स्वास्थ्य

    Showing 1,651-1,660 of 1,867 items.
  • वीपीबाट थप  १३ जना कोरोना संक्रमित डिस्चार्ज

    धरान/  धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १३ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका मोरङका १२जनार झापाको १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनिहरु सबै गत जेठ २८,३१,३१ गते विपीको आइसोलेसनमा भर्ना भएका थिए । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै १२८ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ६३ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।

    • प्रकाशित मितिः असार ८, २०७७
    • 547 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ५३५जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

    आज थप ५३५ जनामा संक्रमण पोजेटिभ देखिएको हो।  यो सगै नेपालमा संक्रमितको संख्या ९५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप ५३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३७० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २१४२ जना पुगेको छ । नेपालमा हालसम्म ७६ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ८, २०७७
    • 689 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार २६ पुग्यो

    आज थप ४४१ जनामा संक्रमण पुष्टि भएको छ ।  यो सगै नेपालमा संक्रमितको संख्या ९०२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४२१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ६४ जना महिला र ३५७ जना पुरुष भएको पनि उनले बताए ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गुल्मी  ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७७२

    • प्रकाशित मितिः असार ७, २०७७
    • 724 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका पत्रकारलाई तनाव व्यवस्थापन अभिमुखिकरण

    धरान । कोरोना संक्रमणको अवश्था र लकडाउनमा रिर्पोटिङ गर्दा पत्रकारलाई हुने तनावलाई व्यवस्थापन गर्न धरानका पत्रकारहरुलाई १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । रुपान्तरण नेपालको आयोजनामा शनिबार धरानका करिब ३५ जना पत्रकारहरुलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गरिएको हो । प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको निर्वाचन क्षेत्र विकाश कोष मार्फत एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक विभागका चिकित्सक निदेश सापकोटाले तनाव व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रम

    • प्रकाशित मितिः असार ६, २०७७
    • 1,622 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार ६ सय ५ पुग्यो

    आज थप ३३१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ८६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ४९ जना महिला र २८२  जना पुरुष भएको पनि उनले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १५७८ जना पुगेको छ । नेपालमा हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ६, २०७७
    • 702 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी गाउँपालिका २ जना थपिए सँगै सुनसरीमा कोरोना संक्रमित ६४ पुगे

    धरान । कोशी गाउँपालिकामा शनिबार दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिए संगै सुनसरीमा संक्रमितको संख्या ६४ पुगेको छ । भारतबाट फर्किएर कोशी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुको स्वाब परिक्षण धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । सुनसरीमा ३० जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । सुनसरीमा अहिले पनि क्वारेनटाइनमा ४ सय ७२ जना बसेका छन् भने आरडीटी १ हजार ८ सय ९८ जनामा र पिसिआर २ हजार ७ सय ८८ जनाको परिक्षण गरिएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।

    • प्रकाशित मितिः असार ६, २०७७
    • 647 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

      आज थप ४२६ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ८२७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ४२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये८८ जना महिला र ३३८ जना पुरुष भएको पनि उनले बताए ।  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १४०२ जना पुगेको छ । नेपालमा हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    • प्रकाशित मितिः असार ५, २०७७
    • 489 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्र नगरपालिकाको क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा रहेकाहरूलाई आयुर्वेदिक औषधि प्रदान

    सुनसरी/ वराहक्षेत्र नगरपालिकाको क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा रहेकाहरूलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि प्रदान गरेको छ । वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई डा. सूर्यनारायण मेहताले औषधि हस्तान्तरण गरेका हुन् ।  औषधिमा च्यावनप्राश, गुर्जो, अश्वगन्धा चुर्ण, जडिबुटी चियालगायत होमियोप्याथिक औषधि रहेको डा. मेहताले जानकारी दिनुभयो । ६० जनालाई पुग्ने आयुर्वेदिक औषधि हाल हस्तान्तरण गरिएको छ । औषधि सेवनले क्वारेन्टिनमा बसेकाहरुको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति मजबुत बनाउने र मनोवैज्ञानिक रूपमा दृढ बनाउने डा. मेहताले बताउनु भयो

    • प्रकाशित मितिः असार ५, २०७७
    • 889 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीबाट झापाका १ जना कोरोना संक्रमित डिस्चार्ज

    धरान / धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका १ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनी झापाका २७ वर्षका पुरुष हुन् । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै ११५ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ७२ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।

    • प्रकाशित मितिः असार ४, २०७७
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७ हजार ८सय ४८ पुग्यो

    आज थप ६७१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ७८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ६७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । ८० जना महिला र ५ सय ९१ जना पुरुष रहेका छन् ।   उनका अनुसार कैलालीका गोदावरी नगरपालिकाका ४६ बर्षीय पुरुष र कैलाली लम्किचुवाकी ४३ बर्षीय एक महिलाको मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार थप २ जना को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमित

    • प्रकाशित मितिः असार ४, २०७७
    • 695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved