २०७७
    • 757 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीबाट थप ४ जना कोरोना संक्रमित डिस्चार्ज

    धरान/  धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना संक्रमित डिस्चार्ज भएका छन् ।  प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनिहरु सबै गत जेठ १४,१५,१७ गते विपीको आइसोलेसनमा भर्ना भएका थिए ।  प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै ११४ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ५४ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।

    • प्रकाशित मितिः असार २, २०७७
    • 701 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज थप ३८० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६५९१

    काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको गरिएको परीक्षणमा थप ३८० जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ३८० जनामा संक्रमण देखिएको हो । आज  थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सगै कुल डिस्चार्ज हुनेको संख्या १हजार १सय ५८ पुगेको छ । संक्रमण पुष्टि भएकाहरु मध्ये १९ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।  

    • प्रकाशित मितिः असार २, २०७७
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

    इटहरी । केहि दिन अघि भारतबाट इटहरी घर आएका एक पुरूषमा कोरोणा संक्रमण पुस्टी भएको छ । इटहरीस्थित जनता कलेजको क्वारेन्टाइनमा बसेका ५० बर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएको इटहरी उपमहानगरकी उपमेयर लक्षमी गौतमले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहदा ज्वोरो र रूघाले सताएपछि उनलाइ उपचारको लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको थीयो । अस्पतालले कोरोना संक्रमणको आशंका सहित चेक जाच गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त पुरूषलाइ कोरोना संक्रमणको पुस्टी भएको इटहरी उपमहानगरकि उपमेयर लक्षमी गौतमले बताउनुभयो । हाल उक्त पुरूषलाइ अस्पतालको आइसोलेसनमा राखेर नियमित उपचार भइरहेको उपमेयर गौतमले बता

    • प्रकाशित मितिः असार २, २०७७
    • 1,063 पटक पढिएको
    • "तेजबहादुर बन "
  • मोरङको सुनवर्षी नगरपालिकामा थपिए २१ संक्रमित

    रंगेली/ मोरङको सुनवर्षी नगरपालिकामा थप २१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै सुनवर्षीमा मात्रै संक्रमितहरुको संख्या २८ पुगेको छ । प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको १८८ जनाको परीक्षणमा आज थप २१ ज्ना संक्रमण पुष्टि भएको सुनवर्षी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर मण्डलले जानकारी दिएका छन् । उनिहरु सबै भारतको विभिन्न सहरबाट आएर नगरपालिकाले निमार्ण गरेको वडा नम्बर ८ स्थित क्वारेनटाईनमा बस्दै आएका थिए । संक्रमितहरुलाई उपचारका लागि काहा“ लाने भन्नेबारे निश्चित भइनसकेको स्वास्थ्य शाखा प्रमुख मण्डलले जानकारी दिएका छन् । उनले धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान , क

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीबाट थप ७ जना कोरोना संक्रमित डिस्चार्ज

    धरान/ धरान स्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७ जना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार मोरङ रतुवामाईका थप २५ जना संक्रमितहरु हिजो मात्रै प्रतिष्ठानमा भर्ना भएका छन् । प्रतिष्ठानबाट मात्रै ११० जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भनृे ४९ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।  

    • प्रकाशित मितिः असार १, २०७७
    • 1,391 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो

    काठमाडौं /  पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणा थप सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सगै नेपालमा कुल डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । जसमध्ये पुरुष ९३७ र १०४ जना महिला छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।

    • प्रकाशित मितिः असार १, २०७७
    • 580 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना भाइरस पहिचान गर्न अब सरकारले अनुमति प्राप्त निजी प्रयोगशालाहरुलाई पनि परीक्षण गर्न दिने

    कोरोना भाइरस पहिचान गर्न अब सरकारले अनुमति प्राप्त निजी  प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ल्याबमा गरिएको परिक्षणको खर्च पनि सरकारले नै व्यहोर्ने छ । आज मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा।जोगेश्वर गौतमले मन्त्रालयको स्वीकृति लिएको पिसिआर जाँचको नमुना आवश्यक प्रक्रिया पुरा गरेर निजी ल्याबलाई पनि जाँच्ने व्यवस्था गरिएको बताए ।

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 708 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved