इटहरी/ सडकमा बेवारिसे, अनाथ र अशक्त ज्येष्ठ नागरिकहरूको संरक्षण गर्दै आएको इटहरी स्थित माया घर नेपाल अन्ततः एक महिना पछि कोरोना संक्रमणबाट मुक्त बनेको छ । दोस्रो लहरको नयाँ भेरियन्ट सहित माया घरका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गत असार २९ मा ५० जनाको स्वाब परिक्षण गर्दा ४५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कुल ८२ जनालाइ संरक्षण गर्दै आएको माया घर देशनै कोरोनाबाट ग्रस्त बनेपछि शुरूवाती समयमा दैनिकि गुजार्न निकै कठिन परेको संस्थाकी प्रतिनिधि पार्वति भट्टराईले बताइन । इटहरीमा रहेका सामाजिक संस्था तथा अभिभावक उपमहानगर तथा स्वास्थ्यकर्मीहरूको निरन्तर साथ, सहयोग र हौसलाले एक महिना
धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले पदबाट राजिनामा दिएपछि अन्य पदाधिकारी दबाबमा परेका छन् । प्रतिष्ठानका चिकित्सक , कर्मचारी,नागरिक दबाब समूह तथा सरोकारवालाले झण्डै तीन महिना देखि ‘विपी सुद्धिकरण अभियान’ को आन्दोलन चर्काइरहेका छन् । सोही आन्दोलनको दबाबमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लाई प्रतिष्ठानको मुद्धालाई फास्ट ट्रयाकबाट हेर्न निर्देशन दिएको छ । सरकारले गठन गरेको कार्यदललेपनि पदाधिकारीलाई पदमुक्त गर्नु पर्ने आशयको प्रतिबेदन बुझाएपछि पदाधिकारीमाथि राजीनामाको दाबाब परेको थियो । स्रोतका अनुसार अख्तियार दुरु
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार अभियान अन्तर्गत देशै भरि आन्दोलन भइरहँदा पनि राज्य पक्षले कुनै ठोस कदम चाल्न सकेको छैन् । विगत ७० दिन देखि चलिरहेको आन्दोलनलाई निस्तेज पार्न पटक पटक कार्यदल बनाए पनि सुधार उन्मुख योजनाहरु बन्न नसके पछि पुनः प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी सडकमा निस्किएका छन् । आन्दोलनका क्रममा ४ पटक विभिन्न कार्यदल तथा आयोगहरुले अध्ययन तथा अनुसन्धान गरिसकेका छन् । तर कार्यदल तथा आयोगले बुझाएका प्रतिवेदनहरु कुनै पनि कार्यान्यवनमा नआउँदा सरकार प्रतिनै प्रश्न खडा भएको छ । अहिलेको सरकार पनि प्रतिष्ठानलाई दुहुनो गाईनै बनाउन तल्लिन रहेको टिप्पणी हुन थालेक
धरान/ वीपी सुधार आन्दोलनले पद नै धरापमा पारे पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी पद जोगाउन शक्तिकेन्द्र धाउन थालेका छन् । शुद्धीकरणको आन्दोलनमा होमिएका संयुक्त संघर्ष समितिको आन्दोलनको मुख्य मुद्दा नै चारजना पदाधिकारीको राजीनामा भएकोले पछिल्लो समय पदाधिकारीको विषयमा सम्बन्धित निकायले छानविनलाई तिब्रता दिएपछि उनी अत्तालिएको प्रतिष्ठानकै एक बरिष्ठ चिकित्सक बताउँछन् । विगतदेखि नै सत्ताको नजिक हुन चाहने रजिष्ट्रार रेग्मी केपीको ओलीको सरकार हुँदा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ७ करोड बुझाएको चर्चा चलेको छ । पछिल्लो पटक उनी शक्तिकेन्द्
झापाः कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन् । सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ । उनले ७७ हजार ४३७ ले भेरोसेल खोप लगाएको जानकारी दिए । त्यसमध्ये दुई मात्रा ९पूर्ण खोप० लगाउने १३ हजार २१६ र एक मात्रा मात्र लगाउने ६४ हजार २२१ छन् । जिल्लामा ६२
धरान/ धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारको विषयमा अख्तियारले चासो देखाउदै खातापाता चेक गर्न थालेपछि प्रतिष्ठानका चारै जना पदाधिकारीे हतास मनस्थितिमा रहेका छन् । लामो समयदेखि प्रतिष्ठानकै कर्मचारी, चिकित्सक, विद्यार्थी, शिक्षक, नर्स लगायतले संयुक्त संघर्ष समिति गठन गरेर चारैजना पदाधिकारीले भ्रष्टाचार र अनियमितता गरेर प्रतिष्ठानलाई तहसनहस बनाएको भन्दै राजीनामा माग गरेपछि मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा जा“चबुझ तथा छानविन समिति गठन गरेर प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा पुन ः अख्तियारले छापा मारेर खातापाता चेक गर्न
विराटनगर/ प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकाका सात वटा वडामा दैनिक संक्रमण दर शुन्यमा झरेको छ । महानगरमा जम्मा १९ वटा वडा रहेका छन् । कोभिड १९ को पहिलो लहरमा निक्कै प्रभावित देखिएको विराटनगर महानगरपालिकामा दोस्रो लहरको संक्रमण केही मथ्थर भएजस्तो देखिएको छ । तर, चिकित्सकले जोखिम उत्तिकै कायम रहेकोले हेलचेक्र्याईं नगर्न सुझाव दिएका छन् । विराटनगरमा तुलनात्मक रुपमा प्रदेशका अन्य सहरको तुलनामा दैनिक संक्रमितको संख्या पनि घट्दो क्रममा पुगेको छ । साउन तेस्रो साताका पछिल्लो पाँच दिनको तथ्यांकले वडा नम्बर १३, १४, १५, १६, १७, १८ र १९ मा कोरोना संक्रमण शुन्यमा झरेको हो । संक्रमणको दर घटेपनि
विराटनगर । तेस्रो भेरियन्टको प्रकोप नबढोस भनेर एक नम्बर प्रदेश सरकारले योसँग जुध्न तयारी शुरु गरेको छ । अस्पतालको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा समेत सरकारले ध्यान केन्द्रीत गरेको जनाइएको छ । तेस्रो लहरले धनजनको समेत अधिक क्षति हुने आंकलन गरी त्यसको पूर्वतयारी शुरु गरिएको सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छन् । “सक्दो रुपमा व्यवस्थापन गर्न प्रयास गर्दैछौं, त्यो पनि नयाँ तरिकाले । एक अस्पताल सुव्यवस्थित बनोस भन्ने गरी मन्त्रालय लागेको छ । अक्सिजन प्लन्ट अनिवार्य देएिकोले प्लान्ट जडान गर्दैछौं । एचडियू, आईसियू र भेन्टिलेटर चलाउनेसम्मको जनशक्
विराटनगर । पछिल्लो पटक देशभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामध्ये प्रदेश नम्बर १ का आधा हुने गरेका छन् । दैनिक हुने मृत्युमध्ये आधा जसो यही प्रदेशको हुने गरेको देखिएको छ । पछिल्लो पटक काठमाण्डौ उपत्यका र अन्य प्रदेशलाई समेत पछि पार्दै प्रदेश नं १ मा अधिक थपिने गरेका संक्रमितको संख्याको आधारमा ‘हटस्पट’ बन्न पुगेको छ । कतिपय स्थानीय तहमा निषेधाज्ञा खुकुलो भई बजार खुलेका छन् । बाहिरी रुपमा कोरोनाको संक्रमण घटेको जस्तो देखिएर सबैतिर चहल पहल छ । तर, एक साताको तथ्यांक विश्लेषण गर्दा कोरोनाको संक्रमण र जोखिम झन् उकालो लागेको देखिन्छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले उपलब्ध गरा
धरान/ स्वास्थ्य मापदण्डको पालना गर्न सरकारले सबैलाई आग्रह गर्दै आइरहेको भएपनि अस्पतालहरुले नै यो मापदण्डको पालना नभएको पाइएको छ । जसका कारण अस्पतालहरुमै बढी भिडभाड हुने र स्वास्थ्य मापदण्डको पालना नहुने भएकोल कोरोनाको जोखिम अझ बढेर गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीको चापका कारण भौतिकदुरी पालना हुन नसक्दा कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । अस्तालमा उपचारक लागि आउने विरामीलाई भौतिक दूरी पालना गर्नका लागि लाइनमा बस्दा दुई मिटरको फरकमा मार्किङ गरिए पनि सर्वसाधारण त्यस्ता मार्किङको व्यवस्था गर्दै लाइनमा तछाडमछाड गरेर बस्ने गरेका कारण कोरोनाको जोखिम बढ्दै